कोरोना संक्रमण नियन्त्रण गर्न उच्च अदालतको आदेश
१७ वैशाख २०७८
•
२ मिनेट पाठ
कोरोना संक्रमण नियन्त्रण गर्न उच्च अदालतको आदेश
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासको प्राङ्गनमा रिट निवेदकहरु । तस्बिर : नागरिक
नयाँ भेरियन्टकाे रुपमा बाँकेमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले अन्तरिम आदेश दिएको छ । सार्वजनिक सरोकारको उक्त मुद्दामा अदालतका वरिष्ठतम न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश गोकर्ण डाँगीको इजलासले शुक्रबार विपक्षी जिल्ला प्रशासन कार्यालय बाँके, प्रमुख जिल्ला अधिकारी, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रविरुद्ध यस्तो आदेश दिएको हो ।




संविधान र कानूनद्वारा प्रदत्त कर्तव्य बोध गराई आम नागरिकको बाँच्न पाउने अधिकार, स्वास्थ्य उपचार सम्बन्धी अधिकार र गुणस्तरीय सेवा पाउने अधिकारको रक्षा गर्न/गराउनका लागि तत्काल आवश्यक कदम चाल्न माग दावी गर्दै यही बैशाख १४ गते इजलास समक्ष उक्त रिट दायर गरिएको थियो ।  

अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रयोगशाला र अस्पतालले कोभिड–१९ सम्बन्धी परीक्षण निर्देशिका तथा उपचार प्रोटोकल बमोजिम कोभिड–१९ को परीक्षण तथा उपचार निःशुल्क रुपमा गर्न÷गराउनका लागि आवश्यक व्यवस्था मिलाउन आदेश गरेको छ ।  

यस्तै भारतीय सीमानाका जमुनाहा नजिकै पायक पर्ने स्थानमा कम्तिमा एक हजार क्षमताको होल्डिङ सेन्टरको यथाशक्य छिटो निर्माण गर्ने प्रवन्ध गर्न/गराउन, भारतीय सीमानाका जमुनाहा लगायतबाट नेपाल प्रवेश गर्ने प्रत्येक ब्यक्तिलाई निःशुल्क मास्क उपलब्ध गराउन, संक्रमणको शंका नभएका व्यक्तिलाई स्वास्थ्य मापदण्ड पालना गराई सम्बन्धित स्थानीय तहसँग समन्वय गरी गन्तव्यमा पठाई कम्तिमा १० दिन क्वारेन्टाइनमा राख्न लगाउन आदेश गरिएको छ ।

यसैगरी कोभिड–१९ को उपचारको सन्दर्भमा अस्पताल व्यवस्थापन (प्रयोगशाला, अक्सिजन तथा भेन्टिलेटर समेत), रेफरल, एयरलिफ्ट र एम्बुलेन्स समेतका लागि आवश्यक व्यवस्था मिलाउन, होमक्वारेन्टाइन र होम आइसोलेशनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानी तथा अनुगमन गरी थप जाँच वा उपचार आवश्यक पर्ने देखिएमा प्रयोगशाला र अस्पतालसँग समन्वय गरी उक्त स्थानसम्म पुर्याउने काममा सहजिकरण गर्न/गराउन,  हाल बाँकेमा नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण भयावह भइरहेको सन्दर्भमा तत्काल आवश्यकता अनुसार स्थानीय तह र कारागार तथा बाल सुधारगृह समेतबाट स्वाब संकलन गर्नका लागि व्यवस्था मिलाउनुपर्ने लगायत आदेश दिइएको छ ।

कोरोना संक्रमण तत्काल नियन्त्रणमा ल्याउन नसकिए जिल्लाभर मानव जीवनमाथि ठूलो संकट आउने अवस्थाको रहेको अदालतले ठहर गरेको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी, एडभोकेसी फोरमका तर्फबाट अधिवक्ता बसन्त गौतम, महिला कानून र विकास मञ्चका तर्फबाट अधिवक्ता सुनीलकुमार श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह, प्रभाकर भट्टराई र इन्सेकका लुम्बिनी प्रदेश प्रमुख भोला महतले संयुक्त रुपमा रिट हालेका थिए । अन्तरिम आदेश सुनुवाईमा रिट निवेदकका साथै अधिवक्ता प्रह्लादबहादुर कार्की र इश्वरीप्रसाद ज्ञवाली तथा विपक्षीका तर्फबाट सह–न्यायाधीवक्ता देशवराज भारतीले बहस गरेका थिए ।
अर्को समाचार
कृष्णदास गिरीको मुद्दामा प्रतिवादी झिकाउन उच्च अदालतको आदेश
१७ वैशाख २०८१
•
२ मिनेट पाठ
कृष्णदास गिरीको मुद्दामा प्रतिवादी झिकाउन उच्च अदालतको आदेश
आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको मुद्दामा उच्च अदालत विराटनगरले प्रतिवादी झिकाउने आदेश गरेको छ। 




गिरीको पक्षमा जिल्ला अदालत सुनसरीले गरेको फैसलाविरुद्द उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएपछि शुक्रबार प्रत्यर्थी (प्रतिवादी) झिकाउने आदेश भएको हो। 

उच्च अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजालसले प्रतिवादी झिकाउने आदेश गरेको सूचना अधिकारी युवराज पौडेलले बताए।

यो आदेशसँगै प्रतिवादी एक महिनाभित्र अदालतमा उपस्थित हुनुपर्नेछ। प्रत्यर्थी भनेको उनको पुनरावेदन निवेदनमा प्रतिवादी बनाइएका संस्था वा व्यक्ति हुन्।  

गिरीलाई जिल्ला अदालत सुनसरीले पछिल्लो समय २०८० भदौ २७ गते सफाइ दिने फैसला गरेको थियो। सिद्धबाबा गिरीलाई अभियोग दाबी नपुग्ने भन्दै पछिल्लोसमय सुनसरीका जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाले सफाइ दिने ठहर गरेका थिए।

तर जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले अदालतले गरेको फैसलाको खण्डनसहित सुरुवात चरणमा माग दाबी गरेअनुसार नै उच्च अदालतमा पुनरावेदन दर्ता गरेको थियो।  

गिरीलाई २०७७ साल मंसिर २२ गते पनि तत्कालीन सुनसरीका मुख्य जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाले सफाइ दिने फैसला गरेका थिए। त्यतिबेला पनि उच्च अदालत विराटनगरमा फैसलाविरुद्ध पुनरावेदन गरिएको थियो।

त्यतिबेला जिल्ला सरकारी वकिल कार्यालयले पेसी सार्न माग गर्दै निवेदन दिएको थियो। तर, आरोपित पक्षको मात्र बयान सुनेर एकतर्फी सुनुवाइकै आधारमा फैसला गरेको भन्दै उच्च अदालतमा पुनरावेदन गरेको थियो।

उच्च अदालतले गिरीको जिल्ला अदालतले गरेको फैसला उल्टाएर फेरि निर्णय लिन जिल्ला अदालतमा पठाएको थियो। त्यसपछि फेरि जिल्ला अदालतले आवश्यक प्रमाण जुटाउँदा पनि नपुगेको भन्दै पछिल्लो भदौ २७ गते सफाइ दिने फैसला गरेको थियो।

गिरीले आफ्नै अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको घटनामा सुरुमा २०७६ कात्तिकमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरोले घटनाबारे अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दिएको थियो। 

प्रहरीले कृष्णदासलाई पक्राउ गरेर अनुसन्धान थालेपनि बिरामी भएको वाहाना गरेर विराट नर्सिङ होम विराटनगरमा भर्ना भएका थिए।

उनी अस्पतालमै भएका बेला तत्कालीन जिल्ला अदालत सुनसरीका मुख्य न्यायमधीश राधाकृष्ण उप्रेतीले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए। त्यस आदेशउपर पनि जिल्ला सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो । 

यसमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले कृष्णदासलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। उच्च अदालतले गर्ने आदेशकै दिन उनी आफ्नो सुरक्षागार्डलाई जोगवनी छेउमा छाडेर भारत भागेका थिए।

पछि अदालतमा हाजिर भएर क्षेत्रीय कारागार झुम्कामा चलान गरिएको थियो। कारागारमा केही समय बसेर उनी छुटे पनि मुद्दाको टुंगो भने लागेको थिएन। तर, २०८० भदौ २७ गतेको फैसलाबाट उनले सफाइ पाएका थिए।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४४ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस