कालिकोटबाट सुर्खेत आउँदै गरेको जीप कर्णाली राजमार्गको दैलेख खण्डमा पर्ने रामाघाट नजिकै दुर्घटना भएको छ। इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक खिम खड्काका अनुसार कर्णाली प्रदेश ०२–००१ख०२४७ नम्वरको जीप बिहीबार विहान ११ बजेतिर आठबीस नगरपालिका–१ रामाघाटमा दुर्घटना भएको हो।
दुर्घटनामा कालिकोटको शुभाकालिका गाउँपालिकाका ३७ वर्षीय दिपेन्द्रबहादुर शाहीको घटानस्थलमै मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। दुर्घटनास्थलमा घाइतेको उद्दार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा कालिकोटको शुभाकालिका गाउँपालिकाका ३७ वर्षीय दिपेन्द्रबहादुर शाहीको घटानस्थलमै मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। दुर्घटनास्थलमा घाइतेको उद्दार भइरहेको प्रहरीले जनाएको छ।