दुर्घटनामा १ जनाको मृत्यु, ६ जना घाइते
३० चैत्र २०७७
•
१ मिनेट पाठ
दुर्घटनामा १ जनाको मृत्यु, ६ जना घाइते
मोरङको लेटाङमा भएको छुटाछुट्टै सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १ जना गम्भीर र अन्य ६ जनासमेत घाइते भएको प्रहरीले जनाएको छ ।  




लेटाङ–९ स्थित पारुहाङ चोकमा आफैंले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा आइतबार १ जना घाइते भएका थिए । सोही वडाका ४५ वर्षीय रविन्द्रकुमार लिम्बूको उपचारका क्रममा सोमबार बिहान ४ बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।  

मे ९ प नम्बरको मोटरसाइकल चलाएका लिम्बूको टाउकोमा गहिरो चोट लागेको र उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।  

त्यसैगरी, यात्रु बहाक बलेरो पिकअप गाडी आइतबार साँझ लेटाङ नगरपालिका–७ स्थित भुवा खोलामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् भने १ जनाको गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।  

प्र.१–०२–००२ च ४१७३ नम्बरको बलेरो गाडी यात्रु लिएर लेटाङबाट वाराङ्गीतर्फ जाँदै गर्दा बालुवामा चिप्लिएर ढुंगामा ठोक्किएपछि दुर्घटना भएको डिएसपी राईले बताए । दुर्घटनास्थलमा उकालो र कच्ची सडक रहेको छ ।  

दुर्घटनामा परी लेटाङ –७ की ६३ वर्षीया बुद्धमाया राई, ५३ वर्षीय कुसुमलाल राई, ५२ वर्षीय इन्द्रबहादुर राई, ४१ वर्षीय मानवीर लिम्बू, ४८ वर्षीय रत्नप्रसाद लिम्बू र १७ वर्षीया सरु लिम्बू घाइते भएका छन् । घाइतेमध्ये बुद्धमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

चालक लेटाङ –७ का २८ वर्षीय सपन लिम्बूलाई नियन्त्रणमा लिइएको छ । विराटनगरस्थित विराट नर्सिङ होममा घाइतेहरूको उपचार भइरहेको र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।
अर्को समाचार
बस र टिपर ठोक्किँदा पाँचको मृत्युः ३७ घाइते, ७ जनाको अवस्था गम्भीर
०३ वैशाख २०७८
•
१ मिनेट पाठ
बस र टिपर ठोक्किँदा पाँचको मृत्युः ३७ घाइते, ७ जनाको अवस्था गम्भीर
बाँकेमा शुक्रबार बेलुकी भएको सडक दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा ३७ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् डिएसपी रबिन्द्र खनालले जानकारी दिए।




प्रहरीका अनुसार मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर १२ निवासी २१ वर्षका टिपरका सह(चालक उदय बाठा, कोहलपुर नगरपालिका वडा नम्बर ३ निवासी २५ वर्षका टिपर चालक खगेन्द्रबहादुर सुनार, बसमा सवार सुर्खेत साठाखानी-७ निवासी ४० वर्षका जीवनकुमार बिक, झापा मेची नगरपालिका-१० का ४५ वर्षका बस मालिक छत्रबहादुर कटुवाल र नाम ठेगाना नखुलेको अन्दाजी ३१ वर्षकी महिला छन्। मृतक नेपाली सेनाका जमदार रहेको बुझिएको छ।

सुर्खेतबाट कोहलपुर हुँदै पूर्वतर्फ जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको(अनटेस्ट) टिपर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

कोहलपुर चप्परगौडीस्थित नेपाली सेनाको चेकपोष्टदेखि करिव एक किलोमिटर पूर्व जंगलमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते भएका सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर उपचार भइरहेको डिएसपी खनालले बताए। प्रहरीका अनुसार दुर्घटना बेलुकी ६ बजेतिर भएको हो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस