काठमाडौं- भारतीय डिजाइनर विशाल कपुरले आफूलाई फेसनसम्बन्धी म्यागेजिन निकाल्ने क्रममा दुई नेपालीले आर्थिक र बौद्धिक ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय र श्रम अदालतमा मुद्दा दायर गरेका छन्।लिजा क्षेत्री र खिम सिवाकोटीले कपुरको म्यागेजिन पेनासरनवे नामको पत्रिकाको डमीको मुख पृष्ठलाई बदलेर एनग्लाम राखेर विज्ञापन संकलन गरेको र आफूले तयार गरेको सामग्री र फोटोहरु अख्तियारी बिना प्रयोग गरेको आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जानकारी दिए।
फेसन डिजाइनर र सो म्यागेजिनका फेसन सम्पादकको रुपमा रहेका कपुरले करिब अढाई महिनादेखि काठमाडौंमा रहेर सो पत्रिकाको तयारी गरेका थिए। उनलाई सोबापत मासिक एक लाख रुपैया भारु दिने सहमतिसमेत भएकोमा पैसा नदिइ, अनुमतिसमेत नलिइ आफूखुसी मुख पृष्ठमात्रै परिवर्तन गरेर क्षेत्री र शिवाकोटीले ठगी गरेको आरोप कपुरको छ।
कपुर सम्पादकत्वको पत्रिकाको ब्लु ओसियन पब्लिकेशनको ठाउँमा निला पब्लिकेशन, नामको ठाँउमा एनग्लाम राखे पनि रजिष्ट्रेशन नम्बरहरु सबै एउटै राखेको उनले बताए। पत्रकार सम्मेलनमा डिजाइनर कपुरले आफूमाथि भएको बौद्धिक र आर्थिक ठगीविरुद्ध नेपालको कानुनअनुसार दोषीले सजाय पाउने विश्वास पनि उनले गरे।