पर्वतारोहण क्षेत्रका श्रमिकका लागि मानसिक स्वास्थ्य तालिम
१३ चैत्र २०७७
•
२ मिनेट पाठ
पर्वतारोहण क्षेत्रका श्रमिकका लागि मानसिक स्वास्थ्य तालिम
पर्वतारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकका लागि मानसिक स्वास्थ्यसम्बन्धी विशेष तालिम सम्पन्न भएको छ। गैरआवासीय नेपाली सङ्घअन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालिममा पर्वतारोहण सङ्घ सम्बद्ध ३९ जनाले सहभागिता जनाएका छन्।  




कार्यक्रमको उद्घाटन सत्रमा सङ्घका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री केसीले कोभिड–१९ का कारणले मानसिक समस्याले गर्दा वैैदेशिक रोजगारलगायत क्षेत्रमा कार्यरत श्रमिकलाई नकारात्मक असर पारेको पाइएको बताए।

विशेष गरेर पर्वतारोहण सङ्घसँगको सहकार्यमा साहसिक नेपाली पर्वतारोही श्रमिक तथा पर्वतारोहण क्षेत्रका अन्य व्यक्तिका लागि यो तालीमले व्यक्तिगतरुपमा मात्रै नभई उसको परिवार तथा समाजलाईसमेत फाइदा पुगिरहेको डा केसीको भनाइ थियो।सङ्घले कोभिड–१९ का कारणले प्रभावित नेपाली श्रमिकलाई विभिन्न गन्तव्य देशमा र नेपाल फर्केपछि पनि राहत तथा उद्धारका लागि सहयोग पु¥याएको जानकारी गराए। 

यस्तै सङ्घका अर्का उपाध्यक्ष एवं महिला तथा युवा विभाग संयोजक रविना थापाले कोरोनाले सबै क्षेत्रमा आर्थिक एवं सामाजिकरुपमा समेत असर परेको र पर्वतारोहण एवं ट्रेकिङ व्यवसायमा समेत असर परेको बताईन्। तालीमले सो क्षेत्रमा संलग्न व्यक्तिलाई सहयोग पुग्ने थापाले बताए।

मानसिक स्वास्थ्यका सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ थियो। यस्तै सङ्घका स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले सङ्घले टेलिहेल्थका माध्यमबाट देशविदेशमा रहेका नेपालीलाई सहयोग पु¥याउनका लागि पहल गरिरहेको जानकारी गराए।  

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले गैरआवासीय नेपाली सङ्घ र नेपाल पर्वतारोहण सङ्घको सहकार्यमा यस्ता किसिमका कार्यक्रम गर्दै जाने बताए। प्रसिद्ध साहसी पर्वतारोही माया गुरुङ तथा अन्य यस क्षेत्रसँग सम्बन्धित सबै सहभागीले तालीम अत्यन्त फलदायी रहेको र आगामी दिनमा पनि सङ्घबाट यस प्रकारको सहयोगको अपेक्षा राखेको धारणा राखेका थिए। तालीम कार्यक्रममा डा.विजय ज्ञवाली तथा माधव खतिवडाले मानसिक स्वास्थ्य, तनाव एवं आत्महत्या रोकथाम जस्ता विषयमा प्रशिक्षण गराएका थिए। रासस
अर्को समाचार
अन्नपूर्ण प्रथम आरोहणमा विदेशीको ध्यान
१३ चैत्र २०७७
•
३ मिनेट पाठ
अन्नपूर्ण प्रथम आरोहणमा विदेशीको ध्यान
अन्नपूर्ण प्रथम आरोहणका लागि अन्नपूर्ण आधारशिविर पुगेको विदेशी आरोहीको टिम । तस्बिर सौजन्यः सुरेन्द्र पुन
कोरोना भाइरस संक्रमणले थलिएको पर्वतारोहण क्षेत्रमा सुधारका संकेत देखिन थालेका छन् । नेपालका विभिन्न चुचुराको आरोहणका लागि विदेशी आरोहीको टोली आउन थालेको व्यवसायीले बताएका छन् । आरोहीको आगमनले पर्वतारोहण पर्यटनमा सुधार आउन सक्ने व्यवसायीको भनाई छ ।  




अन्नपूर्ण प्रथम (८०९१ मि) आरोहणका लागि अहिले पाकिस्तान, चीन, अमेरिका, क्यानडा सहितका मुलुकका आरोही अन्नपूर्ण आधारशिविरमा पुग्ने क्रममा छन् । आरोहीको पहिलो टोली पाकिस्तानी समुह केहीदिन अघि नै आधारशिविर पुगिसकेको र अरु विदेशी आरोही पनि केहीदिनभित्रै आधारशिविर पुग्ने आरोहण व्यवस्थापन गरेका कम्पनिले बताएका छन् । नेपाली महिलाको आरोही टिम पनि आरोहणको तयारीमा रहेको छ ।  

पाकिस्तानी सहितका आरोहीको आरोहण व्यवस्थापन गरेको इमेजिन नेपालका संचालक मिङमा ग्याल्जेन शेर्पाका अनुसार विभिन्न ४ वटा टिमका ४० जना विदेशी आरोही अहिले अन्नपूर्ण प्रथम आरोहणको तयारीमा रहेको छ । शेर्पाका अनुसार ती मध्ये दुईजना पाकिस्तानी आरोही पनि छन् । ती पाकिस्तानी बिना अक्सिजन आरोहणको तयारीमा रहेका छन् । विना अक्सिजन आरोहणको तयारीमा रहेको उनीहरु तयारीको क्रममा केहीदिन अघि नै आधारशिविर पुगिसकेको शेर्पाले बताए ।  

‘बिना अक्सिजन आरोहण गर्ने भएकोले पाकिस्तानी टिम केहीदिन अघि नै आधारशिविर पुगेको हो । उचाईसँग अभ्यस्त हुनका लागि पाकिस्तानी आरोही अरुभन्दा केहीदिन अघि नै आधारशिविर पुगेको हो,’ उनले भने । पाकिस्तानीबाहेकका आरोही भने अक्सिजन लिएर आरोहणमा जानेछन् । ‘विभिन्न चुचुरा आरोहण गरेका उनीहरु यो पटक अन्नपूर्ण प्रथमको आरोहण तयारीमा जुटेका छन् । अबको चारदिनभित्र अरु आरोही पनि आधारशिविर पुगिसक्छन्,’ उनले भने, ‘अहिलेसम्म सबैगरि १५ जना आरोही आधारशिविर पुगिसकेका छन् ।’ शेर्पाका अनुसार अप्रिल २० भित्र ती आरोहीले आरोहण गर्नेछन् । उनीहरु अप्रिल महिनाभर नेपालमा रहनेछन् ।  

कोरोना संक्रमणको मारमा परेको पर्यटन क्षेत्रमा आरोहणका लागि विदेशी आरोही भित्रिन थालेपछि व्यवसायी उत्साही बनेको उनले बताए । ‘एकवर्षदेखि विदेशी पर्यटक नेपाल भित्रिन पाएका छैनन् । यो अप्ठेरोमा पनि विदेशी आरोहीले नेपालको आरोहणमा चाँसो देखाएका छन्,’ उनले भने, ‘एकवर्ष आम्दानीविहीन भएको अवस्थामा अहिले आरोहीले चाँसो देखाउनु सकारात्मक हो ।’ कोरोनाको अप्ठेरो भइरहँदा पनि नेपालका चुचुरा आरोहणमा विदेशी आरोहीले चाँसो देखाउनु सकारात्मक रहेको उनले सुनाए ।  

‘कोरोना त्रासले गर्दा पर्वतारोहण व्यवसायी एकवर्षसम्म सुतेरै बस्तुप¥यो । अब केही हुने आशावादी छौ,’ उनले भने, ‘अन्नपूर्ण मात्र नभई सगरमाथा र अरु हिमाल आरोहणका लागि पनि विदेशी आउन थालेका छन् । पर्वतारोहण व्यवसायीको दैनिकी नै अप्ठेरो भएको बेलामा विदेशीको आगमनले उत्साही तुल्याएको छ ।’ थोरै संख्यामा भएको आगमनले पनि नेपालको आरोहण क्षेत्रमा सकारात्मक सन्देश पुगेको उनले बताए । व्यवसायीले मात्र नभई पर्वतारोहण क्षेत्रमा लागेका मजदुरको पनि कमाई हुने उनले बताए ।  
आधारशिविर पुगेको टिमलाई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले विदाई गरेको थियो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर गर्बुजा पुनका स्वकीय सचिव सुरेन्द्र पुनका अनुसार ती आरोही म्याग्दी हूँदै आधारशिविर पुगेका थिए । उनीहरुलाई पुन सहितको टिमले आधारशिविर पु¥याएर फर्केका थियो । ‘पाकिस्तानी टिमका आरोहीहरु आरोहण अभ्यासमा जुटिसकेका छन् । अरु सहयोगीले व्यवस्थापन गरिरकेका छन,’ पुनले भने, ‘आरोहीको आगमनले गण्डकी प्रदेशको पर्वतीय पर्यटनमा सकारात्मक सन्देश प्रवाह भएको छ ।’ आरोहणका लागि आएको टिम गत मंगलबार आधारशिविर पुगेको थियो ।  

पर्यटन विभागमा अनुसार यो सिजनमा अन्नपूर्ण प्रथम आरोहणका लागि अहिलेसम्म ४० जना विदेशी आरोहीले अनुमति लिएका छन् । ती बाहेक नुप्त्से र मनास्लु हिमाल आरोहणका लागि पनि विदेशीले आरोहण लिएको विभागको तथ्यांक छ । आरोहण अनुमति लिनेमा सबैगरि १५ जना महिला र ३० जना पुरुष आरोही रहेको विभागले बताएको छ ।  

नेपाल पर्वतारोहण संघका गण्डकी अध्यक्ष शेषकान्त शर्मा कोरोनाका कारण त्रासमा रहेको पर्यटन क्षेत्रले सानो आकारमा भएपनि विदेशी आरोही पाउँदा सकारात्मक सन्देश फैलिएको बताउँछन् । ‘कोरोनाले सबैभन्दा बढी मारमा परेको क्षेत्र पर्यटन हो । अहिले पनि अप्ठेरो कायम नै छ,’ शर्माले भने, ‘यही अप्ठेरोमा पनि विदेशी पाहुना धमाधम आरोहणका लागि आएका छन् । यसले सकारात्मक सन्देश फैलिएको छ ।’
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १७ सेकेन्ड अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस