काठमाडौं - ठेकेदार कम्पनीले सम्झौताअनुसार काम गरेको भए यतिबेला बल्खुदेखि त्रिभुवन विश्वविद्यालय गेटसम्मको सडक कालोपत्रे भइसकेको हुनुपर्थ्यो। सडक दायाँबायाँ दुई–दुई मिटरको पेटी हुन्थ्यो। गाडीहरू चिल्लो कालोपत्रे सडकमा कुदिरहेका हुन्थे भने यात्रुहरूले पेटीमा सुरक्षित हिँड्न पाउँथे।
यहाँको अवस्था भने बिल्कुलै भिन्न छ।
यी दुवै काम अझै सकिएका छैनन्। पैदल यात्रुलाई हिँड्ने ठाउँधरी छैन। सडकभरि यत्रतत्र निर्माण सामग्री थुप्रिएका छन्। पानी परेका बेला त पैदल यात्रुहरूको बेहाल हुन्छ। उनीहरू गाडी गुड्ने बीचसडकबाटै हिँड्न बाध्य छन्।
दुई महिनाअघि नै निर्माण सकिसक्नुपर्ने उक्त सडक खण्ड अस्तव्यस्त हुनुको प्रमुख कारण निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले समयमै काम पूरा नगर्नु हो। बल्खु पुलदेखि विश्वविद्यालय गेटसम्मको ६ सय मिटर लामो सडक–खण्ड निर्माणको जिम्मा 'दिवा गजुरमुखी रोसन' नामक ठेकेदार कम्पनीले पाएको छ।
सम्झौताअनुसार ५ करोड ४१ लाख रुपैयाँ लागतको यो निर्माण असार पहिलो साता नै सकिनुपर्ने थियो। अहिलेसम्म एक मिटर पनि कालोपत्रे भएको छैन। सडक दायाँबायाँ पेटी बनाउने काम अधुरै छ। कालोपत्रेअघि सक्नुपर्ने ग्राभेलको काम पनि बाँकी नै छ।
सडकका केही ठाउँमा पेटी निर्माणको काम मात्र भइरहेको छ। विस्तारपछि यो सडक १५ मिटर चौडा र दुवैतर्फ दुई–दुई मिटरको पेटी हुनेछ।
ठेकेदार कम्पनीले भने निर्माण ढिला हुनुमा विद्युत् प्राधिकरण, खानेपानी संस्थान र टेलिकमलाई दोष दिएको छ। दिनहुँ पानी पर्नुले पनि काममा बाधा भइरहेको कम्पनीको जिकिर छ।
'सडक छेउका बिजुलीका खम्बा, तार र खानेपानी पाइपको व्यवस्थापन समयमै भएको भए निर्माण धेरै अघि बढिसक्थ्यो,' ठेकेदार दिनेश गौतमले नागरिकसँग भने, 'सरकारी निकायले आफ्नो काम समयमा नगर्दा हाम्रो काममा असर पर्यो।' जेठदेखि भइरहेको वर्षाले पनि निर्माणमा अवरोध ल्याएको उनले बताए।
स्थानीयबासी भने निर्माण ढिला हुनुमा ठेकेदार कम्पनी नै मुख्य दोषी भएको बताउँछन्।
'सरकारी निकायबीचको समन्वय अभाव पनि जिम्मेवार हो, तर मुख्य दोषी ठेकेदार नै हो,' स्थानीय कुमारी क्लबका सल्लाहकार तथा उपभोक्ता तर्फबाट सडक निर्माणमा सहयोग गरिरहेका विद्याप्रसाद श्रेष्ठले भने।
खानेपानी र बिजुलीका खम्बाको समस्या नभएका ठाउँमा पनि ठेकेदार कम्पनीले ग्राभेल लगायत काम नगरेको उनले बताए।
गौतम किराना पसलका सञ्चालक हरिनारायण गौतम पनि यसमा सहमत छन्। 'कम्पनीले सडकपेटी निर्माणको काम मात्र समयमै गरेको भए पैदल यात्रीले धेरै सुविधा पाइसक्थे,' उनले भने, 'पोल र खानेपानी पाइपले अवरोध नगर्ने ठाउँमा पनि कम्पनीले काम नगरी हात बाँधेर बस्दा सडकको हालत यस्तो भएको हो।'
छ महिना म्याद
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बल्खु–त्रिभुवन विश्वविद्यालय गेट सडक खण्डको निर्माण कार्यमा भएको ढिलाइबारे ठेकेदार कम्पनीसँग सोधपुछ गरिसकेको छ।
'हामीले ठेकेदारसँग सोधपुछ गरिसकेका छौं, विद्युत प्राधिकरणको खम्बा र खानेपानीको पाइप निकाल्न ढिला भएको उनीहरूको जवाफ छ,' आयोजनाका इन्जिनियर पुरुषोत्तम भण्डारीले भने, 'ठेकेदारलाई ६ महिनाको थप समय दिएका छौं।' थपिएको अवधिमा पनि काम नसके नियमअनुसार कारबाही गरिने उनले बताए।
सडकको निर्माणमा सबभन्दा बढी समस्या बल्खुदेखि विश्वविद्यालय गेटको बीच भागमा पर्ने दुई सय मिटर क्षेत्रमा भइरहेको ठेकेदार गौतमको भनाइ छ।
उनका अनुसार त्यस ठाउँमा खोलाबाटै पर्खाल उठाएर सडक चौडा पार्नुपर्ने अवस्था छ। 'पर्खाल लगाउनुपर्ने काममा केही समय लाग्ने भए पनि अरू ठाउँका काम भने पानी पर्न छोड्नेबित्तिकै अघि बढाउने छौं,' उनले भने।
पानी परेको समयमा सडकमा ग्राभेल तथा अन्य काम गर्दा गुणस्तरीय नहुने उनले जिकिर गरे। थपिएको ६ महिनामा काम पूरा गर्ने उनले दाबी गरे।