बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दैलेख प्रहरीले एकजनालाई पक्राउ गरेको छ। दैलेखस्थित भगवतीमाई गाउँपालिका–२ बेस्ताडाका १८ वर्षीय मोहन बुढालाई प्रहरीले पक्राउ गरेको हो।
परिवर्तित नाम ६२ दैलेख ‘घ ९५’ बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीमा जाहेरी परेपछि बुढालाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत दैलेखबाट म्याद अनुमति लिइ हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखको भनाइ छ।