इलाम — मंसिर ४ मा हुने संविधानसभा निर्वाचनको सुरक्षाका लागि मुलुकभर एक महिनाअघि परिचालन हुने निक्र्यौल गरेको नेपाली सेनाले चुनावी मैदानमा निस्कने तयारी थालेको छ। निर्वाचन हुनुभन्दा ३० दिनअघि अहिले बसिरहेका व्यारेकबाट निस्केर सेना निर्वाचन क्षेत्रमा पुग्नेछ। शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न दशैं लगत्तै अस्थायी क्याम्प खडा गरेर परिचालित हुने तयारीमा सेना जुटेको छ ।'संविधानसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०७०' अन्तर्गत नागरिक प्रशासनको आदेशबमोजिम परिचालन हुने सेनाले कात्तिक ३ देखि 'फ्ल्याग मार्च' गर्दै निर्वाचन सुरक्षामा जुट्ने चाँजोपाँजो मिलाउँदैछ। प्रमुख जिल्ला अधिकारीको मातहतमा रहेर सुरक्षा संवेदनशीलता मूल्यांकन गरी क्षेत्रपिच्छे फरक फरक सुरक्षा भूमिका निर्वाह गर्ने गरी सेना परिचालन हुन लागेको हो।
निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन तथा नागरिकको मताधिकार सुनिश्चित गराउने सहयोगीका रुपमा सेना परिचालन हुन लागेको हो । निर्वाचन सफल पार्न ४५ हजार म्यादी प्रहरी भर्ना गरे पनि दलका कार्यकर्ताको घूसपैठ र विगतको अनुभव राम्रो नहुने भएकाले सेनालाई निर्वाचन सफल पार्न खटाइएको हो । सरकारले निर्वाचन सफल पार्न सेनालाई विभिन्न नौवटा जिम्मेवारी तोकेको छ ।
सदरमुकामको गढीथुम्कास्थित कालीध्वज गणका गणपति कर्णेल सुवासजङ थापाका अनुसार 'फ्ल्याग मार्च' गर्दै परिचालन हुने सेनाले निर्वाचनक्रममा मतदानस्थल आसपासको बाहिरी सुरक्षा दह्रो पार्नेछ । 'इलाम सुरक्षा दृष्टिले सामान्य भएकाले मतदानस्थल बाहिरको आउटर रिङ चुस्तदुरुस्त पार्नु हाम्रो जिम्मेवारी हुनेछ' कर्णेल थापाले बिहिवार भने, 'सुरक्षा संवेदनशीलता भएका जिल्लामा भने फरक भूमिका हुनसक्छ ।'
सुरक्षा दृष्टिले अति संवेदनशील र संवेदनशील मानिएका जिल्लामा भने सेनाले मतदानस्थलको सुरक्षाका लागि तेस्रो घेरा सम्हाल्नेछ । सबै निर्वाचन क्षेत्रमा मतदान हुनुभन्दा तीन दिनअघि विभिन्न रणनीतिक विन्दुहरुमा पिकेटको व्यवस्था गर्नेछ । 'निर्वाचनमा भोट हाल्न आउनेलाई सुरक्षित तवरले मतदान गर्ने वातावरण मिलाउन जुट्दैछौं' थापाले भने, 'भोट हाल्न आउने कसैलाई असुरक्षा नहोस भन्ने हाम्रो लक्ष्य हो ।'
निर्वाचनक्रममा मतदानस्थल वरपर भेटिनसक्ने विष्फोटक पदार्थलाई निस्तेज पार्ने, मतपत्र छपाईको सुरक्षा गर्ने, विकटक्षेत्रमा मतपत्र, मतपेटिका र निर्वाचन सामग्री ढुवानी गर्ने र आपतकालीन उद्धार कार्यमा जुट्ने सेनाले पाएका मुख्य जिम्मेवारी हुन् । यी सबै काम जिल्लास्थित सुरक्षा समितिको निर्णयबमोजिम हुने उल्लेख गर्दै कर्णेल थापाले निर्वाचनमा आवश्यक परे हेलिकोप्टरसमेत प्रयोग गरिने बताए ।
तीन निर्वाचन क्षेत्र रहेको इलाममा कातिक ३ देखि सेना परिचालन हु"दैछ । प्रत्येक निर्वाचन क्षेत्रमा दुई÷दुईवटा बेस राख्ने योजना भए पनि तत्काललाई माबु, नया"बजार, आइतबारे, मंगलबारे र चुलाचुली गरी पा"च ठाउ"मा मात्र राखिने कर्णेल थापाले बताए । '४० वटा मतदान केन्द्र बराबर सेनाको एउटा बेस राखिनेछ' उनले सुनाए, 'दोस्रो चरणमा हामी जिल्लाका थुप्रै स्थानमा फैलनेछौं ।'
अहिले पा"च क्याम्पमा बस्दै गरेको सेना निर्वाचनभन्दा १५ दिनअघि अरु १५ ठाउ"मा विस्तार हुनेछ । निर्वाचनको तीन दिनअघि भने जिल्लामा तोकिएका एकसय २६ मतदान केन्द्र आसपासमैं पुगिसक्ने योजना छ । 'मतदान केन्द्र, मतदाता, उम्मेदवार सबैको सुरक्षामा सेनाको भूमिका उल्लेख्य रहन्छ' जिल्लास्थित सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले भने, 'शान्तिपूण मतदान गर्ने वातावरण सेनाले मिलाउ"छ ।'