काठमाडौं प्लाजा खाली गर्न अन्तिम पटक सूचना प्रकाशित गरी चेतावनी दिएको नेपाल ट्रष्टले खाली गर्न नमानेको भन्दै आज त्यहाँ रहेका २ वटा व्यवसायिक कम्पनीहरु सिल गरेको छ।
ट्रस्टले पटक पटक सूचना प्रकाशित गर्दा पनि खाली नगरेको भन्दै उक्त प्लाजामा रहेका कम्पनीहरु सिल गरेको जनाएको छ। काठमाडौं प्लाजामा रहेको ज्योति विकास बैंकले ४ दिन भित्र सामान सार्ने भनेकोले त्यसलाई भने हटाइएको छैन। त्यही रहेको मुक्तिनाथ विकास बैकको प्रमुख कार्यालयलाई नेपाल राष्ट्र बैंकको अनुरोधमा केही समयको लागि त्यही संचालन गर्न दिइने ट्रष्टले जनाएको छ।
ट्रष्टले चैत्र ३१ गतेसम्मको म्याद राखेर सूचना जारी गरि उक्त मितिसम्म काठमाडौँ प्लाजा भवन खाली नगरे कारबाहीमा उत्रने चेतावनी दिएकोले खाली गराएको सहसचिव एवम नेपाल ट्रष्टका प्रवक्ता भिष्म कुमार भूसालले जानकारी दिए।
यस अघि ट्रस्टको कार्यालयले उक्त भवन काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरेकाले यदि सो समयमा खाली नगरे कानुन बमोजिम सो भवनमा व्यवसाय गर्ने सबैलाई कारबाही चलाइने नेपाल ट्रस्टले जनाएको थियो।
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
गुठीचौर गाउँपालिका-१,मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।
उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...