काठमाडौं- एमालेका तर्फबाट बारा ४ का प्रत्यक्ष उम्मेदवार महमुद आलमको हत्या अभियोगमा एमाले नेता रामचन्द्र प्यासी कुशवाहसँगै प्रहरीले थप दुई सहयोगी पनि पक्राउ गरेको छ। पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भारतीय अपराधीलाई प्रयोग गरी उमेद्वारको हत्या गरिएको देखिएको छ। हत्या लगत्तै अपराधीहरु भारततिर प्रवेश गरेकाले योजनाकारमात्र पक्राउ परेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार बेलुका कुशवाहालाई बाराबाट पक्राउ गरेको हो। प्रत्यक्ष उम्मेदवारमा नाम नपरेपछि उनले भारतीय अपराधीको प्रयोग गरेको प्रहरी दाबी छ।
गत असोज १७ गते बाराको लिपनीमाल–४ स्थित चावासोती राइसमिलबाट निस्कँदै गर्दा आलमलाई बिहान साढे ११ बजे मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली हानेका थिए। भारतीय नम्बरप्लेटमा आएका ती व्यक्तिमध्ये एकजनाले हात मिलाउने क्रममा टाउकोमा पेस्तोलबाट गोली हानेर त्यही मोटरसाइकलमा भागेका थिए।
गोली हानेलगत्तै भूमिगत शैलीमा सशस्त्र गतिविधि गरिरहेका मधेस मुक्ति टाइगर्स (तराई) र तराई जनतान्त्रिक पार्टी (मधेस) ले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचनको विरोधस्वरूप आलमलाई गोली हानेको दाबी गरेपछि अनुसन्धान अधिकृतहरू अन्योलमा थिए।