दाङ — यात्रुबाहक बस दुर्घटना हुँदा दाङमा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। काठमाडौँबाट धनगढी जाँदै गरेको ना ४ ख ३९८१ नम्बरको रात्रीबस दाङको लमही अमिलीया सडक खण्डको च्याउखोला भन्ने स्थानमा आइतवार बिहान दुर्घटना हुँदा कैलाली प्रतापपुर ४ की १८ वर्षीया अल्का चौधरी र बसका सहचालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ।चौधरीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो भने बसका सहचालकको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु भएका बसका सहचालकको भने नाम ठेगाना खुल्न सकेको छैन।
तीब्र गतीमा रहेको बस रोकिराखेको लु १ ख ६४६९ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते भएका ६ जना मध्य बर्दिया बेलुवा ४ का मीनवहादुर बुढामगर र कैलालीकी सावित्रा आचार्यको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। अन्य ४ जनाको अवस्था भने सामान्य छ। घाइते सबैको मेडिकल कलेज कोहलपुरमा उपचार भैरहेको छ।