छाउगोठ भत्किए, महिलाका कष्ट उस्तै
२४ फागुन २०७७
•
४ मिनेट पाठ
छाउगोठ भत्किए, महिलाका कष्ट उस्तै
सुर्खेतको चौकुने गाउँपालिका–४ भुरेभावरकी रंगा रोकाय महिनावारी हुँदा सुत्ने ठाउँ।
सुर्खेतको चौकुने गाउँपालिका–४ भुरेभावरकी रंगा रोकाय एक साता खुल्ला चौरमा रात विताएर भर्खरै घरको आँगन टेकिन्। चिसोमा रात बिताउनु उनका लागि रहर थिएन। रंगाका श्रीमान मानबहादुर पुजारी हुन्। देवर पवन धामी छन्। ‘महिनावारी (छाउ) भएको समयमा आँगन टेक्यो भनेपनि देउता लाग्छन्,’ रंगाले भनिन्, ‘देउता रिसाउने भएकालेसात दिन खुल्ला ठाउँमा कटाउनुपर्छ।’ 




अघिल्लो वर्ष कर्णालीका छाउगोठ भत्काउने अभियान चल्यो। त्यहीँ अभियानले महिनावारी हुँदा सुत्नलाई बनाइएको कटेरो भत्कायो। अहिले उनी महिनावारी हुँदा पानी नपरेको समयमा खुल्ला ठाउँमा खाट र खरको छानो हालेर सुत्छिन्। पानी परेको बेला पाल टाँगेर रात कटाउनुपर्छ।

खुल्ला ठाउँमा रात विताउनु पर्दाका पीडा र भोगाई उनीसँग प्रसस्तै छन्। दुई वर्षअघि पश्चिमकै एक किशोरी छाउगोठमै बलात्कृत भइन्। सर्पले डसेर तीन जना महिलाको ज्यान गयो। ‘एक्लै खुल्ला चौरमा रात विताउनु पर्दा सात रात सात वर्षजस्ता लाग्छन्,’ उनले भनिन्, ‘देउता रिसाउने डरले मजस्तै गाउँका महिलाहरु यसैगरी खुल्ला ठाउँमा बस्ने गरेका छौं।’ भुरेभावरमा दुई सय घरधूरी छन्। अधिकांस महिलाहरुको पीडा रंगाको जस्तै छ। अघिल्लो वर्ष भत्काइएका छाउगोठहरु फेरि ठडिन थालेका छन्।

‘देउता रिसाउने’ डरले घरभित्र पस्ने हिम्मत महिलाहरुले पनि गर्दैनन्। पछिल्लो पुस्ता यो कुरितिलाई मान्न चाहँदैन्। परिवार, छिमेक र समाजको दवाव उनीहरुमाथि छ। ‘छाउ (महिनावारी) हुँदा आराम चाहिन्छ, पोषिलो खानेकुरा खानुपर्छ, घरदेखि एकान्तको छाउगोठमा बस्नुहुन्न भन्ने जानकारी हामीलाई छ,’ पञ्चपुरी नगरपालिका–७ धनबोटकी किशोरी रोशनी बयकले भनिन्, ‘थाहा हुँदाहुँदै पनि परिवार, छिमेक र समाजको दवावले बाहिरै बस्नुपर्ने बाध्यता छ।’

दैलेखको टाठीकाँध गाउँपालिका र आठवीस नगरपालिकामा धेरै गैरसरकारी संस्थाहरुले छाउगोठ भत्काउने अभियान चलाए। अघिल्लो वर्ष गृह मन्त्रालयको निर्देशनपछि  जिल्ला प्रशासन कार्यालयको समन्वयमा जनप्रतिनिधिहरुको सहभागीतामा दैलेखमा दुई सय ४८ छाउगोठ भत्काइए।  

दैलेखको महावु गाउँपालिका–४ स्थित काप्रिखोलाकी लक्ष्मी शाहीले आफु महिनावारी भएको बेला बस्नका लागि बनाइएको कोक्रो।
महाबु गाउँपालिका–४ काप्रिखोलाकी लक्ष्मी शाहीले महिनावारी हुँदा सात रात कोक्रो (डोको) माथि पाल टाँगेर आँगनमा विताइन्। सरकारले छाउपडी कुप्रथा अन्त्यका लागि सुरु गरेको महाअभियानका क्रममा प्रहरीले उनको घर नजिकैको छाउगोठ भत्कायो। छाउगोठ भत्काएपछि महिनावारी हुँदा हरेक पटक घर बाहिर रात बिताइरहेकी छन्। ‘घरकाले महिनावारी हुँदा भित्र पस्न दिँदैनन्,’ शाहीले भनिन्, ‘भएको गोठ (छाउगोठ) पनि प्रहरीले भत्काएपछि महिनावारी हुँदा झन कष्टकर दैनिकी भोगिरहेका छौं।’

