काठमाडौ–नेपाल विद्युत् प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङको समय बढाएको छ। ४ घन्टा रहेको लोडसेडिङको समय आजदेखि दैनिक ७ घण्टा पुर्याइएको हो।
अत्यधिक विद्युत् चुहावट हुने क्षेत्रमा भने अन्य स्थानभन्दा बढी समय लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ। काठमाडौं उपत्यकामा तोकिएकै समयमा र उपत्यका बाहिर तोकिएभन्दा ५ मिनेटपछि विद्युत काटिनेछ।
कुशाह-कटैया १३२ केभी प्रशारण लाइनमा बदली तथा सूर्याअस्तको समयमा परिवर्तन भएको कारण लोडसेडिङ बढाउनु परेको प्राधिकरणले बताएको छ।