बर्दियाको खाता जैविक मार्गबाट एउटा पाटेबाघलाई नियन्त्रणमा लिइएको छ। बाघको आक्रमणबाट मानवीय क्षति हुन थालेपछि बाघको खोजीलाई तीव्र पारेको निकुन्ज प्रशासनले बिहीबार एउटा पाटेबाघलाई नियन्त्रणमा लिएको हो।
यसअघि हिजो पनि निकुन्ज प्रशासनले बाघलाई नियन्त्रणमा लिएको लिएको थियो। बाघलाई नियन्त्रणमा लिन निकुन्जको प्राविधिक टोलीले एक सातादेखि क्यामरामार्फ अनुगमन गरिरहेको थियो।
नियन्त्रणमा लिएको बाघलाई बाँके राष्ट्रिय निकुन्जको खोरमा राखिने बर्दिया निकुन्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए।
खाता जैविक मार्गमा पर्ने भग्रेया र धनौरा गाउँका पाँच जनालाई आक्रमण गरेर मारेपछि बाघको आक्रमण त्रासले मधुवन नगरपालिका नै अशान्त बनेको छ।
यसअघि बुधबार गेरुवा गाउँपालिका सामुदायिक वनबाट नियन्त्रणमा लिइएको बाघलाई नेपाली सेनाको रम्भापुर पोष्टको खोरमा राखिएको छ।
पछिल्ला ६ महिनाको अवधिमा बाघको आक्रमणबाट खाता जैविक मार्ग र गेरुवाको मध्यवर्ती क्षेत्रका ९ जना मृत्यु भइसकेको छ। जैविक मार्गमा पर्ने भग्रैया र धनौराका पाँच जना, मध्यवर्ती क्षेत्रका तीन र राजमार्गमा मोटरसाईकलमा सवार एक जना महिलाको बाघको आक्रमणबा मृत्यु भएको थियो।