देउता रिसाउने डरले आफुहरु छाउगोठमै बस्ने गरेको ठाटीकाँध गाउँपालिकाकी विमला विकले बताइन्। ‘सरकारले गोठ भत्काएपछि खुल्ला ठाउँमा रात विताउनुपर्ने बाध्यता छ,’ विमलाले भनिन्, ‘नबारे देउता रिसाउँछन्, घर–परिवारमा विसन्चो हुन्छ।’ छाउगोठ भत्काइए पनि महिलाहरु घरभित्र पस्न पाएका छैनन्। महिनावारी हुँदाका सात रात झन कष्टकर गुजार्नुपर्ने बाध्यता उनीहरुसँग छ। ‘छाउ हुँदा बस्नका लागि छुट्टै गोठ थिए, सरकार आयो र भत्काएर गयो,’ ठाटीकाँधकी मनसरा विष्टले भनिन्, ‘गोठ नहुँदा झन कष्टका सातथ सात रातहरु कटाउने गरेका छौं।’ छाउगोठ भत्काइएकै ठाउँमा अहिले फेरि छाउगोठ बन्न थालेका छन्।

सरकारले छाउपडी अन्त्यका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला सरकारी वकील र जिल्ला प्रहरी कार्यालयको प्रमुख सदस्य रहेको समिति गठन गरेको छ। समितिलाई छाउगोठ भत्काउने मात्रै होइन्, यो कुरीति मान्ने र मान्न बाध्य पार्नेलाई कानुनी कारवाही गर्न पनि निर्देशन दिइएको छ। अभियान देखिने छाउगोठ भत्काउने काममै सीमित भयो। ‘छाउगोठमा बस्न बाध्य पार्ने दुई–चार जना गाउँका मानिसहरुलाई पक्राउ गरेर कारवाही गरिदिएको भए हामीलाई घरभित्र राख्थे कि ?,’ पञ्चपुरीकी रोशनी बुढाले भनिन्, ‘प्रहरी आए, भत्काएर गए, फेरि फर्केर आएनन्।’

बराहताल गाउँपालिका–६ ब्युरेनीकी मनिसरा गिरीको घर छेउमै दुई वटा छाउगोठ थिए। खरले छाएको गोठमा पराल र कपडा राखिएका थिए। आँगन नजिकै बनाइएको अस्थायी छाउगोठलाई झारले बारिएको थियो। तत्कालिन प्रमुख जिल्ला अधिकारी वशन्त अधिकारी नेतृत्वको टोलीले दुबै छाउगोठ भत्कायो। ‘अहिले पनि महिनावारी हुँदा झारले बारिएको अस्थायी गोठमा बस्छु,’ गिरीले भनिन्, ‘देखिने गोठहरु भत्किए, हामीलाई कष्ट बढ्यो,’ उनले भनिन्, ‘सरकारलेनै सामुहिक घरहरु बनाइदिएको भए प्रभावकारी हुन्थ्यो।’

छाउगोठ भत्काउने अभियानमा स्थानीयको सहभागीता भएन्। संघीय सरकारको नीतिलाई जनप्रतिनिधिहरुले साथ नदिँदा पनि अभियान प्रभावकारी हुन सकेन्। ‘वर्षौदेखि समाजमा जडा गाडेर बसेको छाउपडी कुप्रथा एकै पटक प्रहरी–प्रशासन लगाएर अन्त्य गर्न संभव छैन्,’ बराहताल गाउँपालिकाका उपप्रमुख शोभा शर्माले भनिन्, ‘पहिले यसका असरहरुका बारेमा जानकारी दिन आवश्यक छ।’ सुर्खेतका बराहताल र चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिकामा छाउप्रथा व्याप्त छ।

कर्णाली प्रदेशमा अघिल्लो वर्ष दुई हजार २३५ छाउगोठ भत्काइएको थियो। सुर्खेतमा एक हजार ९२४, दैलेखमा दुई सय ४८, जाजरकोटमा ३०, कालीकोटमा २० र सल्यानमा दुईवटा छाउगोठ भत्काइएको छ। कोरोना संक्रमण सुरु भएसँगै यो अभियान फेरि सुस्ताएको छ। अभियान सुस्ताएसँगै कर्णालीमा फेरि छाउगोठहरु ठडिन थालेका छन्। 
अर्को समाचार
छाउगोठको छायाँ
२४ कार्तिक २०७८
•
५ मिनेट पाठ
छाउगोठको छायाँ
सामाजिक परिवर्तनका लागि स्थानीय नागरिकलाई विकल्प दिन सक्नुपर्छ। विकल्प नदिई गरिएका परिवर्तन केही दिनमै पूर्ववत् अवस्थामा पुग्छन्।पश्चिम नेपालमा महिनावारी भएका महिलालाई राख्न बनाइएका छाउगोठ केहीअघि भत्काइएको हो।अहिले आएर फेरि ती संरचना पुनर्स्थापित हुन थालेका छन्।




छाउगोठ भत्काएपछि केही महिना घरको आँगनसम्म आउन पाएका महिला फेरि त्यहाँसम्म पनि पाइला टेक्न नपाउने अवस्थामा पुगेका छन्। कोरोना विषाणुको कहर सुरु हुनुअघि कर्णालीमा छाउगोठ भत्काउने अभियान चलेको हो।त्यही अभियानका क्रममा प्रहरीले छाउगोठ भत्काएर अभियान अगाडि बढाउन चाहेको हो।

छाउगोठ भत्काएपछि अहिले महिला थप पीडित भएका छन्। हिजो छाउगोठ हुँदा बस्न पाउने महिला अहिले खुला ठाउँमा पाल टाँगेर वा खरको छाना हालेर रात बिताउनुपर्ने कष्टकर अवस्थामा पुगेका छन्।

छाउगोठ भत्काएर मात्र समस्याको समाधान हुन सकेन। छाउगोठ भत्काइसकेपछि महिलाले आफ्नै घरमा परिवार सदस्यका साथ महिनावारीको समयमा बस्न पाएका भए स्थिति भिन्न हुन्थ्यो।यथार्थमै समाजमा परिवर्तन आएकामा खुसी हुन सकिन्थ्यो। स्थिति त्यस्तो रहेन।

महिनावारीका बेला महिलालाई घरमा राख्दा ‘देउता रिसाउने’डर स्थानीय नागरिकका मनबाट निकाल्न सक्नु पर्थ्यो।व्यक्तिका मनको डर नहटाई समाजमा सुधार अपेक्षा गर्न सकिन्न।सदियौँदेखि उनीहरूले राख्दै आएको मान्यता सहजै छुट्न सक्दैन। त्यसकारण स्थानीय नागरिकलाई महिनावारी के हो र यसमा कसरी व्यवहार गर्न सकिन्छ भन्ने सिकाउनुपर्ने हो।

छाउगोठ भत्काउनुपर्ने कारण नभएको होइन। कैयन् बालिका यसमा बसेका बेला बलात्कृत भएका छन्।यस्ता ठाउँमा बस्दा सर्पको टोकाइमा परेका घटना पनि छन्। यस्तो अवस्था हुँदा पनि देउता रिसाउने डरले उनीहरू घरमा प्रवेश गर्न सक्दैनन्।

परिवारले स्वीकार गरेर घरभित्रै राख्न खोजे पनि छिमेकी र समाजको दबाब हुने गर्छ।महिनावारी भएका बेला स्वस्थकर ठाउँमा बस्ने,पोषित कुरा खाने अवस्था भएन भने उनीहरूमाथि नकारात्मक प्रभाव पर्न सक्छ।आधुनिक पठनपाठन र वातावरणका कारण किशोरीहरूले अहिलेसम्मको परम्परामा परिवर्तन चाहे पनि त्यो सहजै आइहाल्दैन।यसका लागि राज्यको निरन्तर प्रयास आवश्यक हुन्छ। 

महिनावारी भएका महिलालाई घरमा बस्न नदिँदा हुन सक्ने सजायबारे तिनलाई जानकार बनाउन सक्नुपर्छ।त्यति मात्र होइन,कुनै परिवारले आफ्नो परिवारका सदस्यलाई छाउगोठमा बस्नु नपर्ने गरी सुधार गर्दा राज्यको तर्फबाट प्रोत्साहित गर्ने व्यवस्था पनि हुनुपर्छ।

पश्चिम पहाडका विभिन्न जिल्लामा विभिन्न गैरसरकारी संस्थाले छाउगोठ भत्काउने अभियान चलाएका पनि हुन्।त्योबेला सरकार पनि सक्रिय भएको हो। केही घटनामा महिलाको ज्यान गएपछि छाउगोठ भत्काउनुको विकल्प थिएन तर यसरी छाउगोठ भत्काइसकेपछि तिनलाई घरमा बस्न पाउने वातावरण पनि मिलाउन सक्नुपर्थ्यो।

गृह मन्त्रालयको निर्देशन र जिल्ला प्रशासन कार्यालयको समन्वयमा कर्णाली प्रदेशमा दुई वर्षअघि प्रहरी र स्थानीय सरकारले २ हजार २३५ छाउगोठ भत्काएका थिए। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा १ हजार ९२४,दैलेखमा २४८,जाजरकोटमा ३०,कालीकोटमा२० र सल्यानमा २ वटा छाउगोठ भत्काइएको थियो।

कोरोना संक्रमणले छाउगोठ भत्काउने अभियानमा रोक लगायो। यसबीच सर्वसाधारण फेरि पूर्ववत् अवस्थामा फर्किन थालेका छन्। त्यसका लागि छाउगोठ फेरि ठड्याउने अभियान सुरु भएको छ। पुनः छाउगोठ ठडिन थालेपछि अहिलेसम्म अभियान सञ्चालन गर्न भएको लगानी बालुवामा पानीजस्तो भएका छ।समाज यस्ता प्रथाबारे आफैँ सजग हुनु आवश्यक छ। त्यसपछि मात्र परिवर्तन दिगो हुन्छ।

स्थानीय बासिन्दालाई आफ्ना छोरीबुहारीलाई महिनावारीका बेला घरमै राख्न मन भए पनि मनको डर अझै हटेको छैन। त्यही मनको डरका कारण तिनलाई छाउगोठमा राख्न आफूहरू बाध्य भएको तिनले बताउने गरेका छन्।मनमा रहेको यो डर हटाउन मानसिकतामै परिवर्तन आवश्यक छ।

महिनावारी भएर पनि घरमै बसेका कारण अन्यत्रका समाज र देशमा देउता रिसाएका छैनन् भने यही ठाउँमा मात्र किन यस्तो धारणा राख्ने? भनेर सम्झाउन सकिन्छ। छाउगोठ भत्काएपछि घरैमा महिला बस्न थालेपछि‘राम्रो नभएपछि’ फेरि त्यही प्रथामा फर्किनुपरेको बाध्यता तिनका मनमा रहेको डर हो।तिनको मनको डर हटाउन सरकार र यसमा संलग्न गैरसरकारी संस्थाको निरन्तर पहल आवश्यक हुन्छ।

त्यति मात्र होइन,यसमा सशक्त प्रचारको आवश्यकता हुन्छ।सञ्चार माध्यमलाई यस काममा लगाउन सरकारले विशेष भूमिका खेल्नु आवश्यक छ। त्यसैगरी सिर्जनात्मक माध्यमहरू नाटक, गायन र अन्य विधालाई पनि प्रयोग गर्न सकिन्छ।

सरकारले छाउपडी अन्त्यका लागि प्रमुख जिल्ला अधिकारी,जिल्ला सरकारी वकिल र जिल्ला प्रहरी प्रमुख रहेको समितिसमेत गठन गरेको छ।समितिलाई छाउगोठ भत्काउनेमात्र होइन,कुरीति मान्ने र मान्न बाध्य पार्नेलाई कानुनी कारबाहीको निर्देशन समेत दिइएको छ।यति सशक्त समिति हुँदाहुँदै पनि कोरोना महामारीका कारण काम गर्न नसकेको बताइएको छ।

वास्तवमा कोरोना महामारीकै बेलामा पनि यो समितिले आफूलाई निरन्तर स्थानीय बासिन्दामा सकारात्मक परिवर्तन ल्याउन क्रियाशील हुनुपर्ने हो। कोरोनाका कारण हुने बन्दाबन्दीमा सर्वसाधारणमा मात्र समस्या हो।समितिका मानिस अनुगमनमा निरन्तर निस्कन सक्थे।अझ यो महामारीका बेला यस क्षेत्रमा सक्रिय भएर सकारात्मक परिणाम ल्याउन सकिन्थ्यो।

यस्ता अभियान सुरु गर्नुअघि स्थानीय बासिन्दालाई यसमा सरिक गराउनु उचित हुन्छ। छाउगोठका कारण महिनावारी भएका महिलालाई कस्ता कस्ता समस्या परेका छन् भनेर तिनलाई बुझाउन खोज्नु पनि पर्ने हो।यो समस्यालाई संघीय सरकारको नीतिले मात्र समाधान दिन सक्दैन तर यसलाई संघीय सरकारको कार्यक्रमका रूपमा अघि बढाएका कारण स्थानीय जनप्रतिनिधिले समेत साथ दिएनन्।

स्थानीय जनप्रतिनिधि आफैँ यो परम्परा पालकका रूपमा देखिएका छन्। सबैभन्दा पहिले तिनलाई यस विषयमा सिकाउन सक्नुपर्थ्यो। त्यसपछि मात्र स्थानीय बासिन्दालाई तिनीहरूले छाउपडी प्रथाविरुद्ध प्रेरित गर्न सक्नुपर्छ।अनि मात्र परिवर्तनलाई दिगो र जीवन्त बनाउन सकिन्छ। त्यसैले फेरि निर्माण हुन थालेका छाउगोठ समस्याको समाधान होइन।महिलाको जीवनमा हुने प्राकृतिक घटनालाई स्वाभाविक रूपमा लिन सक्ने गरी स्थानीय बासिन्दाको मानसिकता परिवर्तन अहिलेको आवश्यकता हो। 
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस