उपहारका लागि गुडियाको माग बढ्दै
१९ चैत्र २०७७
•
२ मिनेट पाठ
उपहारका लागि गुडियाको माग बढ्दै
गुडिया बनाउँदै धर्मा सिंह । तस्बिरः पुष्पराज जोशी÷नागरिक
जन्मदिन या अन्य शुभकार्यमा उपहार दिन होस् या घर सजावटमै किन नहोस् हिजोआज गुडियाको बजारमा माग बढ्दो छ । धनगढीका बजारमा देखिने यिनै गुडिया बनाउँदै आएकी छिन् विशालनगरकी धर्मा सिंहले । उनले विगत तीन वर्षदेखि आफ्नै घरमा सिलाई मेसिन प्रयोग गरेर गुडिया बनाउन थालेकी हुन् । १२ वर्ष किराना पसल र दुई वर्ष कस्मेटिक पसल चलाएर गुजारा चलाउन मुस्किल भएपछि उनले व्यापारको तरिका फेरिन् ।  




गुडिया किनेर खोलखाल पारिन् र पुनः त्यसलाई सिलाइन् । त्यहीबाटै उनलाई गुडिया बनाउने ‘आइडिया’ फुर्यो । एकपछि अर्को गर्दै गुडिया बनाउन थालिन् । अहिले उनले आधिकारिक रुपमै घरेलु कार्यालयमै दर्ता गरेर घरमै गुडिया बनाउने व्यवसाय सुरु गरिसकेकी छिन् । गायत्री गुडिया कुसन गिफ्ट उद्योगका नाममा अहिले उनी दैनिक ३ सय बढी डल बनाउँदै आएकी छिन् । ‘म सुदूरपश्चिम महोत्सवलाई लक्षित गर्दै हिजोआज दैनिक ३ सय बढी डल तयार पारिरहेकी छु,’ उनले भनिन् । उनले गुडिया बनाउने उद्योगमा स्थानीय एक महिलालाई पनि रोजगारी दिएकी छिन् । गुडियाको बजार राम्रो भएको र आफूले सामान ल्याउन बाहिर जानुपर्ने भएकाले एक जनालाई नियमितरुपमा मासिक तलब दिनेगरी रोजगारी पनि दिएको उनले बताइन् । ‘म आफूलाई गुडिया बनाउन भ्याइनभ्याई छ,’ उनले भनिन्,‘त्यसमा पनि गुडियाका सामान ल्याउन कहिले काठमाडौं जानुपर्ने भएकाले पनि यहाँ नियमित गुडिया बनाउन एक जना बहिनीलाई रोजगारी दिएकी छु ।’  

गुडिया बनाएरै उनले अहिले छोरा र छोरी दुवैलाई स्नातकमा अध्ययन गराइरहेकी छिन् । ‘अहिले घरखर्च तथा छोराछोरीको पढाइ  खर्च यही गुडिया भएको छ,’ उनले भनिन्,‘मेरो उत्पादन ग्राहकको रोजाइमा परेकाले पनि धनगढीमा सोचेभन्दा राम्रो बजार पाइएको छ ।’  उनले घरको एक कुनामा सिलाई कटाई गर्ने मेसिन, छेउमा विभिन्न प्रकारका गुडिया तथा कुसनले भरिएका थिए । बस्ने कोठा पनि गुडिया तथा कुसनले सजाइएका थिए । कुनामा विभिन्न रंगका कपडाको फर, गुडिया बनाउन आवश्यक पर्ने नमुना कागज पनि राखिएका थिए । ८० हजार रुपैयाँको लगानीमा सुरु गरेको उद्योगबाट अहिलेसम्म दुई लाख बढीको व्यवसाय छ उनको।   धर्माले अहिले गुडियामा कुकुर, बाघ, जरायो, ठूलो तथा सानो पाण्डालगायतका गरी १५ प्रकारका गुडिया, लभ कुसन, गोलो कुसन, चार कुने कुसनलगायतका कुसनहरु बनाउने गरेको बताइन् । उनले चार कुने तथा लभ कुसन सोफा तथा बस्ने कुर्चीमा र गोलो कुसन मानिसले सुत्दा प्रयोग गर्न सकिने बताइन् । उनले कुसन तथा गुडिया बनाउन आवश्यक पर्ने फर, कपडा, बनोट तथा नमुनाहरु काठमाडौंबाट मगाउने गरेको बताइन् । उनको उद्योगमा न्यूनतम दुई सय रुपैया“देखि पा“च हजार रुपैयाँसम्म पर्ने गुडिया तथा कुसनहरु उत्पादन गरिएका छन् । 
अर्को समाचार
सुरु भयो 'भ्यालेन्टाइन डे' सप्ताह
२४ माघ २०८०
•
१ मिनेट पाठ
सुरु भयो 'भ्यालेन्टाइन डे' सप्ताह
प्रणय दिवस अर्थात् 'भ्यालेन्टाइन डे' सप्ताह आजबाट सुरु भएको छ। प्रत्येक वर्ष फेब्रुअरी ७ बाट सुरु हुने भ्यालेन्टाइन डे सप्ताह १४ फेब्रुअरीसम्म मनाइन्छ।




कुनैपनि सम्बन्धलाई थप प्रगाढ र राम्रो बनाउनका लागि भ्यालेन्टाइन डे सप्ताहलाई निकै महत्त्वपूर्ण मानिन्छ।

भ्यालेन्टाइन डे सप्ताहको पहिलो दिन आज अर्थात् फेब्रुअरी ७ लाई ‘रोज डे’ को रुपमा मनाइन्छ। आजको दिनमा आफ्नो प्रिय व्यक्तिलाई रातो गुलाफको फूल उपहार स्वरुप प्रदान गरेर एक अर्काप्रतिको सम्मान र मायालाई दर्शाउने गरिन्छ।

जानौं 'भ्यालेन्टाइन डे' सप्ताहको ७ दिनबारेः

फेब्रुअरी ७: रोज डे

फेब्रुअरी ८: प्रपोज डे  

फेब्रुअरी ९: चकलेट डे

फेब्रुअरी १०: टेडी डे

फेब्रुअरी ११: प्रमिस डे

फेब्रुअरी १२: हग डे

फेब्रुअरी १३: किस डे

फेब्रुअरी १४: भ्यालेन्टाइन डे
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस