'सिस्नु दलेर' शुभकामना !
०१ वैशाख २०७८
•
३ मिनेट पाठ
'सिस्नु दलेर' शुभकामना !
डोटीको बडिकेदार गाउँपालिका खडेउलीमा विषु पर्वका अवसरमा सिस्नु दलेर शुभकामना बाँड्दै स्थानीय युवती। तस्बिर सौजन्य : प्रतीक्षा धामी
अहिले फेसबुक, ट्वीटर, भाइवर र एसएमएसमार्फत् नयाँ वर्षको शुभकामनाका शब्दहरू लेखेर एकअर्कामा साटासाट गर्दै आएका छन् नयाँ पिढीँ। सामाजिक सञ्जाल हिजोआज रंगिएको छ नयाँ वर्षको शुभकानाका पोष्टर, तस्बिर तथा शुभकामनाका शब्दहरुले। तर, सुदूरपश्चिममा भने नयाँ वर्षको शुभकामना दिने प्रचलन बेग्लै छ। यहाँ एक अर्कोबीच सिस्नु दलेर शुभकामना आदान प्रदान गरिँदैछ। सुदूरपश्चिममा नयाँ वर्षको दिन ‘विषु पर्व’ भन्दै एकअर्काबीच सिस्नु लगााएर शुभकामना साटासाट गरिँदैछ।




गएको वर्षको पाप र खेतबारीमा काम गर्दा लागेका विषहरू नष्ट गर्न एक आपसमा सिस्नुको हाँगाले छ्याप्दै विषु पर्व (नयाँ वर्ष) मनाउने गरिन्छ। काम गर्दाका समयमा लागेका विष विषु पर्वका दिन सिस्नुले छ्यापेमा नष्ट हुन्छ भन्ने धारणा सुदूरपश्चिममा रहेको छ। शरीरमा सिस्नु लाग्दा विभिन्न रोग समेत नष्ट हुने डोटी वायलकी सम्झना जोशी बताउँछिन्। ‘सिस्नु शरीरमा लगाउँदा औषधिको काम गर्छ,’ उनले भनिन्, सिस्नु लगाउँदा शरीरमा चिलाउने रोग सञ्चो हुने उनी बताउँछन्। नयाँ वर्षमा सिस्नु लगाएमा शरीरमा लागेको विष नष्ट हुन्छ भन्ने विश्वास रहेको बताउँदै उनले भनिन्,‘पुर्खौदेखिको संस्कृति भएकाले हामी पनि सिस्नु लगाउन एकअर्काबीच प्रतिस्पर्धा गर्छौ।’ विषु पर्वकै दिन डोटी, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुलामा डेउडा खेल्ने तथा विभिन्न ठाउँ तथा परिवेश अनुसार फरक–फरक खेल, पूजाआजा गरिने भए पनि सिस्नु दलेर शुभकामना दिने प्रचलन भने सबै ठाउँको एउटै छ।  

विषु पर्वका दिन सिस्नु नलगाए  पनि सबैले सिस्नुको हाँगासम्म छुनुपर्ने मान्यता छ। विषु पर्वका दिन शरीरमा सिस्नु नलगाउने व्यक्तिलाई लखेटेर भए पनि सिस्नु लगाउने गरिन्छ। ‘विषु पर्वका दिन सिस्नु लगाएमा सिस्नुको जस्तै ऊर्जा वर्ष भरिनै मिल्ने विश्वास पनि रहेको छ,’ अछामकी सञ्चारकर्मी पवित्रा खड्का बताउँछिन्। उनले भनिन्,‘अछाममा देवर भाउजू, साली भेना बीच सिस्नु चिलाउने खेलिन्छ।’ उनी भन्छिन्,‘सिस्नु शरीरमा लगाउँदा औषधिको काम गर्छ।’ सिस्नु लगाउँदा शरीरमा चिलाउने रोग सञ्चो हुने जनविश्वास रही आएको उनले बताइन्। विशेषगरि देवर भाउजू र साली–भेनाले रमाइलो गर्दै सिस्नु खेल्ने गर्छन्।  

विषु पर्वको दिन डोटीको दिपायल, मान्नाकापडी, घाङल, बर्छैन, लानाकेदारेश्वर, वायललगायतका क्षेत्रमा डेउडा खेलिनुका साथै स्थानीय परिवेश अनुसारका खेलहरु खेलिन थालिएको छ। विषु पर्वका दिन बिहानबाट खेलिएको डेउडा रातभर खेलेर दोस्रो दिन समापन गर्ने गरिन्छ। विषु पर्वकै दिन गोठालाहरूले सिस्नुपानी खेल्नुका साथै लठ्ठीको पूजा समेत गर्छन्। सिस्नु खेलीसकेपछि गोठालाहरूले बेलुकीपख लठ्ठीको पूजा गर्न जंगलमा जाने गर्छन्। ‘आ–आफ्ना लागि राम्रो लठ्ठी काटी जंगलमा लगेर पूजा गर्ने गर्छन्,’ डोटीको दिपायलका गणेश साउँदले भने, ‘यसरी लठ्ठीको पूजा गरेमा गाईगोरुलाई रोग व्याधिले नछुने र बाघले समेत नखाने भन्ने जनविश्वास छ।’ यस्तै पुरुषहरुले बेलुकीपख बाघ–बिरालो खेल खेल्ने गर्छन्। बाघ र बिरालोको लडाइँ गर्ने र रमाइलो गर्ने गरिन्छ भने कहीँ कतै बालबालिकाले पनि बाघ खेल खेल्ने गर्छन्।  

सुदूरपश्चिममा विषु पर्वका दिन प्रायःका घरमा बाबर (सेलरोटी), निसौसे रोटी (चामल र चिनी मिलाएर बनाएको विशेष प्रकारको रोटी), फाउने माणालगायतका परिकार पाक्ने गर्छ। यही दिन स्थानीय परिकार पकाएर छरछिमेकमा बाँडीचुँडी खाने गर्छन्। सम्बन्ध बिग्रेकाहरु पनि यही दिन आफ्नो घरमा पाकेको मीठो मसिनो खानेकुरा छरछिमेकमा बाँडेर सम्बन्ध सुदृढ गर्ने गरिन्छ। नयाँ वर्षलाई सुदूरपश्चिममा मित्रताको पर्वका रुपमा पनि लिइने गरिन्छ।
अर्को समाचार
नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछ– प्रधानमन्त्री
०१ वैशाख २०८०
•
२ मिनेट पाठ
नयाँ वर्षमा  विश्वास, आशा र साहसका साथ राष्ट्रको क्षमता उजागर गर्नुपर्नेछ– प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन्।  




नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भनेका छन्,'सङ्कल्प गरौँ, सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौँ, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौँ।'  

उनले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउन एउटा सकारात्मक वातावरण बनिरहेको उल्लेख गरेका छन्। सन्देशमा भनिएको छ,'बैंक ब्याजदर कम हुँदै गएको छ, व्यवसायीहरूको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ, राजश्व सङ्कलनमा वृद्धि भइरहेको छ, तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नुछ।' उहाँले सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव व्यक्त गर्दै नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम जनसमुदायमा विशेष अपिल गरेका छन्।  

निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुआत भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा देखिएका सङ्कट र चुनौती क्रमशः कम हुँदै गएको बताए। उनले भनेका छन्,'मेरा केही ठोस सङ्कल्प छन्, वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन्,  नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको छ।'  

उनले राष्ट्रले आफूलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा समस्त नेपाली जनसमुदायसँग नयाँ वर्षका हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।'हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ सङ्कल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन', शुभकामनामा सन्देशमा उल्लेख छ। उनले २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामनासमेत गरेका छन्। 
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस