सोमबार थप दुईयुवालाई प्रहरीले ब्राउनसुगरसहित नियन्त्रणमा लिएको छ । लागुऔषध कारोबार भईरहेको भन्ने सुचनाको आधारमा खटेको जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले त्रियुगा नगरपालिका ३ मिलनचौकबाट स्थानीय युवालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मिलनचोककै ३४ वर्षीय मसिलाल भन्ने श्यामकुमार चौधरी र त्रियुगा–३ को मोतिगडा लच्काका २८ वर्षीय रेवत खाती रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको लागुऔषध न्यूनिकरण अभियानअन्तर्गत परिचालन भएको टोलीले लागुपदार्थ दुव्र्यसन तथा बेचबिखन कार्यमा संलग्नहरुलाई खोजीखोजी पक्राउ गर्दै कारबाही गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट २ ग्राम ब्राउनसुगर, ब्राउनसुगर सेवन गर्न प्रयोग गर्ने १० रुपैंयाको नोट १ थान, सिक्का १ थानसमेत बरामद भएको छ । सोमबार मध्यान्ह पक्राउ उनीहरु दुवैलाई जिल्ला प्रहरीको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु भएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए ।