गत शनिबार मृत अवस्थामा भेटिएका गोदावरी नगरपालिका—५, का ३६ वर्षीय शिवचरण रानाको उनकै प्रेमिकाले हत्या गराएको खुलासा भएको छ । गाउँकै एक विवाहित महिलासँग वर्षौदेखि उनको अबैध सम्बन्ध थियो । रानालाई उनकै सम्बन्धमा रहेकी प्रमिकाले दुई जना युवक लगाएर हत्या गर्न लगाएको खुलासा भएको हो । चासोको साथ हेरिएको गेटा आँखा अस्पताल नजिक पसल संचालन गरिरहेका रानाको हत्या उनकै सम्वन्धमा रहेकी युवतीले योजनाबद्ध ढंगले गरेको प्रहरीले बताएको छ । प्रहरीले बिहिवार हत्याको मुख्य योजनाकार गोदावरी नगरपालिका ५ कि ३७ बर्षिया जयन्ती चौधरीलाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । युवतीको योजनामा दुईजना युवकले व्यापारी रानाको हत्या गरेको कैलालीका प्रहरी उपरीक्षक अनुपशमशेर जवराले बताए । हत्यामा संलग्न दुई जना युवक भने अझै फरार रहेका छन । युवतीले आफ्नै भाइ नाता पर्नेलाई ४० हजार रुपैयाँ सुपारी दिएर हत्या गराएको बुझिएको छ । ‘युवतीले भाइ नाता पर्ने युवकलाई हत्या गर्न जिम्मा दिइन् र ती युवकले अर्को एक युवकको पनि सहयोग लिएर हत्या गरेको देखिन्छ,’उनले भने ।
अर्की युवतीसँग लागेपछि हत्या
पसल संचालन गर्न नजिकै ती युवतीको पनि पसल भएकाले करिव १५ बर्ष अघि युवतीको व्यापारी रानासँग चिनजान भएको थियो । विस्तारै दुवैबीचको सम्वन्ध प्रेममा परिणत भयो । दुवै जनाबीच शारीरिक सम्बन्ध हुन थाल्यो । पाँच वर्षअघि युवतीका श्रीमानले व्यापारीसँग रंगेहात फेला पारे । रानाले दुई लाख रुपैयाँ दिएर अबदेखि सम्बन्ध टुटाउने भन्दै घटना मिलाइएको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक जवराले बताए । ‘युवती रानालाई धेरै माया गर्थिन, उनी बिहे गर्न नै चाहान्थिन्, तर रानाले बिहे गर्न नचाहेर पैसा दिई घटना मिलाए,’ उनले भने,‘रानाले बिहे नगरेपनि युवतीले माया गरेर सम्बन्धमा रहेकी थिइन् ।’ रानाले अर्को युवतीसँग पनि सम्बन्ध जोडे । अर्को युवतीसँग रानाले सम्बन्ध बनाएपछि जयन्तीले रानाको हत्या गर्ने सोच बनाइन् । सुरुमा आफै हत्या गर्ने उनले योजना बनाइन् । घरमा बोलाएर रक्सी खुवाएर हत्या गर्ने प्रयास गरेपनि त्यो नसकेपछि भाइ नाता पर्नेलाई लगाएर हत्या गर्ने योजना बनाएको वयान दिएको प्रहरी उपरीक्षक जवराले बताए ।
शिवचरणको एक अर्की युवतीसँग पनि प्रेम सम्बन्ध रहेको थाहा पाएपछि युवतीले त्यसो नगर्न आग्रह गरिन् । शिवचरणले उल्टै युवतीलाई धम्की दिएपछि उनमा बदलाको भावना जाग्यो । शिवचरणले भेट्नका लागि सताइरहने र युवतीमा बदलाको भावना जागेपछि एक महिनाअघि एक नातेदारलाई घटना बताइन् र त्यही दिन बन्यो शिवचरणको हत्या योजना बनेको उधृत गर्दै प्रहरीले भन्यो । हत्याको योजना बनेपछि ती युवतीका नातेदारले गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका शिवचरणको दैनिकीलाई नजिकबाट नियाल्दै आए । शिवचरण बिहान भैँसी दुहुन पसलबाट घर फर्किने गरेका थिए । शिवचरण रातिको समयमा पसलमा बस्ने र बिहानै घरमा भैँसी दुहुन जाने गरेको युवकले चियो गरे । ती युवकले बिहान भैँसी दुहुन जाने समयमा हत्या गर्ने योजना बनाए । त्यही अनुसार दुई पटकको हत्याको योजना विफल बनेको थियो । दुईपटकको विफल योजना गत शनिबार (फागुन १५ गते) बिहानै उनीहरुले सफल पारे ।
प्रहरीले शिवचरण र युवतीको सम्बन्ध जानकारीसँगै दुई लाखको सम्झौता थाहा पायो । त्यही विषयलाई खोतल्दै जाँदा अन्ततः घटना बाहिर आएको प्रहरी बताउँछ । प्रहरीले युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । युवतीले प्रहरी समक्ष अपराध अस्वीकार गर्दै आइन् । पटक पटक प्रहरीले नियन्त्रणमा लिएर सोछपुछ गर्दा समेत युवतीले कुरा नखोलेपछि युवतीले प्रयोग गर्दै आएको सीमकार्डका आधारमा ‘कलडिटेल’ भेटायो । कलडिटेलकै आधारमा अन्ततः युवतीले अपराध स्वीकारेको प्रहरी बताउँछ । घटनामा संलग्न युवतीका नातेदार भने फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरी बताउँछ ।