गोरखा- महाअष्टमीको दिन आज गोरखाको गोरखको प्रसिद्ध धार्मीक स्थल गोरखकाली र मनकामना मन्दिरमा नौ सयभन्दा बढीको संख्यामा बली चढाइएको छ। गोरखकाली मन्दिरमा २१ वटा सरकारी र पाँच सयभन्दा बढी सर्वसाधारणले बलि चढाएका हुन्। मनकामना मन्दिरमा चार वटा सरकारी बलि र चार सय सर्वसाधारणले बलि चढाएका पूजारी इन्सान थापाले बताए।दुःख कष्ट केही नपर्ने, आँटेको काम पुग्ने धार्मीक विश्वासले सर्वसाधारण नागरिक समस्या आइपर्दा शक्तिपिठमा बलि चढाउने भाकल गर्छन्। भाकल पूरा गर्न पर्व र विषेश पूजाको अवसर पारेर भक्तजनहरु मन्दिर आउने गर्छन्।
महाअष्टमीको दिन आज सरकारी बलि भेँडा ८ वटा, बोका ६, राँगा ५ र भैरवलाई सुँगुर २ वटा वली दिईएको मन्दिरका पुजारी हरीबहादुर थापा मगरले बताए। यसअघि नवरात्रको सुभारम्भ भएदेखि एक एक ओटा फूलपातीसम्म गरी १० वटा बोका र एउटा भेँडाको बलि दिइसकिएको छ। आज राति ११ बजे कालरात्रिको पूजा गरेर भेँडा काटेपछि महाअष्टमीको पुजा सकिने पुजारी थापा मगरले जानकारी दिए।
आज बिहानै देखि गोरखकाली मन्दिरमा बलि चढाउन आउने भक्तजनको घुइँचो लागेको थियो। गोरखको मनकामना मन्दिरमा पनि भक्तजनको बिहानैदेखि घुइँचो लागेको थियो।