पूर्व राजपरिवारका नाममा चन्दा आतंक
१२ असोज २०७०
•
५ मिनेट पाठ
पूर्व राजपरिवारका नाममा चन्दा आतंक
दाङ- संविधान सभा निर्वाचन नजिकिँदै जाँदा जिल्लामा चन्दा आतंक सुरु भएको छ। सहयोगका नाममा यहाँका ब्यवसायीसँग रकम तोकेरै माग गर्न थालिएको हो। पछिल्लो सातायता चुनावविरोधी राजनीतिक दलदेखि पूर्वराज परिवारको नाममा चन्दा माग गर्ने क्रम बढ्दै गएको व्यवसायीहरु बताउँछन्। तोकेरै रकम माग गर्ने क्रम बढ्न थालेपछि व्यवसायीहरु आतंकीत बनेका छन्।विशेषगरी जिल्लाको तुलसीपुर क्षेत्रमा चन्दा माग गर्ने समूहहरु बढी सक्रिय रुपमा लागेका छन्। व्यवसायीहरुका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहर पूर्व युवराज पारसको समेत नाम जोडेर चन्दा माग गर्नेक्रम बढेको छ। पछिल्लो समयमा टेलिफोनमार्फत् ज्ञानेन्द्र शाह र पारसको परिचय दिँदै रकम तोकेर चन्दा माग गर्ने समूह सक्रिय बनेको तुलसीपुरस्थित एक ब्यवसायीले जनाए। 

'ज्ञानेन्द्र शाह र पारस शाहका नाममा चन्दा माग्छन्,'तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विमल रिजालले नागरिकसँग भने, 'रकम तोकेरैचन्दा दिन धम्की दिन थालेका छन्।' संगठन विस्तारका लागि भन्दै शाहको परिचय दिनेले रकम माग्ने गरेको रिजालले जनाए। जिल्लामा पूर्व राजा र पूर्व युवराजको नाममा चन्दा माग गरिएको यो पहिलो पटक हो। 

यसअघि अन्य विभिन्न समूहको नामबाट चन्दा माग गर्ने गरिएको भए पनि ज्ञानेन्द्र शाह र पारसको परिचय दिँदै रकम माग गरीएको थिएन। 'यसअघि ज्ञानेन्द्र शाह र पारसको नामबाट चन्दा माग्ने गरिएको थिएन,' रिजालले भने,'यो पहिलो हो।' 

यसैगरी चन्दा माग गर्ने अन्यले अपराध मुद्दामा पक्राउ परेकाहरुको रिहाइका लागि रकम माग्ने गरेका छन्। केही दिनअघि बालक अपरहणमा पक्राउ परेकालाई छुटाउनुपर्ने भन्दै रकम माग गर्नेको टेलिफोन बढी आउने गरेको व्यवसायीहरु बताउँछन्। झण्डै डेढ महिनाअघि तुलसीपुर दुधेनास्थित एक विद्यालयका दुई जना बालक अपहरणमा परेका थिए। 

सोही घटनामा पक्राउ परेकालाई छुटाउन चन्दा माग गर्ने गरिएको रिजालले बताए। उक्त घटनामा संलग्न १ जना पूर्पक्षका लागि जेल चलान भएका छन्। यसअलावा अन्य विभिन्न नाम बताउने समूह्समेत संगठन बिस्तारका लागि भन्दै चन्दा असुलीमा सक्रिय देखिएका छन्।  

संगठन विस्तार तथा पक्राउ परेका कार्यकर्ता रिहाइका लागि चन्दा माग्ने समूहले रकम तोक्ने गरेका छन्। तुलसीपुर क्षेत्रका दर्जन बढी व्यापारीलाई अहिले चन्दाका लागि रकम तोकिएको छ। रिजालका अनुसार २० हजारदेखि एक लाख रुपैयाँसम्म रकम तोकेर मागीएको छ। सामान्य ब्यापारीलाई कम रकम तोकीएको छ भने प्रतिष्ठित व्यवसायीलाई बढी रकम तोकिएको रिजालले बताए। 'यस (तुलसीपुर) क्षेत्रका एक दर्जन बढी व्यापारीसँग रकम मागिएको छ,'उनले भने, '२० हजारदेखि एक लाखसम्म रकम तोकिएको छ।' तर हालसम्म कुनै व्यवसायीले पनि रकम बुझाएका छैनन्। 

चन्दा असुलीमा संलग्न यस्ता समूहसँगै चुनावविरोधी नेकपा-माओवादीले समेत व्यवसायीसँग रकम मागेको छ। चुनाव बहिस्कारका लागि रकम आवश्यक पर्ने भन्दै माओवादीले व्यवसायीसँग चन्दा मागेको हो। उसले व्यवसायीलाई चन्दाका लागि पत्र नै काटेको छ। चुनाव बहिस्कारका लागि नेकपा-माओवादीले पनि पत्र काटेको छ,'रिजालले भने, 'अधिकांश प्रतिष्ठित व्यवसायीलाई पत्र काटिएको छ।' 

यसअघि पनि चन्दा आतंक अत्यधिक हुने तुलसीपुर क्षेत्रमा प्रशासनले सुरक्षा व्यवस्थालाई कडाई गरेको जनाएको छ। प्रशासनले तुलसीपुर क्षेत्रलाई सुरक्षा संवेदनशिल क्षेत्रमा रुपमा लिने गरेको छ। सुरक्षा चेकजाँच कडाई गरेको प्रशासनले तुलसीपुर क्षेत्रबाट दिनहुँ जसो खुकुरीसहितका युवालाई नियन्त्रणमा लिने गरेको प्रमुज जिल्ला अधिकारी रविलाल पन्थले जनाए। यद्यपि चन्दा आतंकका विषयमा आफूलाई कुनै जानकारी नआएको समेत उनले बताए। 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
४ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस