डुंगेश्वर गाउँपालिका–३ स्थित लेक्चाकी २८ वर्षीया हिरा थापामगरले बिहीबार विहान छोराछोरीसहित सामूहिक आत्महत्या प्रयास गरेकी छिन्। उनले सुरुमा ३ वर्षीय छोरा उमेश थापालाई कपडामा झुण्ड्याएर हत्या गरिन्। त्यसको लगत्तै छोरी लिएर घर नजिकै रहेको लेक्चा खोलामाथिको भिरबाट हाम फालेर आत्महत्या प्रयास गरिन्। तर, सँगै रहेकी कक्षा ४ मा पढ्ने ९ वर्षीया छोरीले आमाको हात फुत्काई भागेर ज्यान बचाउन सफल भइन्।
भिरबाट हाम फालेकी हिरा गम्भीर घाइते भइन्। अहिले उनको जिल्ला अस्पताल दैलेखमा उपचार भईरहेको छ। तीन हप्ताअघि पश्चिम दैलेखको कर्णाली नदिमा पनि एक परिवार सामूहिक आत्महत्या गरेका थिए। तीन हप्ता नवित्दै फेरि डुंगेश्वर गाउँपालिकामा सामूहिक आत्महत्याको प्रयास भएको हो।
घटनाको अनुसन्धान भईरहेको र प्रारम्भिक अनुसन्धानबाट आमाले आफूसहित छोराछोरी सामूहिक आत्महत्या गर्न खोजेको र छोरी हात फुत्काएर भागेर बचेको खुलेको दैलेख प्रहरीको प्रवक्ता ईन्द्रजित सुनारले बताए। उनले आत्महत्या गरिबीका कारण या अन्य कारण के हुनसक्छ भनेर अनुसन्धान भईरहेको बताए।
उनी भिरबाट हाम फालेर गम्भीर घाइते भएकी हिरालाई स्थानीयले देखेपछि तत्काल प्रहरीलाई खवर गरि उद्वार गरेका थिए। मृतक छोराको पोष्टमार्डमका लागि दैलेख जिल्ला अस्पतालमा राखीएको छ। हिराले लेक्चा खोलामाथिको भिरबाट हाम फालेर आत्महत्या प्रयास गरेको दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले बताए। उनका श्रीमान थीरबहादुर थापामगर रोजगारीको शिलशिलामा एक वर्षअघिदेखि भारत छन्। यसअघि फागुन २३ साँझ दैलेखको आठविस नगरपालिका–३ निमायल बस्ने ३५ वर्षीया सुकी बढुवाल आफूसहित चार छोराछोरी लिएर कर्णालीमा हाम फालेर सामूहिक आत्महत्या गरेकी थिइन्।