काठमाडौं- नवदुर्गाको सातौँ दिनका अवसरमा गोरखा र धादिङबाट ल्याइएको फूलपाती आज काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा सांस्कृतिक कार्यक्रमसहित भित्र्याइएको छ। काठमाडौंको हनुमानढोकासम्म फूलपाती ल्याउन गोरखाको कालिका मन्दिरबाट धादिङबेसीसम्म एक टोलीले र धादिङबेसीदेखि काठमाडौँको जमलसम्म अर्को टोलीले ल्याई पुर्याएपछि हनुमानढोकाका विभिन्न टोलीहरुबाट बाजागाजासहित भित्र्याइएको हो।आज दिउँसो ३:३० बजे हनुमानढोकाबाट गुरुजुको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली र पञ्चैबाजाका विभिन्न बाजागाजासहित हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका पदाधिकारी तथा सर्वसाधारण फूलपाती भित्र्याउन जमल पुगेको थियो।
गोरखाबाट ल्याइएको फूलपाती जमलको तीनधारा–असन–बालकुमारी–इन्द्रचोक–मखन हुँदै हर्ष बधाईका साथ साँझ करिब ५ बजे हुनमानढोकास्थित नासल चोकमा भित्र्याइएको थियो।
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सरस्वती सिंहका अनुसार मल्लकालका राजाहरुको पालादेखि यो परम्पराअनुसार चल्दै आएको र अहिले पनि सोअनुसार हनुमानढोकामा फूलपाती भित्र्याइने गरिएको बताए।
नासलचोकबाट विधिपूर्वक पूजाआजा गरिसकेपछि मूलचोकको अर्को पूजा गर्नुपर्ने र त्यहाँ कुभिण्डो तथा बोकाको बलीसमेत चढाइसकेपछि देवताघरमा भित्र्याइने गरिन्छ। दुर्गा भवानीको प्रतिमा राखिएको सो फूलपातीमा पातसहितको ऊखु, अदुवाको बोट, केराको बोट, धानको बाला, बेलपत्रलगायतका अन्य फूल–प्रसाद राखी पूजाअर्चना गर्ने परम्परा छ।
नेपाली सेनाले टुँडीखेलमा हर्षोल्लासका साथ बढाइँको कार्यक्रम सम्पन्न गरेपछि दसैंघरमा फूलपाती भित्र्याइने प्रचलन छ। सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठ, संस्कृति मन्त्रालयका सचिव सुशील घिमिरेलगायत विकास समितिका पदाधिकारीहरु, सर्वसाधारण तथा विदेशी पर्यटकहरुको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो। रासस