प्रहरीले जिल्लाका सामुदायिक विद्यालयहरुमा पुगेर समुदाय प्रहरी साझेदारी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रहरीसँग साझेदारी कार्यक्रम मार्फत् जिल्लाका स्थानीय तहका विद्यालयमा प्रहरीले अपराध न्युनिकरण गर्न विद्यार्थीहरुलाई सचेतनात्मक प्रशिक्षण दिन शुरु गरेको हो ।
विद्यार्थीहरुलाई विद्यालयमै भेटेर बिभिन्न विषयमा जानकारी गराइ रहेको जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए । अपराध न्यूनीकरणमा विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका रहेको भन्दै विद्यार्थीहरुलाई आधारभुत सुरक्षा, ट्राफिक नियम, लागुऔषध, साइवर अपराध, मानवबेचबिखन लगायत विषयमा जानकारी गराउने गरेको प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए । जिल्ला शिक्षा समन्वय ईकाइसँग समन्वय गरेर स्थानीय तहका केही आधारभुत विद्यालयहरुका कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई कानुनी साक्षरता, बालविवाह, ट्राफिक सचेतना र साईबर अराध विषयमा जानकारी गराउने गरेको प्रहरी निरीक्षक सहायक निरीक्षक भट्टले बताए ।
प्रहरीले नागरिक समाज, स्थानीय सरकार, विभिन्न संघसंस्था, विद्यालय समेतको सहयोगका साथ मुदाय–प्रहरी साझेदारी कार्यक्रम अघि बढाएको हो । स्थानीय तहमा नीहित सामाजिक न्याय, राष्ट्रिय सुरक्षा, आपसी मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतना जगाउने दायित्वमा जनसहभागिता ल्याउन प्रहरीले विभिन्न कार्यक्रम गर्दै आएको डिएसपी अधिकारीले जानकारी दिए ।
विद्यालयमा नैतिक शिक्षा दिने, सडक सुरक्षालाई भरपर्दो बनाउन पहल गर्ने, सडक दुर्घटनालाई न्यूनीकरण गर्न पहल गर्ने, प्रकोप वा अन्य कुनै समस्यामा परेका सर्वसाधारणलाई तत्काल उद्दार गर्ने सवालमा प्रहरी र स्थानीय सरकारको भूमिका रहने हुनाले सहकार्य गरेर अगाडि बढ्ने अवधारणा बनेको हो । प्रहरीले अहिले नागरिक–प्रहरीको दूरी घटाएर आफूप्रतिको बुझाइ अझ प्रस्ट्याउने प्रयास गर्दै आएको छ । नागरिक सुनुवाइदेखि अन्य चेतनामुलक क्रियाकलाप सञ्चालन गर्दै आएको बताइएको छ ।
प्रहरी–नागरिकबीच दूरी घटाउँदै प्रहरी हाम्रै लागि स्थापित निकाय हो भन्ने विश्वास दिलाउन प्रहरीले समयसमयमा विभिन्न कार्यक्रम गर्दै आएको सामुदायिक प्रहरी सेवा केन्द्र बैतडीका अध्यक्ष दिपेश शाहले बताए । ‘विद्यार्थीमार्फत् आम नागरिकमा प्रहरी हामै्र सेवाका लागि हो भन्ने भावना विकास गराउने मुख्य लक्ष्य छ,’ उनले भने, ‘यसले प्रहरी–सर्वसाधारणको दूरी घटाएर आपसी सम्बन्ध कायम गर्न सहयोग पुग्नेछ ।’