रोल्पा- पहिरोमा पुरिएर इलाका प्रहरी कार्यालय जुगार रोल्पामा कार्यरत प्रहरी प्रहरी सहायक निरीक्षक वेदकुमार चौधरीको ज्यान गएको छ। चौधरी कार्यालयसम्बन्धी काम लिएर सल्यानको बाटो हुँदै दाङ जाँदै गर्दा पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक ओमबहादुर रानामगरले जानकारी दिए।
धनबाङ–७ कपुरकोट सल्यानमा अविरल वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि गाडी रोकेर पिसाब फेर्दै गर्दा थप पहिरो झरेर चौधरीको ज्यान गएको प्रहरी नायब उपरीक्षक रानामगरले बताए। सोमबार साँझ करिब सवा पाँच बजे चौधरी पहिरोमा पुरिएका हुन्। चौधरी सार्वजनिक गाडीमा सवार थिए। गाडीमा सवार अन्य यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ।
मृतक चौधरीको शवलाई पोस्ट मार्तमका लागि दाङतर्फ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। चौधरी करिब सात महिना यता रोल्पाको जुगारस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत थिए।