चितवन, असोज ३ (नागरिक)- अज्ञात समूहले चितवनमा एक महिलाको हत्या गरेको छ । उनीहरुले खुँडा प्रहार गरी भरतपुर-१० कृष्णपुर कटहरचोककी ३५ वर्षीया विष्णुकुमारी कार्कीको हत्या गरेका हुन् ।
आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा उनलाई शुक्रबार राति अज्ञात समूहले हत्या गरेको चितवन प्रहरीले जनाएको छ । उनको शव बिहान बरण्डामै रहेको अवस्थामा स्थानीयले देखेका थिए । २ छोरा र एक छोरी सँगै रहेकी कार्कीका श्रीमान् विदेशमा छन्। पैसाको प्रलोभनमा उनको हत्या भएको हुन सक्ने प्रहरी अनुमान छ । अहिले उनको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
यसैबीच शुक्रबार बिहान चितवनको भरतपुरस्थित हरिहर मन्दिरनजिकै एक पुरुषको बेवारिसे शव फेला परेको छ । अन्दाजी ६५ वर्षको शवबारे थप थाहा हुन नसकेको चितवन प्रहरीले जानकारी दिएको छ ।
त्यसैगरी चितवनको दारेचोकमा शुक्रबार राति यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा आधा दर्जन घाइते भएका छन् । गम्भीर दुई जनालाई थप उपचराका लागि राजधानी लगिएको मुग्लिन प्रहरीले बताएको छ । अरु चार जनाको मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।
काठमाडौबाट चितवन आउँदै गरेको ना २ ख ३९०८ नम्बरको यात्रु बस र नारायणगढबाट काठमाडौं जाँदै गरेको ना १ ख ३९९८ नम्बरको ट्रक ठक्कर खाँदा दुर्घटना भएको हो।