गलत भ्याक्सिन दिँदा बर्डफ्लु महामारी
२३ साउन २०७०
•
८ मिनेट पाठ
गलत भ्याक्सिन दिँदा बर्डफ्लु महामारी
काठमाडौं— बर्डफ्लु नियन्त्रणका नाममा सरकारले अनुमति नै नदिएका भ्याक्सिन अवैध रूपमा भित्र्याएर जथाभावी कुखुरामा प्रयोग गरिनुले संक्रमण तीव्र रूपमा फैलिएको सरोकारवाला विज्ञहरूले बताएका छन्। प्रमाणित नभएका गलत भ्याक्सिन आफूखुसी प्रयोग गर्दा 'नियन्त्रण गर्नै गाह्रो पर्ने गरी छिटो फैलिने शक्तिशाली भाइरस बढेको' र 'नयाँ खालका भाइरस प्रजातिसमेत विकास भएर महामारी रूप लिएको' उनीहरूको दाबी छ।'बर्डफ्लु नियन्त्रणका लागि सरकारले कुनै पनि किसिमको भ्याक्सिन प्रयोग गर्ने अनुमति दिएको छैन,' सरकारद्वारा सञ्चालित बर्डफ्लु नियन्त्रण अभियानका प्रवक्ता तथा पशु चिकित्सक परिषद्का रजिस्ट्रार डा. नारायण घिमिरेले मंगलबार नागरिकसँग भने, 'बजारमा भने जथाभावी प्रयोग भइरहेको छ।'




उनका अनुसार कुनै पनि रोग नियन्त्रणका लागि भ्याक्सिन प्रयोग गर्दा सबभन्दा पहिला भाइरसको प्रजाति निक्र्याेल हुनुपर्छ। 'एउटा प्रजातिको भाइरसमा अर्को खालको भ्याक्सिन परे केही समय रोगको लक्षण दबिए पनि पछि भाइरस गुणात्मक रूपमा फैलिन्छ,' उनले भने, 'नयाँ प्रजातिसमेत विकास हुनसक्छ।'

बर्डफ्लुको सन्दर्भमा कुन प्रजातिको भाइरस संक्रमण भएको निक्र्योलै नभई जथाभावी भ्याक्सिन प्रयोग हुनुले समस्या बल्झिएको हुनसक्ने उनले बताए। उनका अनुसार सरकारले आयात अनुमति नदिएका भ्याक्सिन भित्र्याएको केही कुखुरा व्यवसायीले स्वीकार गरिसकेका छन् । बजारमा प्रयोग भइरहेको एउटा कुखुरामा लगाइने भ्याक्सिनको मूल्य ५ देखि ७ रुपैयाँ पर्छ।

नेपालमा हालसम्म तीन उपप्रजातिका बर्डफ्लु भाइरस फेला परेका छन्। पछिल्लो महामारी कुन प्रजातिले फैलाएको यकिन गर्न बाँकी छ। यसको निम्ति बेलायतको प्रयोगशालामा नमूना पठाइएको छ। प्रतिवेदन आइसकेको छैन।

बर्डफ्लु रोगको प्रजाति बढी परिवर्तनशील भएकाले यसअघि जापान, इन्डोनेसियालगायत देशले भ्याक्सिनमा करोडौं खर्च गर्दा पनि रोकथाम हुनुको सट्टा फैलिएको थियो। नेपालमा त्यही अवस्था आएको हुनसक्ने घिमिरेले बताए।

कृषि मन्त्रालयले नेपालमा कुन प्रकारको भ्याक्सिन प्रयोग गर्ने भनी अध्ययन गर्न एक महिनाअघि समिति गठन गरेको थियो। पशु सेवा विभागका उपमहानिर्देशक डा. रामकृष्ण खतिवडाको संयोजकत्वमा गठित उक्त समितिको निमन्त्रणामा खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व स्वास्थ्य संगठनको टोली अर्को साता नेपाल आएर अध्ययन गर्दैछ।

