सांसद महत राहत लिएर अग्नी पीडित गाउँमा
१९ वैशाख २०७८
•
३ मिनेट पाठ
सांसद महत राहत लिएर अग्नी पीडित गाउँमा
जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत राहत लिएर गाउँमा पुगेका छन् । उनी तिला गाउँपालिका ९ ढिपुको मुल्लीगाउँका अग्नी पीडितलाई राहत लिएर ढिपु गाउँमा पुगेका हुन् ।  




उनले २९ पुर्णरुपमा क्षति भएका र १५ जना आंशिक क्षति भएका अग्नी पीडितका लागि राहतस्वरुप चामल लिएर गाउँमा पुगेका हुन् । एक सय ३० बोरा चामल अग्नी पीडितका लागि राहत बाँडेको सांसद महतले बताए ।

राहत लिएर गाउँमा पुगेका सांसद महतले अग्नी पीडितका घर पुनर्निर्माणको लागि पहल भइरहेको बताए । उनले भने,‘आगो लागेर बस्ती खरानी हुनु । अन्नपात जलेर सखाप हुनु, निकै दुःखद बिषय हो तर बिचलित नहुनु होला । तपाइको साथमा हामी छौँ ।’

सांसद महतले सांसद विकास कोषको आगामी वर्षको बजेटबाट पुनर्निर्माणका लागि ८० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म सहयोग गर्ने बताए । उनले भने,'ढिपु गाउँसंग भावनात्मक सम्बन्ध छ । भावनापछि मात्र राजनीति हुन्छ । जन्मने वित्तिकै पार्टी ल्याएर आउदैनौँ । भावना ल्याएर आउँछौ । पहिलो कुरा भावनात्मक सम्बन्ध स्थापित गर्न चाहन्छौ । त्यसपछि राजनीतिका कुरा गरौँला, सांसद महतले थपे,‘यो राजनीति गर्ने बेला होइन । राहतमा हातमाहात मिलाउने समय हो । सबै राहत तथा उद्वारमा जुटौँ ।’  

जनयुद्धका समयमा तपाईको घरमा बसेका थियौँ । तितोमिठो जे छ खाएका थियौँ । यो कदापी बिर्सदैनौँ,उनले भने,‘तर राहतमा राजनीति गर्दैनौँ ।’

नेकपा माओवादी केन्द्र जुम्लाका अध्यक्ष बीरबहादुर कुँवरले यहाँका अग्नी पीडित सबैको मानसपटलमा रहेको बताए । उनले भने,‘मुल्ली बस्ती आगोले नष्ट हुनु सबैको लागि दुःखको कुरा हो । मुल्ली बस्ती उतिबेला खेलेको बसेको र जोगिएको भूमि हो । तपाईहरुको दुःखमा साथमा छौँ भनेर आएका छौँ । यो पटक सानो सहयोग ल्याएर आएका छौँ । तपाईहरुले बिगतमा गरेको सहयोग कहिले तिर्न सक्ने छैनौँ ।’  

'हामी सहयोगी मन जुटाउँछौँ । सुखदुःखमा साथ दिन्छौँ । पोखरी र ढिपुको अग्नी पीडितलाई आठवटै पालिकाबाट सहयोग संकलन गरिरहेका छौँ, उनले थपे,‘हिमा, तातोपानी र गुठिचौर गाउँपालिकाले एक एक लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । आन्तरिक रुपमा राहत संकलन गरिरहेका छौँ ।’  

‘हामी राजनीति गर्न खोजिरहेका छैनौँ । ढिपु गाउँसंग माया र भावना जोडिएको छ । तपाईको काखामा सुत्यौँ । निरन्तर साथमा छौँ । मन दुखेको बेला निस्वार्थ भावनाका साथ सहयोग गर्नुपर्छ । जब दुख हुन्छ सहानुभूति दिने हो । राजनीति गर्ने होइन,’ अध्यक्ष कुँवरले भने ।  

पूर्व राज्यमन्त्री नेकपा कर्णाली प्रदेश सदस्य गोमा कुँवरले अग्नी पीडितका तत्कालीन समस्या हल गर्न सबै लागेको बताईन् । हामीलाई राहत र सुविधा चाहिएको छ । सरकारले हेरेको छैन भन्ने गुनासो गर्नु भएन । तत्कालीन खानपिन र संरचना निर्माण गर्ने हो । उनले भनिन्,‘त्यसका लागि कर्णाली प्रदेश सरकारसंग पहल भइरहेको छ । यो ढिपु गाउँ भनेको कतै न डगमगाएको गाउँ हो । हरेक काममा एक ढिक्का नै छ । कोही पूर्व र कोही पश्चिम नफर्किनुहोला । विकासको हिसाव र सांगठनिक हिसावले एक हुनुपर्छ । राहतका नाममा प्रलोभनमा फस्ने होइन ।’  

प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतसहित नेकपा माओवादी केन्द्रका अध्यक्ष बीरबहादुर कुँवर, नेकपा कर्णाली प्रदेश सदस्य पूर्व राज्यमन्त्री गोमा कुँवर, पुर्णप्रसाद धिताल र तिला गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा लगायतका जनप्रतिनिधिको सहभागिता थियो ।

गत चैत २१ गते आगो लागेर मुल्ली बस्ती आगो लागेर नष्ट भएको थियो । आगलागीका कारण २९ घर पुर्णरुपमा नष्ट भएका थिए । १५ घरमा आंशिक क्षति भएको थियो । सांसद महत सोमबार तिला गाउँपालिका ७ गोठी गाउँमा राहत लिएर जाने कार्यक्रम छ । राहतसंगै कोरोना भाइरस संक्रमण हुन नदिनको लागि सचेत गर्ने गरिएको छ ।
अर्को समाचार
मुगुका २९ अग्नी पीडित परिवारलाई राहत
०४ मंसिर २०८०
•
१ मिनेट पाठ
मुगुका २९ अग्नी पीडित परिवारलाई राहत
महिला अधिकार केन्द्र मुगुले २९ अग्नी पीडित परिवारलाई राहत प्रदान गरेको छ।




गत असोज ६ गते राति विद्युत सर्ट हुँदा भएको आगलागीका २९ जना पीडितलाई महिला अधिकार केन्द्र मुगुले राहत प्रदान गरेको हो।

राहत स्वरूप प्रति परिवारलाई फाइवर २९,  डस्ना २९, तन्ना २९,सिरानी २९,सिरानीको खोल २९,चामल २९ प्याक,  दाल ८७ केजी र बाटा २९ वटा पाएका छन्।करिब ४ लाख बराबरको राहत दिइएको छ।

गत भदौ ६ गते राति मुगुमा भएको आगलागीबाट ४ करोड १९ लाख ६ हजार बराबरको आर्थिक क्षति भएको थियो। आगलागीबाट ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस