नयाँ घर निर्माण गर्दा आवश्यक पर्ने काठको सामग्री खरीदका लागि अग्रिम दिएको रकम लिएर इटहरी वडा नं. २ मा फर्निचर दोकान सञ्चालन गर्ने एक जना फरार भएका छन्।
इटहरी वडा नं. २ मा फर्निचर दोकान सञ्चालन गर्ने सप्तरी कृष्ण सर्वण गाउँपालिका वडा नं. ३ मट्टिगड्डाका रामकुमार यादव स्थानीय चार जनासँग पैसा लिएर फरार भएका हुन्। उनी कार्तिक अन्तिम सातादेखि इटहरी छाडेर हिडेका हुन्।
उनले इटहरी वडा नं. ४ का कृष्ण रेग्मीको तीन लाख, इटहरी वडा नं. २ की अनिता बरालको एक लाख ४० हजार, इटहरी वडा नं. २ कै रत्नमाया तामाङ्को १५ हजार र खेम रेग्मीको २० हजार रुपैयाँ लिएर फरार भएका हुन्। ‘नयाँ घर बनाउन सस्तो मूल्यमा झयाल/ढोका बनाएर दिने भएपछि तीन लाख रुपैयाँ पैसा दिए। तर, कार्तिक २८ गतेदेखि इटहरी नै छाडेर बेपत्ता भएपछि पैसा लिन गाह्रो भएको छ,’ फर्निचर सञ्चालक यादवलाई तीन लाख रुपैयाँ दिएका कृष्णप्रसाद रेग्मीले भने।
उनले प्रहरीसमक्ष निवेदन पनि दिएका छन्। पीडित समूहले माघ १८ गते इलाका प्रही कार्यालय इटहरीमा ठगीको उजुरी दिएका हुन्। प्रहरीले लेनदेनको घटना भएकाले गर्दा अदालत नै जान सुल्झाएको रेग्मीले बताए।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले फर्निचर सञ्चालकलाई पैसा दिने सबैले लेनदेनको कागज गरेकाले गर्दा अदालतमै जानु उत्तम हुने बताए। उनले फर्निचर सञ्चालक यादवलाई सम्पर्क गरेर इटहरीमा झिकाउने प्रयास भने भइरहेको जनाए। रेग्मी इटहरी वडा नं. २ मा आएर फर्निचर सञ्चालन गर्नुअघि इटहरीकै खनारमा पनि केही समय फर्निचर पसल खोलेका थिए।