मिलेमतोमा वारिबाट पारी मदिरा तस्करी
०५ वैशाख २०७८
•
३ मिनेट पाठ
मिलेमतोमा वारिबाट पारी मदिरा तस्करी
भारतको जयनगरमा बुधबार मदिरासहित दुई भारतीय पक्राउ परे। ती दुवैले नेपालबाट भारततर्फ मदिरा तस्करी गर्दै आएको स्विकारे। उनीहरूको साथबाट जयनगर प्रहरीले विदेशी ब्रान्डसहित नेपालमै उत्पादित मदिरा बरामद गर्‍यो।




जयनगरमा नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेलाई पक्राउ गरेको यो पहिलो घटना भने होइन। यसअघि पनि सोही अभियोगमा त्यहाँ मदिरासहित धेरैजना पक्राउ परिसकेका छन्। धेरैजना अझै थुनामै छन्। तर नेपालबाट भारततर्फ मदिरा तस्करी रोकिने त परको कुरा, झन्झन् बढ्दो छ। भारतको बिहार सरकारले मदिरा निषेधित गरेपछि नेपालबाट सीमावर्ती भारतीय गाउँसहरमा तस्करी हुँदै आएको छ।

कुनै बेला अँध्यारोको आड लिएर तस्करले भारतबाट कुखुरा भित्र्याउने सिरहाको सीमावर्ती नाका पछिल्लो समय मदिरा तस्करीको मुख्य केन्द्र बनेको छ। तस्करले वारिका सुरक्षाकर्मीसँगको सेटिङमा नेपाली बजारबाट मदिरा सीमावर्ती बजारमा भण्डारण गरेर अनुकूल समयमा पारिका सहरमा पुर्‍याउँदै आएका छन्। दिउँसै सिरहाको माडर बजारमा मदिराको सक्कली कार्टुन (मदिरा उद्योगबाट सिल भएर आएको) फ्याँकी बोतल अर्को कार्टुनमा प्याक गरी बोरामा राखेर साइकलमार्फत सीमावर्ती लगडीगोठ र बुधौरा पुर्‍याइन्छ। ड्युटीमा रहेका एसएसबीहरू खाजा समयमा ब्यारेक फर्केका बेला धमाधम मदिराले भरिएका बोरा पारि पुर्‍याइन्छन् ।

 मदिरा तस्करलाई नेपाली सुरक्षाकर्मीभन्दा भारतीय सीमा सुरक्षा बलसँग त्रास छ। त्यसैले सीमावारि बसेर मदिरा तस्कर पारिका एसएसबी नियाल्छन्, मौका मिल्दा सीमा कटाइहाल्छन्।
सिरहाबाट भारततर्फ खुलेआम मदिरा तस्करी हुँदै आए पनि जाँचका लागि सीमाक्षेत्रमा उपस्थित सशस्त्र र नेपाल प्रहरी भने देखे पनि नदेखेझैं गर्दै आएका छन्। इलाका प्रहरी कार्यालय माडरभन्दा ५ सय मिटर पूर्व लगडीगोठ जाने सडकको उत्तरपट्टि खुला ठाउँमै मदिराका बोतल नयाँ कार्टुनमा प्याक गरिरहने दृश्य स्थानीयका लागि समान्य हो। यहाँबाट तस्करले मदिरा भारतीय बजार जोगिया पुर्‍याउँछन्। त्यहाँबाट जयनगर हुँदै बिहारका अन्य गाउँसहरमा पुर्‍याइन्छ। मदिरा ओसारपसारमा साइकल र नम्बर प्लेट नभएका भारतीय मोटरसाइकल प्रयोग हुन्छन्।

लगडीगोठका एक ज्येष्ठ नागरिकका अनुसार माडर बजारबाट यहाँसम्म साइकलमा एक बोरा मदिरा ल्याएबापत १ सय २० रुपैयाँ पाउँछन्। एक खेपमा यति धेरै रुपैयाँ पाएपछि यस भेगका धेरै युवा मदिरा तस्करीमा लागेका छन्। तस्करी बढेपछि अहिले सिरहाको सीमावर्ती क्षेत्रमा मदिरा पसल थपिँदै गएका छन् भने कारोबारसमेत बढेको पाइएको छ। मदिरा पसले र तस्करको बीचमा साँठागाँठ हुन्छ।

यसैगरी अर्को नाका ठाढीबाट बालकदेखि युवकसम्मले भरिया बनेर मदिरा सीमापारि पुर्‍याउँदै आएको स्थानीय बताउँछन्। यहाँबाट मदिरा र चिनियाँ स्याउको तस्करी मौलाएको छ। एक स्थानीयले भने, ‘तस्करीबारे मुख खोल्नेलाई ज्यानकै जोखिम छ। त्यसो गर्नेलाई पहिला पैसाले चुप लगाउन खोजिन्छ, नमाने धम्काएर चुप लागाइन्छ।’

यता सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले भने तस्करी रोक्न हरसम्भव प्रयास गर्दै आएको दाबी गरेका छन्। सिरहाका प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले भने, ‘कडाइ गर्न भनेको छु। भेट्टाएसम्म नछोड्ने हो। हामीले नदेखेपछि कसरी समात्नु?’  

तस्करीमा चोर–पुलिस खेल

गलडीगोठ र बुधौरा नाका पछिल्लो समय मदिरा तस्करीको केन्द्र बनेको छ। यी नाकाबाट भारत तस्करी हुने मदिरा माडर बजारबाट जान्छ। प्रहरीको चेकपोस्ट, चौकी र इलाका कार्यालय पार गर्दै मदिरा बोकेको साइकल सीमासम्म पुग्छ। भारतीय सीमा सुरक्षा बल ड्युटीमा नभएको मौका छोपी पारि पुर्‍याइन्छ । मदिरा तस्करलाई नेपाली सुरक्षाकर्मीभन्दा भारतीय सीमा सुरक्षा बलसँग त्रास छ। त्यसैले सीमावारि बसेर मदिरा तस्कर पारिका एसएसबी नियाल्छन्, मौका मिल्दा सीमा कटाइहाल्छन्।
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
२२ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस