बनेपा– भाइरल ज्वरोको संक्रमणबाट विकट डाँडापारीमा एक छात्राको मृत्यु भएको छ भने ५० जना बिरामी परेका छन्। गोकुले गाविस–४, कुबिन्टारस्थित कालीदेवी माविमा कक्षा ९ मा अध्ययनरत २२ वर्षीया नानीमाया घिसिङको भाइरल ज्वरोबाट मृत्यु भएको गोकुले उपस्वास्थ्य चौकीका अहेब राजकुमार दुलालले बताएका छन्।गाउँभरि भाइरल ज्वरोको प्रकोप फैलिएपछि दुलालसहित स्वास्थ्यकर्मीले शुक्रबार साँझबाट गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छन्। कालीदेवी माविको कक्षा कोठामा राखेर बिरामीको उपचार भइरहेको दुलालले जानकारी दिएका छन्। गाउँको खानेपानी प्रदूषित भएर भाइरल ज्वरो संक्रमण भएको हुनसक्ने दुलालले बताए।
अर्को समाचार
भाइरल ज्वरोबाट एकको मृत्यु, ५० बिरामी
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।
दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।
दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।
यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो पनि पढौँ
ट्रेन्डिङ