बलात्कार र गर्भपतनले निम्त्याएको जटिलता
०७ चैत्र २०७७
•
२ मिनेट पाठ
बलात्कार र गर्भपतनले निम्त्याएको जटिलता
गुर्भाकोट नगरपालिकाकी १५ वर्षीया बलात्कृत पीडित बालिकाको कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै । तस्बिर : नगेन्द्र/नागरिक
गुर्भाकोट नगरपालिकाकी १५ वर्षीया बालिका भदौमा मामाघर बाघखोर गएकी थिइन् । गुर्भाकोट–२ दहका बेगम कामी बेलुकातिर पानी माग्दै आँगनमा आइपुगे । घरमा कोही थिएनन् । पानी खाने निहुँमा आएका बेगमले बालिकाको मुख थुनेर नजिकैको बाँसघारीमा पुर्‍याए र बलात्कार गरे । आफूमाथि भएको अन्याय उनले कसैलाई भन्न सकिनन् । पेट बढ्दै गयो । पुस २७ गते उनले आत्महत्याको प्रयास गरिन् । छिमेकी दीपाले देखेपछि उनको ज्यान बच्यो ।  




‘छोरीले आत्महत्या प्रयास गरेपछि मात्रै हामीले घटनाबारे जानकारी पायौं,’ आमा कमला गायनले भनिन्, ‘छोरीको पीडाले अहिलेसम्म राम्रोसँग सुत्न दिएको छैन ।’ घरकाले थाहा पाउँदासम्म बालिकाको पेटमा १४ हप्ताको गर्भ हुर्किरहेको थियो । बालिकाका आफन्तले घटनाबारे बेगमको परिवारसँग सम्पर्क गर्‍यो । दुबै परिवारको सहमतिमा पुस एक गते गर्भपतन गराइयो ।  

कलिलो उमेरमै १४ हप्ताको गर्भपतन गराउँदा बालिकाको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । रक्तश्राव रोकिएको छैन । गर्भपतन गराएयता बालिका अस्पतालको बेडमै छिन् । ‘रक्तश्रावका कारण छोरी हिँडडुल गर्न पनि सक्दिँनन्,’ कमलाले भनिन्, ‘पीडकलाई कारबाहीका लागि उजुरी दिँदा पनि अहिलेसम्म कुनै कारबाही हुन सकेको छैन ।’

बालिकाका आफन्त सुरुमा कानुनी प्रक्रिया भन्दा उपचारमा लाग्यो । पीडक परिवारले उपचारमा पनि सहयोग नगरेपछि घटनाबारे कमलाले माघ ७ गते इलाका प्रहरी कार्यालय छिन्चुमा जाहेरी दिइन् । प्रहरीले बेगमकी आमालाई पक्राउ गरेर एक दिन हिरासतमा राख्यो । बलात्कार र गर्भपतनजस्तो जघन्य अपराधमा कारबाहीको सट्टा प्रहरीले घटना मिलापत्रमा टुङ्ग्याइयो । ‘प्रहरीमा जाहेरी दिँदा उल्टै मलाई ज्यान मार्ने धम्की आयो,’ उनले भनिन्, ‘प्रहरीले पनि सहयोग गरेन, मिलापत्रमै टुङ्ग्याइदियो ।’  

आत्महत्या प्रयास गर्नुअघि उनले ‘सुसाइट नोट’ लेखेकी थिइन् । पत्रमा बेगमले बलात्कार गरेको र गर्भ रहेको उल्लेख छ । ‘ममाथि भएको बलात्कार घटनाका बारेमा कसैलाई भन्न सकिँन, पेटमा बच्चा हुर्कँदै गयो,’ उनले लेखेको सुसाइट नोटमा भनिएको छ, ‘बाँचेर घर–परिवारको इज्जत जानुभन्दा मर्नु उचित ठानेर आत्महत्या गर्दैछु ।’ बालिकाकी आमाले छोरीले लेखेको त्यहीँ सुसाइट नोटसहित प्रहरीमा जाहेरी दिएकी थिइन् ।  

‘बलात्कार आरोपीलाई पक्राउ गर्नुपर्नेमा प्रहरीले उनकी आमालाई पक्राउ गर्‍यो, छोरीको उपचार गराउने सहमतिमा छोड्यो,’ उनले भनिन्, ‘न्याय माग्दै धेरै ठाउँ धाएँ, कहीँ न्याय पाइन ।’  

कमलाको परिवारको आर्थिक अवस्था कमजोर छ । अहिलेसम्म छोरीको उपचारमा तीन लाख बढी खर्च भइसकेको छ । अझै कति समय छोरीलाई अस्पतालमा राख्नुपर्ने हो र कति खर्च लाग्ने हो थाहा छैन । ‘छोरीमाथि अन्याय गर्नेलाई अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन,’ उनले भनिन्, ‘छोरी अस्पतालको बेडमा छिन्, पीडामाथि पीडा थपिइरहेको छ, अहिलेसम्म कहीँबाट न्याय पाइएको छैन ।’

इलाका प्रहरी कार्यालय छिन्चुका प्रमुख प्रहरी निरीक्षक माधव चौधरीले बलात्कार आरोपी फरार रहेको बताए । ‘जाहेरीका आधारमा आमालाई पक्राउ गरेका थियौं,’ उनले भने, ‘अदालतको आदेशपछि जिम्मा जमानीमा छोडेका छौं ।’ उनले बलात्कार आरोपी पक्राउ परेपछि अनुसन्धान प्रक्रिया अघि बढ्ने बताए । 
अर्को समाचार
सुदूरपश्चिममा मिर्गौला पीडितलाई उपचारमा समस्या
१६ कार्तिक २०७८
•
१ मिनेट पाठ
सुदूरपश्चिममा मिर्गौला पीडितलाई उपचारमा समस्या
सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ। सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडौँ नै जानुपर्ने बाध्यता रहेको छ। डायलासिसका लागी अस्पताल पुगेका बिरामीहरूमध्ये कतिपयले अस्पतालकै शैयामा ज्यान गुमाइरहेका छन् भने कतिपय बिरामीहरू पालो कुरिरहेका छन्।  




अस्पतालको फार्मेसीमा मिर्गौला डायलासिसको सामान्य औषधि पनि नपाइदा बिरामीहरू चर्कोमूल्य तिरेर निजी फार्मेसीबाट औषधी खरिद गर्न बाध्य छन्। प्रदेशका एक मात्र स्थान सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा उपलब्ध भए पनि सेवा त्यति प्रभावकारी नबन्दा सेवाग्राही हैरानी खेप्न बाध्य छन्।

६ वटा मेसिनबाट मात्रै सेवा प्रदान भइरहँदा बिरामीहरूले पालो कुर्नै पर्ने बाध्यता रहेको छ। झन् त्यसमा अस्पतालको फार्मेसीमा डायलासिसको लागी सामान्य औषधी समेत नपाइदा झनै समस्या भइरहेको बिरामीका आफन्तहरूको गुनासो छ।

सेती प्रादेशिक अस्पतालको माथिल्लो तलामा निजी क्षेत्रको विरङ्ग हेल्थ केयर सेन्टरले ठेक्कामा डायलासिस सेवा प्रदान गरिरहेको छ। अस्पताल सँग १० वटा मेसिनबाट सेवा प्रदान गर्ने सहमति भएपनी हाल ६ वटा मेसिन मात्रै सञ्चालनमा छन्। एक हप्तामा हाल ५३ जनाले डायलासिस सेवा लिइरहेको विरंग हेल्थ केयरका व्यवस्थापक दीपक भट्ट बताउँछन्। सामान्य डायलासिसको सेवा यहाँ प्रदान गरिए पनि मिर्गौलाको फिस्टुला भर्न भने बिरामीले काठमाडौँ अथवा भारत नै जानुपर्ने बाध्यता रहेको उनको भनाई छ।

बढ्दो पत्थरी, मधुमेह, उच्च रक्तचाप र अस्त व्यस्त जीवन शैलीका कारण नै किट्नी फेल हुने क्रम बढेको विभिन्न अध्ययनहरुले देखाएका छन्। सरकारले डायलासिस सेवा निःशुल्क गरे पनि फिस्टुला भर्न तथा मिर्गौला प्रत्यारोपण गर्न आर्थिक नहुँदा अस्पतालमै ज्यान जाने होकि चिन्तामा उनीहरू छन्।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस