काठमाडौं— खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागको नेतृत्वमा मंलबार अनुगमन गर्न पुगेको टोलीलाई सांग्रिला स्प्रिङ ड्रिकिङ्ग वेभरेज, कोटश्वरका सञ्चालकले दुर्व्यहार गरेका छन्। अनुगमनमा गएका विभाग कर्मचारी र सञ्चारकर्मीलाई वेभरेज सञ्चालकले अवरोध पुर्याएका हुन्।
विभागका प्रवक्ता प्रमोद कोइरालाले सञ्चालकले ब्राण्डमा असर पुग्ने भएकाले मिडियामा समाचार नआओस् भनेर अवरोध पुराएको साथै अनुगमन टोलीलाई पनि केहीबेर निरिक्षण गर्न नदिएको जानकारी दिए। सञ्चालकले विरोध गरेपछि प्रहरीको बल प्रयोग गरेर अनुगमन गरी उद्योगलाई शिलबन्दी गरेको छ।
पछिल्लो पटक पानीमा मानव शरिरलाई हानी गर्ने सुक्ष्म जिवाणु भेटिएकाले उपत्यकाको पानी उद्योगमा अनुगमन तीव्र बनाएको विभागले सांग्रिलाको र एक्वा प्यासिफिक विभरेजमा शिलबन्दी गरेको हो। विभागले संग्रिलाले उत्पादन गरेको पानीमा सुक्ष्म जिवाणु कोलिफर्म र फिकल कोलिफर्म भेटिएको भन्दै शिलबन्दी गरेको हो। एक्वालाई अनुज्ञापत्र नलिई उद्योग सञ्चालन गरेको भन्दै सिलबन्दी गरेको विभागले जनाएको छ।
विभागले आइतबार मात्रै भक्तपुर गोठाटारको श्रीकृष्ण वेभरेज, गोठाटारकै सितल जल उद्योग प्राली, चाल्नाखेलको क्रिस्टल ड्रिंक्स एण्ड वेभरेज र चाल्नाखेलकै चण्डेश्वरी मिनरल वाटर एण्ड वेभरेजमा शिलबन्दी गरेको थियो । मंगलबार पनि विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, प्रहरी प्रभाव, सञ्चारकर्मीको उपस्थितीमा उद्योगमा शिलबन्दी गरेको हो। विभागले प्रशोधित पानी उद्योगबाट उत्पादित पानीको गुणस्तरमा सुधार नभएसम्म र अनुमती नलिएसम्म उद्योगमा शिलबन्दी गर्ने जनाएको छ ।
विभागले गत आर्थिक वर्षमा अनुगमन गरेको पानी उद्योगमध्ये २५ वटा पानी उद्योगलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मुद्दा दायर गरेको छ । सुधार हुन सक्ने उद्योगलाई सुधारका लागि निर्दैशन दिएका छौं तर उपभोक्तालाई ठूलो असर गर्ने उद्योगलाई मुद्धा दायर गरिएको प्रवक्ता कोइरालाले बताए । विभागले चालु आर्थिक बर्षको पहिलो महिनाको मंगलबारसम्म ६ पानी उद्योगमा शिलबन्दी गरिसकेको छ ।
उपत्यकाको पानीमा उद्योगहरुले दुषित पानी भरेर बजारमा बिक्री बितरण गरेको उपभोक्ताको गुनासो बढ्न थालेपछि विभागले पानी उद्योगमा अनुगमन तीव्र पारेको छ । तर, अनुगमन गर्ने जाने बेलामा पानी उद्योगहरुले समयसमयमा अवरोध पु¥याउँदै आएका छन् । यसअघि पनि भक्तपुरमा एक पानी उद्योगले अनुगमन टोलीलाई अवरोध पुराएको थियो । पानी उद्योगमा अनुगमन तिव्र पारेपछि पानी व्यवसायीले पानी उत्पाद र बिक्री बितरण ठप्प पारेर आन्दोलन समेत गरेका थिए।