काठमाडौं— प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षाको अनुगमन र समन्वय गर्न क्षेत्रीय निर्वाचन सेल गठन गरेको छ । पाँच विकास क्षेत्र र उपत्यका हेर्नेगरी एसएसपीको कमान्डमा सेल गठन भएको हो।प्रधान कार्यालयस्रोतका अनुसार पूर्वमा लक्ष्मण न्यौपाने, मध्यमा सुदीप आचार्य, उपत्यकामा पवनप्रसाद खरेल, पश्चिममा पुष्प रञ्जिन, मध्य ज्ञानोदराज वैद्य र सुदूरपश्चिममा सुवास चौधरीको नेतृत्वमा क्षेत्रीय सेल गठन भएको छ ।
प्रधान कार्यालयले निर्वाचन सुरक्षाको तयारी र योजनाका लागि यसअघि नै कार्य विभाग प्रमुखको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिसकेको छ । सेलको प्रमुख एआइजी पुष्करनाथ रेग्मी छन् ।
स्रोतअनुसार गृह मन्त्रालयले बनाउने एकीकृत सुरक्षा योजनाका आधारमा क्षेत्रीय निर्वाचन सेल गठन गर्ने तयारी थियो । गृहले सुरक्षा निर्देशिका जारी गरे पनि एकीकृत सुरक्षा योजनालाई पूर्णता दिन सकेको छैन ।
गृहले योजना बनाउन ढिलाइ गरेपछि केही दिनअघि बसेको केन्द्रीय निर्वाचन सेलको बैठकले क्षेत्र, अञ्चल र जिल्लासँग समन्वय गरेर निर्वाचन सुरक्षा रणनीति कार्यान्वयन गर्ने जिम्मेवारीसहित क्षेत्रीय सेल गठन गरेको हो ।
निर्वाचन सुरक्षाबारे प्रतिवेदन गृह मन्त्रालय पुगिसकेको छ । करिब ५४ हजार प्रहरी खटाउन सकिने प्रतिवेदनमा उल्लेख छ । सेलमा एसपी, डिएसपी, प्रहरी निरीक्षकलगायत गरी आठभन्दा बढी प्रहरी कर्मचारी सहयोगी रहने छन् ।
गृहले जारी गरेको निर्देशिकामा निर्वाचन सुरक्षाको नेतृत्व प्रहरीलाई तोकिएकाले केन्द्रीय निर्वाचन सेलले सोहीअनुसार तयारी गरेको एक सुरक्षा अधिकारीले जानकारी दिए ।
निर्वाचन अगाडि, निर्वाचनको समय र मतदानपछि गरी तीन चरणमा विभाजन गरिएको प्रस्तावित सुरक्षा योजनामा प्रहरीलाई उम्मेदवार, विशिष्ट व्यक्ति, निर्वाचन कार्यालय, प्रचारप्रसार तथा सभा–जुलुस र मतदानस्थलको सुरक्षा जिम्मा दिने उल्लेख छन् ।
मतदानका दिन प्रहरीलाई मतदान केन्द्र, मतदाता, मतपत्र र मतपेटिकाको सुरक्षाको जिम्मेवारी तोक्ने तयारी गरिएको स्रोतले बताएको छ । 'निर्वाचनपछि मतपेटिका ल्याउने, मतपेटिका संकलनस्थल तथा गणनास्थलको सुरक्षा जिम्मा जनपद प्रहरीलाई दिने कि सशस्त्रलाई भन्ने तय हुन बाँकी छ,' स्रोतले भन्यो, 'विजय जुलुस, ¥याली र उम्मेदवारको सुरक्षा तथा जुलुस व्यवस्थापनको जिम्मेवारी प्रहरीलाई नै तोकिनेछ ।'