काठमाडौं - पूर्वनिर्धारित संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा चुनावी सुरक्षाको मुख्य जिम्मेवारी पाएको नेपाल प्रहरीमा नेतृत्व परिवर्तनको मौसम सुरु हुँदैछ। प्रहरी संगठनमा भने सेवाअवधि, पदावधि वा उमेरहदका नाममा नेतृत्व परिवर्तन प्रभावित गर्ने खेल तीव्र भइसकेको छ।आउँदो कात्तिकमा अवकाश पाउने प्रहरी महानिरीक्षकसहित उच्च अधिकारीले निर्वाचनको संघारमा नेतृत्व परिवर्तन गर्नुहुन्न भन्दै राजनीतिक चलखेल बढाए पनि सरकार त्यसप्रति सकारात्मक छैन। नियमित प्रक्रिया अघि बढे संगठनले चुनावअघि नै नयाँ नेतृत्व पाउनेछ।
प्रहरी महानिरीक्षक कुवेरसिंह रानासहित बहालवाला सबै एआइजी ३० वर्ष सेवाअवधि प्रावधानअनुसार कात्तिक अन्तिममा अवकाश हुँदैछन्।
६ महिनाअघि गृह मन्त्रालय पुगेको प्रहरी नियमावली संशोधन प्रस्ताव प्रक्रियामा रहे पनि तत्काल हुने देखिँदैन। निर्वाचनको मुखैमा सुरक्षा नेतृत्व फेर्दा अप्ठ्यारो हुने भन्दै अवकाश पाउने केही अधिकारी म्याद बढाउने चलखेलमा सक्रिय छन्। तर, यस्तो बेला नियमावली संशोधन गरी अवकाशको प्रावधान बदल्दा विवाद हुने तर्क गर्दै सरकार नियमित प्रक्रियाबाटै नेतृत्व फेर्ने तयारीमा लागेको छ।
प्रहरीमा अवकाशको प्रावधान ऐनमा नभई नियमावलीमै रहेको र सरकारले चाहे सहजै फेर्न सक्ने सुविधा रहेकाले कात्तिकमा अवकाश भएर घर जानेहरु सेवाअवधि ३० बाट ३२ वर्ष पुर्याउन सक्रिय रहेको सूचना राष्ट्रपति रामवरण यादवसमक्ष समेत पुगेको थियो।
शीतलनिवास विश्वस्त स्रोतका अनुसार राष्ट्रपति यादवले प्रहरी नेतृत्व परिवर्तनबारे विशेष चासो राख्दै 'प्रधान न्यायाधीश नेतृत्वमा रहेको सरकारले फेरबदल गर्दा कानुनसमान नजीर बन्ने' भन्दै मन्त्रिपरिषद अध्यक्षलाई त्यसो नगर्न सुझाएका थिए।
'प्रधान न्यायाधीशको अध्यक्षतामा रहेको सरकारले नियम–कानुन आफूअनुकूल चलाउँदा गलत नजीर बस्न सक्छ,' रेग्मीसँग राष्ट्रपतिको सुझाव उद्धृत गर्दै स्रोतले नागरिकसँग भन्यो, 'अहिले प्रहरीको नियमकानुन नचलाएकै उत्तम।'
त्यस क्रममा रेग्मीले पनि सरकार तत्काल सुरक्षा संगठनको कुनै नीति फेरबदल गर्ने तयारीमा नरहेको राष्ट्रपतिलाई जानकारी गराएको स्रोतको दाबी छ।
अध्यक्ष रेग्मीको सोचअनुसार गृह अघि बढे प्रहरीमा चुनावको केही दिनअघि प्रहरी नेतृत्व बदलिनेछ। भदौ अन्तिममा एआइजी विनोद सिंहले पनि ३० वर्षे सेवाअवधिकै प्रावधानबाट अवकाश पाउँदैछन्। रिक्त हुने यही दरबन्दीमा प्रतिस्पर्धी डिआइजीमध्ये जसले बढुवा पाउँछ, उही भावी आइजिपी बन्नेछ।
पूर्वआइजिपी रविन्द्रप्रताप शाह प्रहरी नियमावलीमा ३० वा ३२ वर्षे सेवाअवधि जे उल्लेख गरिए पनि सैद्धान्तिक रुपमा एकै भएको विश्लेषण गर्छन्। निजामती र सेनामा उमेर र पदावधिका आधारमा अवकाशको प्रावधान भए पनि सुरक्षा संगठनमा भने उमेर, पदावधि र सेवा अवधिको प्रावधान भएकाले सरकारले निजामती र सेनाकै प्रावधान लागू गर्नु उत्तम हुने उनले नागरिकसँग बताए।
'३० वा ३२ ले संगठनको हित गर्दैन, व्यक्तिगत स्वार्थमात्रै पूरा गर्ने हो,' शाहले भने, 'सरकार गम्भीर छ भने संगठनका सदस्यको वृत्तिविकासमा असर नपार्ने गरी सेना र निजामतीमा झैं अवकाशमा दुई प्रावधान लगाउनु उत्तम।'