काठमाडौं — घरमै बसीबसी 'ड्युटीमा छु' भनी ढाँट्ने बानी लागेका प्रहरी अधिकारीका लागि दुखद खबर छ । महानगरीय प्रहरी आयुक्त कार्यालयले 'लोकेसन रिडेबल वाकिटकी' (सञ्चार सेट) कार्यान्वयनमा ल्याएकाले अब यसरी ढाँट्ने प्रहरी कारबाहीमा पर्न सक्छन्।प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले सोमबारदेखि नयाँ प्रविधिको सञ्चार सेट कार्यान्वयनमा ल्याएका हुन् । यसमा स्थान पहिचान गराउने जिपिएस जडान छ । स्याटलाइट र टावरका माध्यमबाट सम्बन्धित प्रहरी अधिकृत कुन ठाउँमा छ सहजै अनुगमन गर्न सकिन्छ । उपत्यकाका लागि फूलचोकी डा"डामा टावर राखिएको छ । अनुगमन गर्न आयुक्त कार्यालयमा ४६ इन्चको स्क्रिन छ । प्रहरी प्रधान कार्यालयमा समेत उक्त प्रणाली जोडिएको छ ।
पाँच महिनाअघि कास्की र सिन्धुपाल्चोकमा परीक्षण गर्दा प्रभावकारी देखिएपछि उपत्यकामा समेत सुरु गरिएको प्रहरी महानिरीक्षक रानाले बताए । 'यसले संविधानसभा निर्वाचनमा प्रहरी परिचालन सहज हुनेछ,' उनले भने ।
पुरानो सेट प्रणालीमा टावर अभावले सन्देश हराउने, एउटा मात्रै च्यानल भएकाले व्यस्त समयमा सूचना प्रवाह नहुने र अत्यावश्यक सूचनाका लागि मोबाइल प्रयोग गर्नुपर्ने बाध्यता थियो । नयाँ सेटमा भने चार च्यानलबाट सूचना प्रवाह हुने भएकाले जामको समस्या नआउने महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता हेमन्त पालले जानकारी दिए । 'एक व्यक्ति वा समूहलाई वाकिटकीबाटै सन्देश पठाउन सकिन्छ,' उनले भने ।
उनका अनुसार यो प्रविधिबाट तोकिएको स्थानमा प्रहरी अधिकारी खटिएको छ कि छैन सहजै अनुगमन गर्न सकिन्छ ।
चीन सरकारको ३ करोड ५० लाख रुपैयाँ अनुदान सहयोगमा यो सञ्चार प्रणाली उपत्यका भित्रिएको हो । नेपाल र चीन सरकारबीच दुई वर्षअघि यससम्बन्धी सहयोग सम्झौता हस्ताक्षर भएको थियो ।
सेट सञ्चालनका लागि चिनियाँ प्राविधिकले नेपालमै आएर काम गरेका थिए । उनीहरूले आयुक्त कार्यालयमा सेट अनुगमन कक्ष लगायत भौतिक पूर्वाधार निर्माण गरिदिएका छन् । यसबाट एक हजारभन्दा बढी सेट सहजै अनुगमन गर्न सकिने प्रहरी अधिकारी बताउँछन् ।
यसअघि वाकिटकीबाट सार्वजनिक सन्देश मात्रै आदानप्रदान हुन्थ्यो । नयाँ सेटको प्रयोगपछि अतिगोप्य, गोप्य र महŒवपूर्ण सन्देश एकै सेटबाट आदानप्रदान गर्न सकिने एक प्राविधिकले जानकारी दिए ।
आयुक्त कार्यालय प्रमुख नवराज ढकालका अनुसार नयाँ सिस्टमले प्रहरी सेवालाई 'पारदर्शी र जवाफदेही' बनाउनेछ । सुरक्षासँग सम्बन्धित सेवाका लागि १०० नम्बरमा फोन गरे तत्काल प्रहरी परिचालन हुने र अपराध नियन्त्रणका लागि सहरका विभिन्न स्थानमा सिसिटिभी क्यामरा जडान गर्ने पनि उनले जानकारी दिए ।
चीन सरकारले १ हजार ३ सय वाकिटकी, ८० वटा गाडीमा जडान हुने बेस रेडियो उपलब्ध गराएको छ । आयुक्त कार्यालयका अनुसार यो प्रणाली सञ्चालन गर्न सोलार पावर सिस्टम, जोग्राफी इन्फरमेसन सिस्टम र माइक्रोवेभ कम्युनिकेसन जडान गरिएको छ । उपत्यकामा करिब ९ सय वाकिटकी छन् । पुराना सेट सबै केन्द्रमा खिचेर केही दिनमै नयाँ प्रयोगमा ल्याउने योजना छ । उपत्यकामा सोमबारै २० वाकिटकी परीक्षणका लागि बाँडिएका छन् ।