डोटी - ट्रकको ठक्करबाट डोटीको बान्डुरीसैनमा सोमबार बिहान एक बालकको मृत्यु भएको छ। डडेल्धुराबाट कालागाढतर्फ आउँदै गरेको से१ख ६२१ नम्बरको मिनीट्रकको ठक्करबाट बगलेख–१, का विजय बलायरका ८ वर्षीय छोरा निराजन बलायरको घटनास्थलमै मृत्यु भएको हो।तीव्र गतिमा आइरहेको ट्रकले नियन्त्रण गुमाउँदा सडकबाट घरतर्फ गइरहेको बालकलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट बालकको शरीर पुरै क्षतविक्षत भएको इलाका प्रहरी कार्यालय तिलतालीका प्रहरी सहायक निरीक्षक दिपक सिंहले बताए।
ट्रकका चालक, सहचालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ। बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिने प्रहरीले जनाएको छ।
ट्रकका चालक, सहचालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ। बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिने प्रहरीले जनाएको छ।