सुदूरपश्चिममा कुरीति हटाउन धर्मगुरु र भलमन्सासँग सहकार्य
१८ फागुन २०७७
•
२ मिनेट पाठ
सुदूरपश्चिममा कुरीति हटाउन धर्मगुरु र भलमन्सासँग सहकार्य
समाजमा घट्ने सामाजिक कुरीतिविरुद्ध जागरुक गराउन धनगढी क्षेत्रका धर्म गुरु र भलमन्सासँग छलफल गरिएको छ। धनगढी उपमहानगरपालिका, न्यायीक समितिले सोमबार नगरका भलमान्सा तथा धार्मिक अगुवासँग प्रचलित कानुनी व्यवस्थाका बारेमा छलफल गरेको हो।




न्यायीक समितिलाई सम्पादन गर्नमा सहयोग पुगोस् भनेर भलमान्सा तथा धर्म गुरुसँग छलफल गरिएको धनगढी उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक सुशीला मिश्र भट्टले बताइन्। ‘अहिले पनि समाजमा भलमान्सा तथा धर्मगुरु प्रतिको विश्वास छ,’ उनले भनिन्, ‘त्यही भएर सामाजिक कुरीति, कुसंस्कार विरुद्ध र प्रचलित कानुनी व्यवस्थाका बारेमा उनीहरूलाई जानकारी गराएमा गाउँघरमा धर्मगुरुले भनेको कुरालाई समाजले सहर्ष स्वीकार्छन्।’ भलमान्सा तथा धर्म गुरुले प्रचलित कानुनका बारेमा जानकारी गराउन सकेमा समाजमा हुने सानातिना विवाद र झै झगडाहरूको उनीहरूले नै कानुनी बाटोबाट समाधान गर्न सक्ने बताउँदै उपप्रमुख भट्टले भनिन्, ‘त्यसैले उहाँहरूसँग छलफल गरेका हौँ।’

उपप्रमुख भट्टले सामाजिक कानुनमा टेकेर सामाजिक अगुवाहरूबाट खोजिने समाधानका कारण कतिपय विवाद र प्रचलित कानुनी प्रावधानमा टेकेर सम्पादन गर्न खोज्दा समस्या हुने गरेको बताइन्। धर्मगुरु र भलमन्सासँग छलफल गर्दा उनीहरूले सिकेका कुराहरूलाई टोल समाजमा लागू गर्ने र यसले आगामी दिनमा न्याय सम्पादनमा सजिलो बनाउने उनले विचार व्यक्त गरिन्।

छलफल कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले संविधानले नै स्थानीय सरकारलाई न्यायीक अधिकार दिएको बताए। उनले भने, समाजमा हुने विवाद समाधानका लागि न्यायीक समितिले भलमान्सा तथा धर्मगुरुसँग राम्रो अन्तरक्रिया गरेको छ।’  

कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका थारू भलमन्सा दलबहादुर दहितले भने,‘गाउँघरमा कुरीति कुसंस्कार छ, त्यसलाई नै समाजले अँगालेको छ, हामीले कुरीति कुसंस्कार अँगाल्नेलाई कानुनी उपचारको बाटो छ भनेर सम्झाउनसक्ने गरी जानकारी लियौँ।’ समय समयमा कानुनी कुराहरूलाई सिकाएर समाजमा घट्ने सम्भावित घटनालाई सुल्झाउन धर्मगुरु र भलमन्साको ठूलो योगदान हुने उनले बताए। ‘गाउँघरमा भलमन्सा र धर्मगुरुले भनेका कुरालाई सबैले सहजै मान्छन्,’ उनले भने,‘हामीले यहाँ सिकेका कानुनी कुराहरूलाई गाउँघरमा गएर भन्न सकेमा समाजमा घट्ने घटनामा कमी आउने विश्वास छ।’
अर्को समाचार
जनचेतना फैलाउँदै :भण्डारीबाडाका आमाहरु
०६ चैत्र २०८०
•
३ मिनेट पाठ
जनचेतना फैलाउँदै :भण्डारीबाडाका आमाहरु
फाइल तस्बिर
समाजमा जरा गाडेर बसेको सामाजिक कुरीतिबिरुद्ध जुम्लाको चन्दननाथ नगरपालिक वडा न.२ भण्डारीबाडाका आमाहरु गाउँबस्तीमा सचेतना फैलाउन जुटिरहेका छन्। पहिलो चरणमा सदरमुकाम खलंगामा सडक नाटक र देउडा गीतबाट समाजमा हुने हरेक हानिकारक बेथितिविरुद्ध लाग्न सन्देश दिएका उनीहरु अहिले दुर्गम क्षेत्रका गाउँबस्ती र विद्यालयमा सचेतना फैलाइरहेका हुन्।




चन्दननाथ–२ की हिमालक्ष्मी भण्डारीको नेतृत्वमा वडा २ भण्डारीबाडाका आमाहरु जुम्लाको तातोपानी गाउँपालिकामा रहेको हिमशिखर माध्यमिक विद्यालयमा पुगेका थिए। नगरका आमाहरु एकाएक विद्यालयमा पुग्दा विद्यार्थी अचम्मित भए भने शिक्षकहरु अकमक्क भए। स्थानीय पोशाकमा ठाटिएका आमाहरु साउण्ड सिस्टम बोकेर विद्यालयमाआएका थिए।

जब आमाहरुले विद्यालयमा माइकिङ गरेर जनचेतना फैलाउन आएको सन्देश दिए,तबशिक्षक विद्यार्थीहरु भेला भए। उनीहरुले बालविवाह,छाउपडीप्रथा, लागुऔषध दुर्व्यसन, मादक पदार्थ सेवन, जुवातासविरुद्धका सडक नाटक प्रस्तुत गरे। महिलाहरुले ४ वटा विषयवस्तुमा सडक नाटक देखाइएका थिए। बालविवाह,मादक पदार्थ सेवन,लागुऔषध सेवन र जुवातास विरुद्धको नाटक प्रदर्शन गरेका हुन्।उनीहरु एकल तथा सामूहिक गीतहरु गाएर पनि सन्देश छरिरहेका थिए। उनीहरुले बालबालिका नै सबै बेथितीविरुद्ध लाग्नुपर्ने सन्देश दिएको शिक्षक शक्तिसिंह कठायतले बताए। 

‘लागुऔषध दुर्व्यसनीको दलदलमा बालबालिका पसेका छन्। मादक पदार्थको सेवनले घरेलुहिंसा बढिरहेका छन्।छाउपडी हुँदा गोठमै बस्दा कैयन आमा रोग पालेर बसेका छन्।केही आमाले ज्यान गुमाउनु परिरहेको छ,’ हिमालक्ष्मी भण्डारीले भनिन्, ‘बालविवाहले सयौं किशोरीको भविष्य बिग्रिएको छ।’ यी सबैको रोकथामका लागि हाम्रो सचेतना अभियान निरन्तर चलिरहेको छ। ’यसअघि चन्दननाथ नगरपालिकाको बालमन्दिरमा सचेतना कार्यक्रम गरेका आमाहरुले आफ्नै लगानीमा अभियान संचालन गरेका हुन्। 

उनले भनिन्,‘हामी पहिलो चरणमा विद्यालयमा,दोस्रोमा समुदायमा र तेस्रोमा साना बजारमा सचेतना फैलाएर सबैखाले विकृतीजन्य क्रियाकलाप रोक्न चाहन्छौं। त्यसैको लागि हाम्रो अभियान चलिरहेको छ।’आमाहरूले शिक्षकलाई विद्यार्थीको नियमित रेखदेख र सामाजिक विकृतिका विषयमा बेलाबेला कक्षा सञ्चालन गर्न पनि आग्रह गरिन्।अर्की गोमादेवी भण्डारीले जनप्रतिनिधि,कर्मचारी र जिल्ला स्थिति राजनीतिकदलसँग पनि छलफल चलाएर सबै खाले विसंगतीको भण्डाफोर गर्ने कार्यक्रम भइरहेको बताइन्। उनी नजिकैको स्थानीय सरकारले आफ्नो अनुकुलको कानुन बनाएर नियमन गर्न सक्ने बताउँछिन्। 

गोमाले भनिन्,‘अब एउटा गाउँका आमाहरु लागेर मात्र सम्भव छैन। सबै क्षेत्रका आमा एक भएर सामूहिक रुपमा हानिकारक विकृति विरुद्ध प्रतिकार गर्नुपर्ने आवश्यक छ।’ विद्यालायका व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण न्यौपानेले आमाहरु संगठित भएर चेतना फैलाउने कार्य गरेकोमा प्रशंसा गरे। उनले भने,‘पहिले विद्यार्थीले आमाहरुलाई सिकाइरहेका हुन्थेँ। अहिले आमाहरु विद्यालयमै पुगेर सामाजिक हानिकारक अभ्यासविरुद्ध लाग्न सुझाइरहेका छन्।’ यस्तै,आमाहरुले बढ्दो इन्टरनेटको दुरुपयोग रोक्न, विद्यालयस्तरमै बालविवाहविरुद्धका कक्ष सञ्चालन गर्न, लागुऔषधको ओसारपसार र सेवन, मादक पदार्थ सेवन निषेध गर्न समेत विद्यार्थीलाई सुझाव दिए।

यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक विवेक खनालले आमाहरुले चालेको अभियान समाज सुधारको मिसाइल भएको बताए।बालविवाह,लागूऔषध सेवनले र पार्ने असर तथा कानुनी ऐनका बारेमा पनि जानकारी गराएका थिए। उनले यस्तो कार्य सुरुवात गर्ने महिलाहरूलाई धन्यवाद दिएका छन्। उनले समाज सुधारका काममा प्रहरीले खुलेर सहयोग गर्ने प्रतिवद्वता समेत जनाए।
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
यो पनि पढौँ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस