भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ बर्खेपाटीमा पानी तान्ने मोटर चोरी गर्ने व्यक्तिमाथि कुटपिट हुँंदा एक जनाको मृत्यु भएको छ। शनिबार राति चोरीपछि स्थानीयले नियन्त्रणमा लिएका काभ्रेपलाञ्चोक कुसादेवी बस्ने कृष्ण गुरुङको कुटपिटबाट मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनाबारे प्रहरीलाई जानकारी आएपश्चात् कुटपिट नगर्नु होला भनि फोन गर्ने व्यक्तिलाई सूचना दिई महानगरीय प्रहरी प्रभाग व्यासी भक्तपुरबाट प्रहरी नायब उपरीक्षक बीरबहादुर भण्डारीको कमाण्डमा प्रहरी टोलीलाई तत्कालै खटाई पुगी हेर्दा अन्दाजी ३० वर्षका पुरुषको नाकबाट रगत बगेको घाइते अवस्थामा रहेको र मादक पदार्थको गन्ध पनि आइरहेको परिसरका सूचना अधिकृत दीपक गिरीले बताए।
विनोद लाखाको नजिकै रहेको च्याउ खेतीमा लगाउन बनाएको सानो पानी जम्मा भएको पोखरीमा पानी तान्ने मोटर निकाल्दै गरेको अवस्थामा विनोद लाखासमेतका व्यक्तिहरुले देखि निजलाई नियन्त्रणमा लिई कुटपिट गरी निज घाइते भएको देखिएको सूचना अधिकृत गिरीेले बताए। निजले आफ्नो नामथर वतन जिल्ला काभ्रेपलाञ्चोक कुसादेवी बस्ने कृष्ण गुरुङ भनेर बिस्तारै भने पनि प्रष्टसंग बताउन नसक्ने अवस्थामा रहेको हुँदा निजलाई तत्कालै उपचारार्थ भक्तपुर अस्पतालमा पठाइएकोमा उपचारकै क्रममा आइतबार उनको मृत्यु भएको परिसरले जनाएको छ।
सम्बन्धित चिकित्सकसंग मृतकको सम्बन्धमा बुझ्दा मृतकको दिमागमा रक्तश्राप भई मृत्यु भएको भन्ने खुल्न आएको जनाएको छ। घटनापछि पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला पारी कुटपिट गरी गम्भीर घाइते बनाई प्रहरीलाई खवर गर्ने पाँंच जना व्यक्तिहरुलाई कानून बमोजिम नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ। पक्राउ पर्नेहरुमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ बस्ने वर्ष ५० का टेकबहादुर के.सी, सोही स्थान बस्ने वर्ष ३२ का नविन कोजू, भक्तपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३७ का बिनोद लाखा, दोलखा भीमेश्वर नगरपालिका ९ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपािलका वडा नं. २ बस्ने वर्ष ३८ का कमल खत्री (फुँयाल) र सुनसरी बर्जु गाउँपलिका वडा नं. ३ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका ३ बस्ने वर्ष ३४ का सनिसकुमार राय रहेको प्रहरीले जनाएको छ।
मृतक काभ्रेपलाञ्चोक कुसादेवी घर बताउने उचाई ५ फिट १ ईन्च, छोटो कपाल, पातलो शरीर, निधारको बाँयातर्फ पुरानो घाँउको खत, आकाशे निलो रंगको सर्ट, खैरो रंगको कपडाको पाइन्ट लगाएको, हेर्दा जनजाती जस्तो देखिने वर्ष अन्दाजी ३० का कृष्ण गुरुङ भनिएका व्यक्तिको आफन्त, परिवारजन हालसम्म पनि सम्पर्कमा नआएकाले सम्पर्कमा आउन अधुरोध गरिएको छ।