कावासोती - नवलपरासीको दलदले–बुलिङ्टार सडकखण्डअन्तर्गत बोझा पोखरीमा आइतबार साँझ जिप पल्टिँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ भने चार जना घाइते भएका छन्। कावासोतीबाट बुलिङ्टारका लागि हिँडेको बा२च ३९६३ नम्बरको जिप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटना भएको स्थानीय प्रेम सोती मगरले टेलिफोनमा बताए।दुर्घटनामा परी कावासोतीका नन्दु न्यौपाने र प्रकाश बस्यालको घटनास्थलमा नै मृत्यु भएको कावासोती प्रहरीले जनाएको छ। दुर्घटनामा परी बुलिङ्टारका मणिराम तिवारी, सुसान तिवारी, कावासोतीका राजकुमार सिग्देल र रामजी कुँवर घाइते भएका छन्।
उनीहरुमध्ये मणिराम तिवारीको अवस्था गम्भीर रहेकाले भरतपुरस्थित पुरानो मेडिकल कलेजमा पठाइएको देवचुली अस्पताल दलदलेले जनाएको छ।
घटनास्थल कावासोतीबाट २७ किलोमिटर उत्तरमा पर्दछ। रातिको समयमा दुर्घटना भएको हुँदा उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।