काठमाडौं- काठमाडौं महानगरपालिकाको २२औँ नगर परिषद्मा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७०/७१ को रु दुई अर्ब ६३ करोड ८ लाख ९४ हजार बराबरको बजेट आज सार्वजनिक गरिएको छ। महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत लक्ष्मण अर्यालले बजेट सार्वजनिक गर्दै यस वर्ष आफ्नै स्रोतबाट रु एक अर्ब २८ करोड ६३ लाख १४ हजार र अन्य स्रोतबाट रु एक अर्ब २४ करोड ९७ लाख तथा गत वर्षको मौज्दातबाट रु नौ करोड ४८ लाख ८० हजार वित्तीय परिचालन गर्ने लक्ष्य लिइएको बताए।त्यस्तै महानगरले खर्चतर्फ पूर्वाधार सुधार तथा अन्य विकास खर्चमा रु एक अर्ब ९८ करोड १७ लाख ७६ हजार, पूँजीगत खर्च रु १३ करोड ८२ लाख ३५ हजार, तलब सुविधा खर्च रु ३४ करोड ८४ लाख, कार्यालय सञ्चालन खर्च रु १६ करोड २४ लाख गरी रु दुई अर्ब ६३ करोड ८ लाख ९४ हजार खर्च गर्ने लक्ष्य लिएको छ।
महानगरको गत आर्थिक वर्षको बजेट रु दुई अर्ब २१ करोड ५७ लाख सङ्कलन गर्ने प्रस्ताव गरिएकोमा रु एक अर्ब ४७ करोड २५ लाख संशोधित स्रोत परिचालन भएको प्रमुख अर्यालले बताए। महानगरलाई सुन्दर, सफा र स्वच्छ राख्ने, राजस्व परिचालनमा वृद्धि गर्ने, पूर्वाधार र सामाजिक विकासमा बढावा दिने, सेवा प्रवाहमा सुधार गर्ने, संस्कृति र सम्पदाको जगेर्ना गरी दिगो पर्यटन प्रवर्द्धनमा टेवा पुर्यापउने बजेटको उद्देश्य र प्राथमिकता रहेको प्रमुख अर्यालले उल्लेख गरे।
महानगरले गत आर्थिक वर्षभन्दा यस आर्थिक वर्षमा रु ४१ करोड ५१ लाख ९४ हजार बजेट वृद्धि गरेको छ।