२५ हजार नेपाली साउदीबाट फिर्ता
०६ भदौ २०७०
•
७ मिनेट पाठ
२५ हजार नेपाली साउदीबाट फिर्ता
काठमाडौं — साउदी अरबमा अवैध रूपले बसिरहेका करिब ३० हजार नेपाली कामदारले स्वदेश फर्कन 'एक्जिट भिसा' (बाहिरिने भिसा) लिएका छन्। तीमध्ये २५ हजार नेपाली स्वदेश फर्किसकेको साउदी अरबस्थित नेपाली दूतावासले जनाएको छ।साउदीले अवैध आप्रवासी कामदारलाई बिनासजाय घर फर्कन घोषणा गरेको आममाफी (एम्नेस्टी) कार्यक्रमको लाभ उठाउँदै उनीहरू नेपाल फर्केका हुन् । साउदीस्थित नेपाली दूतावासका अनुसार चार हजार नेपाली कामदार कागजपत्र मिलाई वैध बनेका छन् ।




'एम्नेस्टी कार्यक्रमअन्तर्गत एक्जिट भिसा लिएका २९ हजार ८ सय अवैध नेपाली कामदारमध्ये २५ हजार स्वदेश फर्किसकेका छन्,' साउदी अरबका लागि नेपाली राजदूत उदयराज पाण्डेले नागरिकसँग टेलिफोनमा भने, 'केही रोजगारदाता परिवर्तन गरी वैध बनेका छन् । अब फर्काउन बाँकी नेपाली कामदार दुई हजारजति मात्रै छन् ।'

फर्किन बाँकी कामदारको सूची तयार पारिसकेको दूतावासले जनाएको छ । उनीहरूलाई यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) उपलब्ध गराई साता दिनभित्रै नेपाल फर्काइने उनले बताए ।

आममाफीको मौका छोपी फर्कने अधिकांश पुरुष कामदार छन् । सरकारले घरेलु कामदारका रूपमा महिलालाई साउदी जान प्रतिबन्ध लगाएको भए पनि हाल त्यहाँ ५० हजार हाराहारीमा नेपाली महिला कार्यरत छन् । दूतावासका अनुसार एम्नेस्टी कार्यक्रमअन्तर्गत हालसम्म जम्मा १ सय ८० जना महिला मात्र स्वदेश फर्केका छन् । स्वदेश फर्कन चाहने ३३ जना महिला अझै दूतावासको सेल्टरमा रहेको राजदूत पाण्डेले जानकारी दिए ।

'यहाँ कार्यरत प्रायः सबै महिला कामदार नेपाली कानुनको आँखामा अवैध हुन् । साउदी कानुनअनुसार भने उनीहरू वैध छन् । सहमति गरेको घरबाट भागी अन्यत्र गए मात्र महिलाहरू साउदी कानुनअनुसार अवैध हुन्छन् । त्यसैले एम्नेस्टीको उपभोग गर्ने महिला कामदारको संख्या सानो देखिएको हो,' राजदूत पाण्डेले प्रस्ट पारे ।

दुई वर्षयता साउदीमा अवैध बनेका ७ सय १८ महिलालाई दूतावासले नेपाल फर्काइसकेको छ । त्यही अवधिमा अवैध बसेका कारण पक्राउ परेका १३ हजार नेपाली पुरुष कामदारलाई साउदी सरकारले नेपाल डिपोर्ट (फिर्ता) गरेको दूतावासले जनायो । राजदूत पाण्डेका अनुसार एम्नेस्टी घोषणा भएयता मात्र जेलमा रहेका १ हजार ३ सय नेपालीलाई साउदीले डिपोर्ट गरेको छ ।

'रियाद क्षेत्रमा रहेका अवैधलाई नेपाल फर्काउने काम सकियो,' राजदूत पाण्डेले भने, 'अब दमाममा पन्ध्र सय र जेद्धामा रहेका २ सय गरी एक हजार ७ सय अवैधलाई फर्काउन बाँकी छ ।'

अवैध कामदार एम्नेस्टीमा स्वदेश फर्कन नछुटुन् भनेर दूतावासले दमाममा एक स्थानीय कर्मचारी र जेद्धामा दूतावासकै कर्मचारी खटाएको उनले जानकारी दिए । 'एम्नेस्टीले अब सधैंको लागि तनाव कम गरिदिएको छ । अबदेखि अवैध कामदार राख्ने कम्पनीलाई यहाँको सरकारले कारबाही गर्छ । यति धेरै अवैध कामदार स्वदेश फर्काउनसक्नु हाम्रो निम्ति ठूलो उपलब्धि हो,' उनले भने ।

एम्नेस्टीमा स्वदेश फर्कने ७ हजार कामदारलाई पुरानै राहदानी दिइएको भए पनि बाँकीलाई भने दूतावासले यात्रा अनुमतिपत्र उपलब्ध गराएको थियो । एउटा कम्पनीसँग सम्झौता गरी गएका नेपाली कामदार भागेर अर्को कम्पनीमा काम गर्न थालेपछि १९ हजार ३ सय ६८ थान राहदानी सुरुको कम्पनीले त्यहाँको परराष्ट्र मन्त्रालयमार्फत् नेपाली दूतावास पठाएको थियो । यस्ता ७ हजारले पुरानै राहदानी लिई स्वदेश फर्केका थिए ।

दूतावासले साउदीमा अवैध बसी एम्नेस्टीका बेला स्वदेश फर्केका १४ हजारलाई रियादबाट, ३ हजार ५ सयलाई जेद्दाबाट र १२ हजार ३ सयलाई दम्माम सहरबाट यात्रा अनुमतिपत्र उपलब्ध गराएको थियो ।

साउदीमा अवैध रूपमा रहेर काम गर्ने आप्रवासी कामदारमा भारत, पाकिस्तान, फिलिपिन्स, बंगलादेश, यमन, इजिप्ट र नेपालका बढी थिए । चार लाख अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउने उद्देश्यले साउदीले घोषणा गरेको एम्नेस्टीमा हालसम्म ३ लाख फर्किसकेका छन् ।

अवैध आप्रवासी कामदारका कारण आफ्नै नागरिक बेरोजगार बनेपछि साउदीले गत वैशाख २८ गते एम्नेस्टी कार्यक्रम घोषणा गरेको थियो । एम्नेस्टी अवधिभित्र अवैध रूपमा बस्दै आएका, तर अपराधमा नमुछिएका आप्रवासी कामदारलाई बिनासजाय तथा जरिवाना स्वदेश फर्किने अवसर दिइएको थियो । यही अवसर छोपी दूतावासले अवैध नेपाली कामदारलाई स्वदेश फिर्ता गरेको हो ।

एम्नेस्टी कात्तिक १७ गते सकिने भएपनि अवैध नेपालीलाई स्वदेश फर्काउने काम लगभग सकिएको दूतावासले जनायो ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस