काठमाडौं — मुलुककै सबैभन्दा पुरानो अस्पताल वीरमा रहेको सिटी स्क्यान मेसिन बिग्रेपछि गम्भीर अवस्थाका बिरामीको उपचार प्रभावित बनेको छ। सिटी स्क्यान मर्मत नगरिँदा उपचार प्रभावित भएको भन्दै अस्पतालमा कार्यरत रेडियोलोजी अन्तर्गत रेजिडेन्ट विद्यार्थी (पिजी रेडियोलोजी)का चिकित्सकले दस दिनदेखि काम गरेका छैनन्।
मेसिन बिग्रँदा सिटी स्क्यानका लागि अन्यत्र रिफर पनि गर्न नसकिने अवस्थाका र निजीमा शुल्क तिरेर उपचार गराउन नसक्ने विपन्न बिरामीलाई असर परेको छ ।
वीरमा जाँचका आधारमा सिटी गरेको शुल्क २ हजार ४ हजार पर्छ भने निजीमा न्यूनतम ८ हजारदेखि १२ हजारसम्म लाग्छ । 'आइसियु, न्युरो आइसियु र भेन्टिलेटरमा राखिएका बिरामीलाई त सिटी गर्न अन्यत्र रिफर गर्न गाह्रो हुन्छ,' एक चिकित्सकले भने, 'अहिले सिटी नभएकै कारण टाउकोको चोटका र बेहोस भएका बिरामीलाई भर्ना लिनसक्ने अवस्था छैन ।'
१३ वर्ष पुरानो सिटी स्क्यान मेसिनमा इलेक्ट्रिक सर्ट भएर बोर्ड जलेको विभागीय प्रमुख स्वयमप्रकाश पण्डितले बताए । सम्बन्धित कम्पनीले मर्मतका लागि करिब १० लाख खर्च लाग्ने लागन अनुमान तयार पारेको छ । एक वर्षअघि ११ महिना २४ दिन बिग्रेको सिटीलाई लाखांै खर्चेर मर्मत गरिएको थियो ।
उपकरण मर्मतका लागि अस्पताल निर्देशक र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का रजिस्ट्रारमार्फत उपकुलपतिसमक्ष फाइल पेस गरिसकेको पण्डितले बताए । 'कुनै जवाफ आएको छैन,' पण्डितले थपे, 'उपकरण पनि नहुँदा र रेजिडेन्टले पनि आन्दोलन गरेकाले विभागले प्रदान गर्ने सेवा प्रभावमा असर परेको छ ।'
विभागअन्तर्गत वरिष्ठ चिकित्सकहरुले ओपिडी सेवा सुचारु राखे पनि रेजिडेन्टहरुले कुनै काम गरेका छैनन् । उनीहरुले सेवा नदिँदा आकस्मिक र रात्रिकालीन ड्युटीमा रेडियोलोजिस्ट छैनन् । न्याम्समा विभिन्न तहमा गरी ८ जना रेजिडेन्ट अध्ययनरत छन् ।
अस्पतालका निर्देशक डा.बुलन्द थापाले यो मेसिन धेरै वर्ष पुरानो भएकाले मर्मत गरेर चलाउनुभन्दा नयाँ मेसिन झिकाउन पहल भइरहेको बताए । 'दसंैपछि नयाँ सिटी आउँछ, १५ वर्ष पुरानो मेसिन कति बनाउनु !' निर्देशक थापाले भने । बजारमा हालसम्म अत्याधुनिक १२८ स्लाइस सिटी आइसके पनि वीरमा रहेको सिटी सिंगल स्लाइस हो ।
न्याम्सका रजिस्ट्रार डा.मुकुन्त पन्थीले मर्मतका लागि आएको फाइल आफूले रायका लागि अर्थमा पठाइदिएको बताए । उनले आफूले पनि ०६५ सालदेखि नै नयाँ सिटी स्क्यान मेसिनका लागि पहल गरे पनि नमिलेको बताए ।
तीन वर्षअघि सरकारले अस्पतालमा सिटीलगायत उपकरण किन्न दिएको रकम पदाधिकारीबीच खरिद प्रक्रियामा विवादका कारण पटकपटक फ्रिज भएको थियो । स्वास्थ्य सेवा विभागले खरिद गरेको १६ स्लाइसको नयाँ सिटी स्क्यान माग गरी नयाँ मेसिन ल्याउन निर्देशकलगायत केही चिकित्सकले पहल गरे पनि न्याम्सका अन्य पदाधिकारी भने सरकारले दिएको मेसिन नलिइकन ६४ स्लाइसको नयाँ मेसिन किन्ने पक्षमा देखिएका छन् । चार वर्षअघि पनि मन्त्रालयले एउटा सिटी स्क्यान दिन खोज्दा पदाधिकारीले लिन इन्कार गरेका थिए । 'वर्षौंदेखि नयाँ मेसिन किन्न नसक्नुको पछाडि कमिसनको खेल प्रमुख कारण हो,' अस्पतालका एक वरिष्ठ चिकित्सकले भने, 'अहिले पनि सरकारले दिएको मेसिन नलिएर आफैं मेसिन किनेर करोडौं खाने दाउमा पदाधिकारी छन् ।' ती चिकित्सकले यही खेलले गर्दा मेसिन बनाउन पनि पहल नभएको र सरकारले दिन लागेको पनि नलिने खेल भइरहेको बताए ।