पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा–७ स्थित गोठगाउँमा बुधबार बिहान टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ।
'मर्निङ वाक'मा हिँडेकी ७५ वर्षीया मैयादेवी प्रधानलाई प्र–१–०२–००१ ख ८५३० नम्बरको टिपरले ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ। टिपरको ठक्करबाट घाइते भएकी वृद्धाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।
स्थानीयले घटनाको विरोध गर्दै एक घण्टाजति सडक अवरुद्ध पारेका थिए। पूर्वतर्फ गइरहेको टिपरले ‘मर्निङ वाक’मा निस्किएकी प्रधानलाई बिहान ४ बजेतिर सडक पार गर्दैगर्दा ठक्कर दिएको र गम्भीर घाइते भएकी वृद्धाको उपचारका क्रममा बिहान ६ बजेतिर नोबेल अस्पतालमा मृत्यु भएको एसपी खड्काले बताए।
प्रहरीले टिपर र चालक मोरङको उर्लाबारी नगरपालिका–३ का ३२ वर्षीय चुडामणि भण्डारीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जनाएको छ। टिपर आतंक रोक्नुपर्ने, कम गतिमा टिपर कुदाउनुपर्ने, दुर्घटना गराउने चालकलाई कारबाही हुनुपर्नेलगायतका माग राख्दै सडक अवरुद्ध पारेका थिए।
प्रहरी र आन्दोलनरत पक्षबीच चालकलाई कानुन बमोजिम कारबाही, टिपर सञ्चालनमा कडाइलगायतका विषयमा सहमति भएपछि सडक अवरुद्ध हटेको प्रहरीले जनाएको छ।