'अध्ययनपछि मात्रै कस्तो भ्याक्सिन ल्याएर कसरी दिने भन्ने निर्णयमा पुगिन्छ,' खतिवडाले भने।

यसबीच, सरकारको बर्डफ्लु नियन्त्रण टोलीले दिनैपिच्छे हाँपदाँप गर्दै बथानका बथान कुखुरा मारिरहँदा पनि रोग नियन्त्रण हुन सकेको छैन । एक दिन एउटा फार्मका कुखुरा मारिइन्छ, दोस्रो दिन अर्को फार्ममा संक्रमण भेटिन्छ। मंगलबार पनि भक्तपुरका दुई नयाँ कुखुरा फार्ममा संक्रमण फेला प¥यो । सोमबार आठ फार्ममा फेला परेको थियो । कुखुरा तथा पन्छीजन्य वस्तु ओसारपसारमा प्रतिबन्ध लागेको मंगलबार छैठौं दिन हो। थप १० दिन प्रतिबन्ध लगाउन बर्डफ्लु नियन्त्रण अभियानले माग गरिरहेको छ।

२०६५ माघयता १ सय ३५ स्थानमा बर्डफ्लु पुष्टि भएको छ। त्यसमध्ये सय स्थानमा अघिल्लो र यो आर्थिक वर्ष देखिएको हो। साउनयता उपत्यकामा मात्रै ३६ ठाउँमा बर्डफ्लु भेटिएको छ । यति द्रुत गतिमा रोग फैलिनुले भाइरसको नयाँ प्रजाति विकास भएको पुष्टि हुने अधिकारीहरू बताउँछन्।

'जुन गतिमा संक्रमण भेटिएको छ, त्यसले पनि गम्भीर त्रुटि पुष्टि गर्छ,' घिमिरेले भने।

व्यवसायीले अवैध रूपमा भ्याक्सिन भित्र्याएर प्रयोग गरिरहेको देख्दादेख्दै प्रभावकारी कानुन अभाव र भ्याक्सिन माफियाको गहिरो जालोले कारबाही गर्न नसकेको पनि पशु सेवा विभागका अधिकारीहरू बताउँछन्।

केही कुखुरा व्यवसायीले पछिल्लो एक वर्षदेखि जबर्जस्ती भ्याक्सिन भित्र्याउन सरकारलाई दबाब दिँदै आएका थिए। सरकारले भने 'संसारमा सफल नभएका भ्याक्सिन भिœयाउँदा खर्च र समस्या दुवै बढ्ने' भन्दै व्यवसायीलाई नहतारिन आग्रह गरेको प्रवक्ता घिमिरेले जानकारी दिए।

नेपाल भेटेनेरी एसोसियसनका महासचिव डा. शीतलकाजी श्रेष्ठ पनि गलत भ्याक्सिन प्रयोगले भाइरस संक्रमण बढेको हुनसक्ने स्विकार गर्छन्। उनका अनुसार भ्याक्सिन बनाउँदा सम्बन्धित रोगकै भाइरस लिने हो । त्यसपछि मात्रै भाइरसले रोगसँग लड्ने क्षमता बढाउँछ।

'नेपालमा फैलिएको भाइरसको प्रजाति थाहा पाएपछि त्यसैबाट भ्याक्सिन बनाउनुपर्छ,' उनले भने, 'भ्याक्सिन लगाउँदा सरकारकै निगरानी र सुपरिवेक्षण हुनुपर्छ।' जथाभावी भ्याक्सिन दिँदा कुखुरामा स्वतः भाइरस संक्रमण हुने र त्यसैलाई बर्डफ्लु ठानेर लगातार कुखुरा मार्दा महामारीजस्तो लागेको पनि केही चिकित्सकले औंल्याएका छन्।

नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष शिवप्रसाद शर्माले केही व्यवसायीले आफूखुसी भ्याक्सिन भिœयाएको हल्ला सुने पनि प्रमाण नभेटिएको बताए। केही कुखुरा व्यवसायीले भने नेपालमा धेरै ह्याचरी भएकाले भ्याक्सिन उत्पादकहरूले नै यहाँको ठूलो बजारबाट लाभ लिन भ्याक्सिन आपूर्ति गरिरहेको र अहिलेको अस्तव्यस्त अवस्था सिर्जना गरेको बताएका छन्।
अर्को समाचार
'गलत भ्याक्सिन दिँदा' बर्डफ्लु महामारी
२२ साउन २०७०
•
७ मिनेट पाठ
'गलत भ्याक्सिन दिँदा' बर्डफ्लु महामारी
काठमाडौं - बर्डफ्लु नियन्त्रणका नाममा सरकारले अनुमति नै नदिएका भ्याक्सिन अवैध रूपमा भित्र्याएर जथाभावी कुखुरामा प्रयोग गरिनुले संक्रमण तीव्र रूपमा फैलिएको सरोकारवाला विज्ञहरूले बताएका छन्। प्रमाणित नभएका गलत भ्याक्सिन आफूखुसी प्रयोग गर्दा 'नियन्त्रण गर्नै गाह्रो पर्ने गरी छिटो फैलिने शक्तिशाली भाइरस बढेको' र 'नयाँ खालका भाइरस प्रजातिसमेत विकास भएर महामारी रूप लिएको' उनीहरूको दाबी छ।




'बर्डफ्लु नियन्त्रणका लागि सरकारले कुनै पनि किसिमको भ्याक्सिन प्रयोग गर्ने अनुमति दिएको छैन,' सरकारद्वारा सञ्चालित बर्डफ्लु नियन्त्रण अभियानका प्रवक्ता तथा पशु चिकित्सक परिषद्का रजिस्ट्रार डा. नारायण घिमिरेले मंगलबार नागरिकसँग भने, 'बजारमा भने जथाभावी प्रयोग भइरहेको छ।'

उनका अनुसार कुनै पनि रोग नियन्त्रणका लागि भ्याक्सिन प्रयोग गर्दा सबभन्दा पहिला भाइरसको प्रजाति निर्क्याेल हुनुपर्छ। 'एउटा प्रजातिको भाइरसमा अर्को खालको भ्याक्सिन परे केही समय रोगको लक्षण दबिए पनि पछि भाइरस गुणात्मक रूपमा फैलिन्छ,' उनले भने, 'नयाँ प्रजातिसमेत विकास हुनसक्छ।'

बर्डफ्लुको सन्दर्भमा कुन प्रजातिको भाइरस संक्रमण भएको निर्क्याेलै नभई जथाभावी भ्याक्सिन प्रयोग हुनुले समस्या बल्भि्कएको हुनसक्ने उनले बताए। उनका अनुसार सरकारले आयात अनुमति नदिएका भ्याक्सिन भित्र्याएको केही कुखुरा व्यवसायीले स्वीकार गरिसकेका छन्। बजारमा प्रयोग भइरहेको एउटा कुखुरामा लगाइने भ्याक्सिनको मूल्य ५ देखि ७ रुपैयाँ पर्छ।

नेपालमा हालसम्म तीन उपप्रजातिका बर्डफ्लु भाइरस फेला परेका छन्। पछिल्लो महामारी कुन प्रजातिले फैलाएको यकिन गर्न बाँकी छ। यसको निम्ति बेलायतको प्रयोगशालामा नमूना पठाइएको छ। प्रतिवेदन आइसकेको छैन।

बर्डफ्लु रोगको प्रजाति बढी परिवर्तनशील भएकाले यसअघि जापान, इन्डोनेसियालगायत देशले भ्याक्सिनमा करोडौं खर्च गर्दा पनि रोकथाम हुनुको सट्टा फैलिएको थियो। नेपालमा त्यही अवस्था आएको हुनसक्ने घिमिरेले बताए।
कृषि मन्त्रालयले नेपालमा कुन प्रकारको भ्याक्सिन प्रयोग गर्ने भनी अध्ययन गर्न एक महिनाअघि समिति गठन गरेको थियो। पशु सेवा विभागका उपमहानिर्देशक डा. रामकृष्ण खतिवडाको संयोजकत्वमा गठित उक्त समितिको निमन्त्रणामा खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व स्वास्थ्य संगठनको टोली अर्को साता नेपाल आएर अध्ययन गर्दैछ।
'अध्ययनपछि मात्रै कस्तो भ्याक्सिन ल्याएर कसरी दिने भन्ने निर्णयमा पुगिन्छ,' खतिवडाले भने।
यसबीच, सरकारको बर्डफ्लु नियन्त्रण टोलीले दिनैपिच्छे हाँपदाँप गर्दै बथानका बथान कुखुरा मारिरहँदा पनि रोग नियन्त्रण हुन सकेको छैन। एक दिन एउटा फार्मका कुखुरा मारिइन्छ, दोस्रो दिन अर्को फार्ममा संक्रमण भेटिन्छ। मंगलबार पनि भक्तपुरका दुई नयाँ कुखुरा फार्ममा संक्रमण फेला पर्‍यो। सोमबार आठ फार्ममा फेला परेको थियो। कुखुरा तथा पन्छीजन्य वस्तु ओसारपसारमा प्रतिबन्ध लागेको मंगलबार छैठौं दिन हो। थप १० दिन प्रतिबन्ध लगाउन बर्डफ्लु नियन्त्रण अभियानले माग गरिरहेको छ।
२०६५ माघयता १ सय ३५ स्थानमा बर्डफ्लु पुष्टि भएको छ। त्यसमध्ये सय स्थानमा अघिल्लो र यो आर्थिक वर्ष देखिएको हो। साउनयता उपत्यकामा मात्रै ३६ ठाउँमा बर्डफ्लु भेटिएको छ। यति द्रुत गतिमा रोग फैलिनुले भाइरसको नयाँ प्रजाति विकास भएको पुष्टि हुने अधिकारीहरू बताउँछन्।
'जुन गतिमा संक्रमण भेटिएको छ, त्यसले पनि गम्भीर त्रुटि पुष्टि गर्छ,' घिमिरेले भने।
व्यवसायीले अवैध रूपमा भ्याक्सिन भित्र्याएर प्रयोग गरिरहेको देख्दादेख्दै प्रभावकारी कानुन अभाव र भ्याक्सिन माफियाको गहिरो जालोले कारबाही गर्न नसकेको पनि पशु सेवा विभागका अधिकारीहरू बताउँछन्।
केही कुखुरा व्यवसायीले पछिल्लो एक वर्षदेखि जबर्जस्ती भ्याक्सिन भित्र्याउन सरकारलाई दबाब दिँदै आएका थिए। सरकारले भने 'संसारमा सफल नभएका भ्याक्सिन भित्र्याउँदा खर्च र समस्या दुवै बढ्ने' भन्दै व्यवसायीलाई नहतारिन आग्रह गरेको प्रवक्ता घिमिरेले जानकारी दिए।
नेपाल भेटेनेरी एसोसियसनका महासचिव डा. शीतलकाजी श्रेष्ठ पनि गलत भ्याक्सिन प्रयोगले भाइरस संक्रमण बढेको हुनसक्ने स्विकार गर्छन्। उनका अनुसार भ्याक्सिन बनाउँदा सम्बन्धित रोगकै भाइरस लिने हो। त्यसपछि मात्रै भाइरसले रोगसँग लड्ने क्षमता बढाउँछ।
'नेपालमा फैलिएको भाइरसको प्रजाति थाहा पाएपछि त्यसैबाट भ्याक्सिन बनाउनुपर्छ,' उनले भने, 'भ्याक्सिन लगाउँदा सरकारकै निगरानी र सुपरिवेक्षण हुनुपर्छ।'
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस