नेपालीमा 'हाई ब्लडप्रेसर र कोलस्ट्रोल' बढ्दो
१४ असोज २०७०
•
७ मिनेट पाठ
नेपालीमा 'हाई ब्लडप्रेसर र कोलस्ट्रोल' बढ्दो
काठमाडौं— रोगको जोखिम पत्ता लगाउन देशव्यापी रूपमा गरिएको एक सरकारी अध्ययनले नेपालीमा उच्च रक्तचाप (हाई–ब्लडप्रेसर) र रगतमा चिल्लोको मात्रा बढी हुने (हाई–कोलस्ट्रोल) समस्या धेरै पाइएको छ।हृदयाघात, मस्तिष्कघात, मिर्गौला फेल, क्यान्सर, प्यारालाइसिसजस्ता रोगका मुख्य कारण ब्लडप्रेसर र कोलस्ट्रोल नै हुन्। यी रोग सहरबासी र धनीलाई मात्र लाग्छ भनिँदै आएकोमा विपन्न र ग्रामीण क्षेत्रसमेत उच्च जोखिममा रहेको पाइएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले तयार पारेको 'रिस्क फ्याक्टर सर्भे २०१३' को प्रारम्भिक नतिजाअनुसार २५ प्रतिशतभन्दा बढीमा हाई ब्लडप्रेसर देखिएको छ । १५ देखि ६९ वर्षका औसत २५.७ प्रतिशतमा यो समस्या छ । ३१ प्रतिशत पुरुष र २०.६ प्रतिशत महिला यसबाट ग्रस्त छन् । माथिल्लो रक्तचाप १४० र तल्लो ९० भन्दा बढी हुनुलाई हाई ब्लडप्रेसर भनिन्छ । रोग देखिएका ८८.३ प्रतिशतले त रोकथामको औषधीसमेत नखाएको अध्ययनले देखाएको छ । चिकित्सकहरूले यसलाई झन् बढी जोखिमपूर्ण बताएका छन् ।

'उच्च रक्तचाप भएकाले औषधी नखाँदा अझ ठुल्ठूला प्राणघातक रोग लाग्न सक्छ,' वरिष्ठ मुटुरोग विशेषज्ञ मानबहादुर केसीले नागरिकसँग भने, 'यस्ता बिरामी कुनै पनि बेला हृदयाघात, मस्तिष्कघात, प्यारालाइसिसजस्ता रोगको शिकार हुन सक्छन् ।'

परिषदले देशमा नसर्ने खालका गम्भीर रोगको जोखिम पत्ता लगाउन गत वर्षदेखि वैज्ञानिक सर्वेक्षण सुरु गरेको हो । सन् २०१२ जुलाईदेखि २०१३ जुनसम्म ५० जिल्लामा सर्वेक्षण गरिएको थियो । विभिन्न उमेर समूहका ४ हजार १ सय ४३ जनाको रक्त परीक्षण तथा अन्य शारीरिक जाँच गरिएको थियो ।

सर्वेक्षणले कोलस्ट्रोललाई दोस्रो ठूलो जोखिम भनेको छ । औसत २२.७ प्रतिशतमा यो समस्या छ । सर्वेक्षणले २४ प्रतिशत पुरुष र २१ प्रतिशत महिलामा कोलस्ट्रोल बढी देखाएको छ । रगतमा चिल्लो पदार्थको मात्रा प्रतिडेसिलिटर १ सय ९० मिलिग्रामभन्दा बढी भए हाई कोलस्ट्रोल मानिन्छ । यो पनि हृदयाघात, मस्तिष्कघात र मिर्गौला फेल गराउने मुख्य कारणमध्ये एक हो ।

'उमेर ढल्केपछि र सहरमा बस्नेलाई मात्र यस्ता रोग लाग्छ भन्ने मान्यता गलत साबित भएका छन्,' स्वास्थ्य मन्त्रालय अन्तर्गत नसर्ने रोगसम्बन्धी रणनीति तयार पार्ने प्राविधिक समितिका संयोजक डा. लक्ष्मणप्रसाद टिबडेवालाले नागरिकसँग भने, 'गाउँगाउँसम्म जोखिम फैलिसक्यो ।'

अनुसन्धानमा संलग्न परिषदका वरिष्ठ अनुसन्धान अधिकृत डा. कृष्णकुमार कोइरालाका अनुसार एकै जनामा तीनभन्दा बढी जोखिम पनि भेटिएको छ । त्यस्ताको अनुपात १५.१ प्रतिशत रहेको उनले जानकारी दिए । 'एउटा जोखिमले अर्को थप्छ र समस्या झन्झन् बढ्दै जान्छ,' उनले भने ।

सरुवा रोगभन्दा निको हुन गाह्रो र उपचार महँगो भएकाले यस्तो जोखिम बढ्दा राष्ट्रिय उत्पादकत्वमा प्रत्यक्ष असर पर्ने विज्ञहरू बताउँछन् । 'ब्लडप्रेसर र कोलस्ट्रोलजस्ता नसर्ने खालका रोगले झन् बढी समस्या ल्याउँछ,' डा. टिबडेवालाले भने, 'रोगको असर लामो समय रहन्छ, उपचार महँगो हुन्छ, गरिबहरूमा यस्तो समस्या देखिनु झन् ठूलो चुनौती हो ।'

सहरदेखि गाउँसम्म जोखिम फैलिनुको कारण के त ?


'मोटोपन, अस्वस्थकर खानपान, धुमपान, मदिरापान र मानसिक तनाव यसका मुख्य कारण हुन्,' वरिष्ठ मुटुरोग विशेषज्ञ केसीले भने । सर्वेक्षणअनुसार झन्डै ९९ प्रतिशतले शरीरलाई चाहिनेजति फलफूल र तरकारी खाँदैनन् । स्वस्थ जीवनयापनका लागि दैनिक ४ सय ग्राम फलफूल र तरकारी खानुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ । सहरी क्षेत्रमा झन्डै २२ प्रतिशतमा मोटोपनको समस्या छ भने अति मोटोपन ४ प्रतिशतमा छ । सर्वेक्षण गरिएकामध्ये ३.६ प्रतिशतको रगतमा चिनीको मात्रा बढी भेटिएको छ । रगतमा प्रतिडेसिलिटर १ सय २६ मिलिग्रामभन्दा बढी चिनी भए मधुमेह मानिन्छ ।

त्यस्तै, १७ प्रतिशत महिला र १४ प्रतिशत पुरुषले पर्याप्त शारीरिक व्यायाम गर्दैनन् । मदिरा सेवन गर्नेको अनुपात पनि २७ प्रतिशत छ । औसत महिनामा एकचोटि मदिरा पिउनेहरू १७ प्रतिशत छन् । मदिरासेवनमा २८ प्रतिशत पुरुष र ७ प्रतिशत महिला छन् ।

ब्लडप्रेसर र क्यान्सरको मुख्य कारण मानिने नियमित धुमपान गर्ने १५.८ छ । सर्वेक्षणअनुसार २७ प्रतिशत पुरुष र १० प्रतिशत महिलाले नियमित धुमपान गर्छन् । महिलाले १७ र पुरुषले १८ वर्ष उमेरदेखि धुमपान थाल्ने सर्वेक्षणले देखाएको छ ।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो। Yetiairlinescontenttopbanner दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस