गाईघाट - जिल्लाको पश्चिमी भेगको सिरीसेमा एक यात्रुबाहक जीप दुर्घटना हुँदा एक महिलासहित आधादर्जन यात्रुको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। घाइतेमध्ये १० जनालाई न्युरो अस्पताल विराटनगरतर्फ उपचारार्थ पठाइएको छ भने दुईको कटारीमै उपचार भइरहेको छ।कटारीदेखि घुर्मीतर्फ जाँदै गरेको ना १ ज १७६ नम्बरको टाटा सुमो जीप लेखानी ९ को पट्नाभन्ज्याङस्थित जंगलबीचमा दुर्घटनामा पर्दा पाँच यात्रुको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका नायव उपरीक्षक किसनसिंह थापाले बताए। मृतकमध्ये हालसम्म दुईजाको मात्र सनाखत भएको छ।
राति पौने ८ बजे भएको दुर्घटनामा मृत्यु हुनेहरमा खोटाङ विजयखर्क २ का ७२ वर्षीय नारायणप्रसाद पोखरेल तथा खोटाङकै बाक्लीला ४ का बालकुमार खत्रीको सनाखत भएको छ। खत्री नेपाली सेनाको भगौडा जवान भएको जिल्ला प्रहरी उपरीक्षक अजय भट्टराईले बताएका छन्।
दुर्घटनास्थलमा इप्रका कटारीका डिएसपी थापा उद्दार टोलीसहित खट्दै गरेको भएपछि भारी वर्षा भइरहेका कारण कठिनाई भइरहेको भट्टराईले बताए। उनीसँग सञ्चार सम्पर्क गर्न अप्ठेरो भईरहेकाले दुर्घटनाबारे विस्तृत विवरण पाउन नसकिरहेको भट्टराईले बताए।