अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सल्लाघारी चुनदेवीमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०११ प ८२५० नं को मोटरसाईकल दुर्घटना हुँंदा मोटरसाइकलमा सवार बाँके नेपालगंज घर भई हाल काठमाण्डौ पुतलीसडक बस्ने वर्ष अन्दाजी २० का सूर्य ओली र भोजपुर चौकीडाँडा गाउँपालिका घर भई हाल काठमाडौ पुतलीसडक बस्ने वर्ष अन्दाजी १८ का सुमन गिरीको मृत्यु भएको हो ।
दुर्घटनापछि गम्भीर घाइते दुबै जनालाई तत्कालै प्रहरीकै गाडीमा राखी उपचारको लागि मध्यपुर अस्पताल ठिमी भक्तपुर पुर्याई उपचार हुँदाहुँदै उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनास्थल नजिकै रहेको सिसिटिभी अभिलेख हेर्दा उल्लेखित मोटरसाइकल अनियन्त्रित भई सडक किनाराको बारमा ठोक्किई दुर्घटना भएको देखिएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए ।
तीव्र गति भएको उक्त मोटरसाईकललाई अन्य कुनै सवारी साधनले ठक्कर दिई अनियन्त्रित भई दुर्घटना भएको हो वा तीव्र गतिको कारण आफै अनियन्त्रित भई दुर्घटना भएको हा,े सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।