काठमाडौं— नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाको मुटुमा समस्या देखिएपछि शहीद गंगालाल अस्पतालको सिसियुमा उपचार भइरहेको छ। सार्वजनिक कार्यक्रमा बेहोस भएर ढलेपछि उनलाई अस्पताल पुर्याइएका गभर्नरको मुटुमा पेसमेकर राख्ने तयारी चिकित्सकले गरिरहेका छन्।
उपचारमा संलग्न चिकित्सकका अनुसार गभर्नर खतिवडालाई हार्ट अट्याक भएको भने हैन। 'मुटुको चाल कम हुने समस्या देखिएको छ', अस्पतालका निर्देशक डाक्टर मनबहादुर केसीले भने- 'पेसमेकर जोडेपछि भोली नभए पर्सी डिस्चार्ज गर्छौं।'
शनिवार खतिवडा समाजको कार्यक्रममा सहभागी भइरहेका बेला उनी बेहोस भइ ढलेका थिए। त्यस लगत्तै उनलाई उपचारका लागि शहीद गंगालाल अस्पताल पुर्याइएको थियो।