इलाम – 'पढ्न नपाएर पट्यारलाग्दो गरी दिन बित्थ्यो' सदरमुकामस्थित इलाम कारागारका कैदी कर्ण गुरुङले भने, 'अब चाहिं सजिलो गरी समय बित्ने भयो।' करोडौं रुपैया"को लगानीमा भरखरै निर्माण सकिएको नयाँ कारागार अत्याधुनिक भए पनि पुस्तकालय सुविधा थिएन। एक संस्थाको सहयोगमा शुक्रवारदेखि कारागारभित्रै पुस्तकालय खुलेपछि गुरुङजस्तै धेरै कैदी बन्दी खुशी भएका छन्।पीडित सेवा संघको आर्थिक तथा प्राविधिक सहयोगमा कारागारमा पुस्तकालय खुलेको हो। 'पुस्तक पढ्न पाइएन भनेर कैदीले हैरान पार्थे' कारागार प्रमुख गणेश भट्टराईले भने, 'अब चाहिं मनलाग्दा पुस्तक आएका छन्, सबैले पढ्न पाउने भए ।' झण्डै एक लाख रुपैया"को लगानीमा संघले तीनसय ८५ थान पुस्तक कारागारलाई हस्तान्तरण गरी पुस्तकालयमा सजाइएको छ।
मुलुकका ५३ जिल्लाका ६५ कारागारमा यस्तै पुस्तकालय स्थापना गरिसकेको उल्लेख गर्दै संघका निर्देशक दिनेश न्यौपानेले एक बर्षभित्र सबै जिल्लाका ७४ कारागारमा पुस्तकालय राखिसक्ने योजना सुनाए। 'कैदी बन्दीले राम्ररी पढ्न पाउन भन्ने हाम्रो चाहना हो' न्यौपानेले भने, 'कैदी बन्दीकै समिति बनाएर उनीहरुकै हातबाट पुस्तकालय चलाउने चाहना हो।'
२० महिलासहित दुई सय ३० कैदी बन्दी रहेको इलाम कारागारमा स्थापना गरिएको पुस्तकालयमा राजनीति, कानुन, साहित्य, इतिहास, स्वास्थ्य, मानवअधिकार, वाणिज्य आदि विषयका पुस्तक राखिएको छ । 'भौतिक पूर्वाधारका दृष्टिले देशकै नमूना कारागारमा अब पुस्तकालय पनि थपि"दा झन् राम्रो भएको छ' प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले भने, 'पुस्तक अध्ययन गरी कैदी बन्दीले जीवन परिवर्तन गर्नसक्छन् ।'