ब्यारेकभित्रै ठडियो काञ्जिरोवा हिमाल
१२ वैशाख २०७८
•
३ मिनेट पाठ
ब्यारेकभित्रै ठडियो काञ्जिरोवा हिमाल
काञ्जिरोवा हिमाल कर्णालीको सबैभन्दा उच्च हिमाल हो। यो हिमाल कर्णालीको प्रमुख पर्यटकीय स्थल हो। काञ्जिरोवा हिमालको उचाई ६ हजार ८ सय ८३ मिटर छ। हिमालसम्म पुग्न बाटो सहज छैन। जसका कारण आन्तरिक तथा बाह्य पर्यटक हिमालसम्म पुग्न सकिरहेका छैनन्। हिमाल टाढाबाटै देखिन्छ। नजिक भएर हिमाल चढ्न सकिरहेको अवस्था छैन। तर पछिल्लो समयमा काञ्जिरोवा हिमाल जुम्लास्थित नेपाली सेनाको श्री नम्बर २४ बाहिनी अड्डामा ठड्याइएको छ।  




स्थानीय साधनस्रोत र सेनाभित्रको जनशक्ति परिचालन गरेर काञ्जिरोवा हिमाल स्वरुपा ठड्याइएको हो। अहिले ब्यारेकभित्र ठडिएको हिमाल आकर्षकको केन्द्र बनेको छ। अधिकांस ब्यारेकभित्र प्रवेश गर्नेले काञ्जिरोवा हिमाल अवलोकन गर्छन्।  

जुम्ला चन्दननाथ नगरपालिका २ का हरीप्रसाद कुमाइ काञ्जिरोवा हिमालको आधार शिविरसम्म पुग्न ६ दिन लागेपछि राम्रोसित हिमाल देख्न नपाएको भन्दै ब्यारेकभित्रको हिमाल देखेर चित्त बुझाउने गरेको बताउँछन्। उनले भने,‘काञ्जिरोवा हिमालसम्म पुग्न सकिने अवस्था छैन। त्यही भएर घर नजिकैको सेनाको ब्यारेकभित्र ठडिएको हिमाल देखेर मोहित हुनु परेको छ। सेनाले हिमाल ब्यारेकभित्रै ठड्याउँदा काञ्जिरोवा हिमाल देख्न पाइएको छ।’

उनले भने,‘काञ्जिरोवा हिमालको सौन्दर्यताले हरेक पर्यटकको मन लोभिन्छ। तर सहजै रुपमा आरोहण गर्न सकिने अवस्था छैन। यो हिमाल देख्नलाई मात्र छ, चढ्नलाई छैन। तर ब्यारेक भित्र उभिएको हिमाल देख्नलाई र चढ्नलाई उपयुक्त पनि छ।’

हरीप्रसाद यार्सा संकलकका लागि बेस क्याम्पसम्ममा पुगेका थिए। रुट गाह्रो छ। पाटन नै पाटन हिँड्नुपर्छ। हिमनदी तर्नुपर्छ। दाउरा पाइदैन। हिउँमाथि बाटो बनाएर हिँड्नुपर्छ। पर्यटकलाई हिमालसम्म पुग्न निकै कठिन छ। उनले भने,‘घोडा खच्चर जान सक्दैनन्। हिमाल हेर्दा जति सुन्दर देखिन्छ। उति हिमालसम्म पुग्न कठिनाइ छ।’

जुम्ला सदरमुकाम खलंगादेखि चोत्रा, चोत्रादेखि झाँज गाउँ, भाँज गाउँको छिन्ने दुलि लेक चढेर जगदुला ताल पुगिन्छ। त्यसपछि नदीको किनारै किनार बेस क्याम्प पुगिन्छ।  

श्री नम्बर २४ बाहिनी अड्डा जुम्लाका बाहिनीपति सहायकरथी यमबहादुर सापकोटा ब्यारेकभित्रै बनाएको हिमालले निकै मनोरञ्जन दिने गरेको बताउँछन्। उनले भने,‘हिमाल ठडिएको छ। मुगुको राराताल, जुम्लाको चन्दननाथ मन्दिर, डोल्पाको शे फोक्सुण्डो ताल, कालिकोटको पचालझरना र हुम्लाको सिमिकोट बजार पोस्टरमा सजाइएको छ। यो यहाँका पर्यटकीय स्थलको प्रचारप्रसारका लागि गरिएको हो।’

कर्णालीमा हिमाल, तालतलैया, साँस्कृतिक सम्पदा छन्। तर उचित संरक्षणको अभावमा जीर्ण छन्, बाहिनीपति सापकोटाले भने,‘हामी ब्यारेकभित्र स्वरुपा बनाएर संरक्षण र प्रचारप्रसारमा जोड दिन थालेका छौँ।’

काञ्जिरोवा हिमालको फेदमा गणेश भगवान ध्यान गरेको, त्यो भन्दा तल विभिन्न प्रजातिको चराहरु उडेको र हरियो जंगल देखिने गरि बनाइएको छ। हिमालभन्दा धेरै तलको जमिनमा मौसमी तथा बेमौसमी तरकारी खेती र स्याउ खेती गरिएको छ। ब्यारेकभित्र प्रवेश गर्ने सबैले हिमाललाई काखमा राखेर सेल्फी फोटो खिच्छन्।  

बाहिनीले तत्कालिन कर्णालीको पाँच जिल्लामा हेर्र्छ। सबै जिल्लामा रहेका पर्यटकीय स्थलको चिनो राख्ने गरेको छ। हिमालमा बार्है्र महिना हिउँ पर्छ। त्यही भएर हिमालको टुप्पो सेताम्य छ।  

ब्यारेकभित्र बस्ने जो कोही हिमाल देखेर मोहित हुने गरेका छन्।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
१३ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस