काठमाडौं — अघिल्ला वर्ष जाडोमा जुन समूहको बर्डफ्लु भाइरस फैलिएको थियो, यस वर्ष गर्मी याममा त्यही भाइरसले संकटको रूप लिएको अन्तर्राष्ट्रिय प्रयोगशाला परीक्षणले देखाएको छ । एउटै समूहको भाइरस दुवै सिजनमा देखिनु भनेको ‘आयातीत भाइरसले रैथाने रूप लिइसकेको’ विज्ञहरू बताउँछन्।‘चार वर्षसम्म जुन भाइरस जाडो याममा मात्र देखिएको थियो, यस वर्ष गर्मी याममै त्यसको संक्रमण भयो,’ वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा एनियान इन्फ्लुएन्जा नियन्त्रण आयोजनाका प्रमुख डा. मानसकुमार बजर्नीले सोमबार नागरिकसँग भने, ‘यसले नेपाल बाह्रै महिना रोगको जोखिममा रहेको पुष्टि हुन्छ । यो पन्छी र मानिसका लागि थप चुनौतीपूर्ण हो ।’
एक महिनाअघि विश्व स्वास्थ्य संगठनको बेलायतस्थित प्रयोगशालामा पठाइएको नमूना परीक्षणले यस्तो नतिजा दिएको हो । यसपालिको बर्डफ्लु (एच५एन१) भाइरस गत वर्षकै समूहको भएको उक्त परीक्षणले पुष्टि गरेको छ ।
२०६५ माघमा पहिलोचोटि नेपालमा बर्डफ्लु भाइरस फेला परेको थियो । हालसम्म १९ जिल्लामा देखापरिसकेको छ । आगामी दिनमा संक्रमण रोक्न रोग नियन्त्रणका तौरतरिकादेखि मानिसलाई नसर्ने उपायबारे सचेतता अपनाउनुपर्ने उनले बताए ।
पहिले संसारभरि चिसो मौसममा मात्रै बर्डफ्लु संक्रमण देखिँदै आएको थियो । त्यही भाइरस नेपाल भित्रेकाले यहाँ पनि चार वर्षसम्म जाडो मौसममा मात्र यो रोग देखियो । जाडोमा फैलिँदा रोग नियन्त्रण सजिलो थियो । यस वर्ष भने साउनको गर्मीमै उपत्यकामा बर्डफ्लु देखियो, जसलाई नियन्त्रण गर्न गाह्रो भइरहेको छ ।
जाडोमा देखिँदै आएको भाइरस गर्मीमा फैलिनुको कारण भने प्रयोगशाला परीक्षणबाट नखुलेको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ । भाइरसको जात उही भए पनि व्यवहार परिवर्तन भएर गर्मीमा फैलेको प्रतिवेदनमा छ ।
बेलायती प्रयोगशालाले पहिलेकै बर्डफ्लु भाइरसमा ‘ए’ थपेर नयाँ नामकरण गरेको छ । यस वर्षको रिपोर्टमा २.३.२.१ ‘ए’ नामकरण गरिएको केन्द्रीय पशु प्रयोगशाला प्रमुख डा.विजयचन्द झाले जानकारी दिए ।
‘नामकरणमा केही अन्तर देखिए पनि यो गत वर्ष फैलिएकै समूहको भाइरस हो,’ उनले भने, ‘उही जातको भाइरसले व्यवहार परिवर्तन गरेर गर्मीमा समेत देखिनुको कारण थाहा पाउन यसको जेनेटिक गुणमा थप विश्लेषण गर्नुपर्छ ।’
विज्ञहरूले भने गर्मी मौसममा फैलिने क्षमता विस्तार हुनुको कारण ‘गलत भ्याक्सिनको प्रयोग हुनसक्ने’ बताएका छन् ।
‘गलत भ्याक्सिनकै कारण जाडोमा फैलिने भाइरसले गर्मीमा फैलिने क्षमता देखाएको हुनसक्छ,’ पशु सेवा विभागका एक उच्च अधिकारीले भने, ‘यसबारे थप अनुसन्धान गरिनुपर्छ ।’
सामान्यतया जाडो मौसममा देखिँदासम्म संक्रमित क्षेत्रका सम्पूर्ण कुखुरा नष्ट गरेपछि नियन्त्रण हुँदै आएको थियो । अहिले पनि यो विधि सफल हुन सकेको छैन । बर्डफ्लु नियन्त्रण टोलीले कुखुरा मारेको मा¥यै छ, बर्डफ्लु संक्रमण रोकिएको छैन ।
यस वर्ष साउन २ गते पहिलोपटक काठमाडौंमा देखिएको थियो । लगत्तै साउन १२ देखि भक्तपुरमा देखिन थाल्यो । यसबीच काठमाडांैका २६ फर्म, भक्तपुरका ६६ र ललितपुरका ८ फर्ममा देखिइसकेको छ । सरकारले बिहीबार भक्तपुर र शुक्रबारदेखि काठमाडौंलाई बर्डफ्लु संक्रमित क्षेत्र घोषणा गरेको थियो ।
चार दिनमा साढे पाँच लाख कुखुरा नष्ट
पशु स्वास्थ्य निर्देशनालयले संकटग्रस्त क्षेत्र घोषणापछि भक्तपुरमा मात्र आइतबारसम्म ३ लाख ४१ हजार कुखुरा र १ लाख ७३ हजार ५ सय कुखुराको अन्डा नष्ट गरेको छ । बिहीबार संकटग्रस्त क्षेत्र घोषणा गरेपछि भक्तपुरमा ४ लाख १३ हजार ४ सय ५१ अन्डा र २० हजार २ सय ८३ केजी दाना नष्ट गरिएको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार शुक्रबारदेखि संकटग्रस्त क्षेत्र घोषणा गरिएको काठमाडौंमा २८ हजार ८ सय ७८ कुखुरा, ३ सय अन्डा र १२ सय केजी दाना नष्ट गरिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार ललितपुरमा ३ हजार ६ सय ६२ र हेटौंडामा १० हजार ५ सय ८२ कुखुरा नष्ट गरिएको छ ।